निर्णय नं. ९६२५ - लिखत दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६२५ - लिखत दर्ता बदर भाग: ५८ साल: २०७३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७२/०९/०९ ६०५३ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७२।९।९।५ ०६५-NF-००६१ मुद्दा : लिखत दर्ता बदर पुनरावेदक / वादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २२ बस्ने तिर्थरत्न तुलाधर विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० बस्ने मंगलमान प्रजापति कसको नाममा रैकर परिणत हुने भन्ने मुद्दाको अन्तिम निर्णय हुन बाँकी भई मुद्दा विचाराधीन रहेको अवस्थामा सो तथ्यलाई छली विवादित जग्गा आफ्नो नाममा एकलौटी दर्ता गरी सो दर्ताको आधारमा लिखत गरी हक हस्तान्तरण गरेको हुँदा सो कार्य दूषित भई त्यस्तो दर्ता तथा लिखत वैध हुन र त्यस्तो लिखतले वैधता प्राप्त गर्न सक्ने हुँदैन । त्यस्तो दूषित क्रियाबाट गरेको लिखतको हक हस्तान्तरणबाट प्रतिवादीहरूको हक कायम रही रहन र वादीको हक समाप्त हुन नसक्ने । दूषित क्रियाबाट तहगत लिखतको माध्यमबाट हक हस्तान्तरण गर्दै गएपनि सो कार्य गैरकानूनी, प्रभावहीन र अमान्य प्रकृतिको भएकोले प्रारम्भदेखि नै बदरभागी हुने हुँदा त्यस्तो दूषित दर्ता र लिखत हक हस्तान्तरणको विषयमा विवाद उठेमा दूषित लिखत दर्ता बदर गराउन हदम्याद बाधक हुन्छ भन्न पनि मिल्दैन । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू उद्धव के.सी. र सुरज अधिकारी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल र श्याम खरेल अवलम्बित नजिर : ने.का.प. २०४२, असार, नि.नं.२३२०, पृ.३१८ ने.का.प. २०५२, माघ, नि.नं.६०९६, पृ.९२१ ने.का.प. २०६०, नि.नं.७१६६, पृ.५८ ने.का.प. २०६६, कात्तिक, नि.नं.८१९०, पृ.११२९ सम्बद्ध कानून : मुलुकी ऐन, लेनदेन व्यवहारको ४० नं. जग्गा पजनीको १७ नं. जग्गा मिच्नेको १८ नं. सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री वेदराम पोखरेल पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री विनोदप्रसाद ढुङ्गेल मा. न्यायाधीश श्री बोधरीराज पाण्डे सर्वोच्च अदालत संयुक्त इजलासमा फैसला गर्नेः मा. न्यायाधीश श्री शारदाप्रसाद पण्डित मा. न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी फैसला स.प्र.न्या.कल्याण श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः पूर्णानन्द बज्राचार्य र पिता भीमलाल तुलाधरको संयुक्त नाममा पोता लगत नं. ७१ मा संयुक्त दर्ता भएको काठमाडौं जिल्ला काठमाडौं नगरपालिका वडा नं.२९ (क) कि.नं.१९८ को ज.रो.१२-१३-० धोबीखोला वारिपारिको जग्गा मोही मंगलमान प्रजापतिले रैकर परिणत गरिपाउँ भनी २०३४।२।७ मा मालपोत कार्यालय, काठमाडौंमा निवेदन दिएकोमा हामीहरूले प्रतिवाद गरेका थियौं । सो निवेदनउपर कारवाही चल्दा सो कि.नं.१९८ को जग्गा मोही मंगलमान प्रजापतिका नाममा रैकर परिणत गरी दर्ता गरिदिने गरी मालपोत कार्यालय, काठमाडौंबाट मिति २०३८।७।५ मा निर्णय भएको थियो । मालपोत कार्यालय, काठमाडौंबाट भएको सो निर्णयउपर हामीले जिल्ला कार्यालय, काठमाडौंमा पुनरावेदन गरेकोमा मोही मंगलमान प्रजापतिका नाममा रैकर परिणत गरी दर्ता गर्ने भनी मालपोत कार्यालय, काठमाडौंबाट भएको सो निर्णय बदर गरी कि.नं.१९८ को जग्गा पिता भिम