निर्णय नं. ४२९८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२९८ - कर्तव्य ज्यान भाग: ३३ साल: २०४८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४८/०५/३० २६३५ निर्णय नं. ४२९८ ने.का.प. २०४८ अङ्क ५ संयुक्तइजलास माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् ०४५ सालको फौ.पु.नं. ५३१ फैसला भएको मिति: २०४८।५।३०।१ मा पुनरावेदक/वादी : शिवगुल्म कुलेखानी व्यारेकको पत्रले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.मकवानपुर कुलेखानी गा.पं. वडा नं. ९ बस्ने सूर्यबहादुर लामासमेत मुद्दा : कर्तव्य ज्यान(साविक पेज नं. २२४) (१) मृतकसंग अभियुक्तहरुको पूर्व रिसइवी भएको देखिँदैन । पोष्टमार्टम रिपोर्टबाट मृतकको मृत्युको कारण टाउकोमा परेको चोट भन्ने देखिए तापनि लास सडे गलेको स्थितिमा पाइएकोले लाश जाँच हुँदा अनुमान कै आधारमा व्यक्त भएको उक्त रायलाई प्रमाणिक मान्न मिल्दैन । मृतकलाई अभियुक्तहरुले कुनै घातक हतियार प्रयोग गरेको भन्ने न त अभियोग छ न त निजहरुको बयानमा नै सो कुरा उल्लेख छ । मुड्की, लात र सामान्य लाठीको प्रयोगबाट भएको मृत्युलाई ज्यानसम्बन्धीको १३(३) अनुसारको कसूर मान्न यस मुद्दाको घटना परिस्थितिबाट न्यायसंगत हुँदैन । रक्सी खाएर आई गाउँलेहरु सुतिरहेको बेला ढोकामा ढाकढुक गरी होहल्ला गर्ने व्यक्तिलाई गाउँलेहरुले बाँधछाँद र सामान्य कुटपिट गरेकोबाट मर्न गएको अवस्थामा ज्यानसम्बन्धीको ६(४) अन्तर्गतको कसूर र फरार रहेको बाहेक अन्य प्र.हरुको हकमा कसूरबाट सफाई दिने ठहर्‍याएको निर्णय मनासिब ठहर्ने । (प्रकरण नं. ३३) पुनरावेदक वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. विपक्षी प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री अग्नी खरेल फैसला न्या.गोविन्दबहादुर श्रेष्ठ १. यस गुल्मका सि.कृष्णबहादुर थपु मिति ०४१।११।२६ मा हराई खोजतलास गर्दा नभेटिएको र कुलेखानी गा.पं. वडा नं. ९ बस्ने सूर्यबहादुर लामा समेतले सि.कृष्णबहादुरलाई बोकी सुताएको फेरि छाडी दिएको भन्ने बुझिएकोले सिपाई कृष्णबहादुरको खोजतलास गरी दिन हुन अनुरोध गरिन्छ भन्ने समेत शिवदल गुल्म कुलेखानीको पत्र । २. कृष्णबहादुरलाई सूर्यबहादुर लामा समेतले कर्तव्य गरी लाश फालेको देखिन आएकोले अनुसन्धान कारवाही होस् भन्ने समेत पुनः शिवदल गुल्म व्यारेक कुलेखानीको पत्र । ३. लाशको अंगमा भएको छाला मासु गिद्दले केही खाएको आँखा दुवै नभएको केवल हड्डी मात्र भएको खुट्टामा पनि छाला खुइलिएको देखिएको भन्ने समेत सि.कृष्णबहादुरको लाश प्रकृति मुचुल्का । ४. मिति ०४१।११।२६ मा राती म सुतेको अबस्थामा ढाकढुक आवाज सुनियो । बाहिर निस्की हेर्दा नाड्डो मानिस देखें मलाई समाउन आएकोले गुहार मागें मानिस जम्मा भए नाम्लोले बाँधी चोर भनी लडायौं पछि वडा अध्यक्ष आए कुलेखानी व्यारेकको सिपाही हो भने पछि सि.कृष्णबहादुर भन्ने थाहा भयो । (साविक पेज नं. २२५) निजलाई मैले कुटपिट गरी बाँधेको हुँ मेरो घर आँगनमा मर्न लागेकोले म बच्नको लागि लाश दबाउने उद्देश्यले कसैले नदेख्ने गरी खोल्सामा लगी फालेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी सूर्यबहादुर लामाको प्रहरीमा साविती बयान । ५. मिति ०४१।११।२६ मा म घरमा थिएँ । सूर्यबहादुरको घरतिर मानिस कराएको सुनी हेर्दा कृष्णबहादुरले जथाभावी कराएकोले चोर भनी बाँधेको हुँ । चोर भनी १।२ थप्पड हानेपछि वडा अध्यक्षले सिपाहीको डोरी फुकाई दिए । म आफ्नो घरमा गएपछि मृत्यु भएको भन्ने समेत प्र.जितबहादुर लामाको बयान कागज । ६. मिति ०४१।११।२६ मा सूर्यबहादुर लामाले चोर आयो भनी कराउँदा म