निर्णय नं. ९६२९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६२९ - उत्प्रेषण भाग: ५८ साल: २०७३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७२/०६/०७ ३०२६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ आदेश मिति : २०७२।६।७।५ ०६९-wo-०६०० मुद्दा : उत्प्रेषण रिट निवेदक : सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं. १ बस्ने देवकी देवीको मु.स.गर्ने बुधराम यादवको वारेस भई आफ्नो हकमा समेत ऐ.ऐ. बस्ने बलराम यादव विरूद्ध विपक्षी : पुनरावेदन अदालत, राजविराजसमेत परिवारको मुख्य व्यक्ति आमाले घर व्यवहार चलाउनका लागि लिएको ऋण यी विपक्षीले समेत व्यहोर्नु पर्ने हुँदा निजको नाममा बकसपत्रबाट प्राप्त भएको सम्पत्तिबाट असुल हुन नसक्ने भन्नु कानूनविपरीत हुने देखिन्छ । अदालतको अन्तिम फैसलाबाट सावाँ ब्याज भरी पाउने वादीको हक स्थापित भइसकेको स्थितिमा बिगो भरिदिनु पर्ने दायित्वबाट विपक्षीले उन्मुक्ति पाउँछ भन्न नमिल्ने । (प्रकरण नं.५) रिट निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता किरण गुप्ता विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता चन्द्रबहादुर सापकोटा सम्बद्ध कानून : अवलम्बित नजिर : आदेश न्या.देवेन्द्र गोपाल श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७ को उपधारा (२) बमोजिम यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः- हाम्रो आमा देवकी देवी यादवसँग विपक्षी समतोलियादेवी यादवले मिति २०५२।४।१५ मा रू.७४,५००/- कर्जा लिई भाखाभित्र सावाँ ब्याज नतिरेकोले सप्तरी जिल्ला अदालतमा लेनदेन मुद्दा चली उक्त अदालतबाट मिति २०६१।२।१० मा वादीले प्रतिवादीबाट सावाँ ब्याज भरी पाउने ठहरी भएको फैसलाउपर प्रतिवादीको पुनरावेदन अदालत, राजविराजमा पुनरावेदन परेकोमा तहाँबाट समेत सप्तरी जिल्ला अदालतको फैसला सदर भई अन्तिम भएको छ । समयमा ऋण नतिरेको हुँदा आमा देवकी देवीले ऋण रकम असुलउपर गर्नका लागि विपक्षीउपर मुद्दा गर्छु भन्ने अभिव्यक्ति दिएपछि निजले आफ्नो एकासगोलकी अविवाहित नाबालक १५ वर्षकी छोरी विपक्षी राजकुमारी यादवलाई आफ्नो नाउँको सप्तरी जिल्ला चनौरा पडेरिया वडा नं. ७ को कि.नं. ८०२, ८०४ ऐ.ऐ. वडा नं. ८ को कि.नं. ८२२, ८२८, ८३०, ८३४ र ८२६ समेतका जग्गाहरू अर्को जिल्लाको मालपोत कार्यालय, सिराहाबाट मिति २०५७।४।२५ मा हालैदेखिको बकसपत्र गरिदिनु भएको रहेछ । यसरी बकसपत्रबाट सम्पत्ति हस्तान्तरण भए तापनि एकासगोलको अंशियारका नाममा रहेको सम्पत्ति सगोलमानै रहने हुन्छ । प्रतिवादी समतोलिया देवी यादवउपर लेनदेन मुद्दा दायर गरी निजका नाउँमा रहेको जग्गा रोक्का गरिपाउँ भनी दिएको निवेदनअनुसार विवादित कि.नं. ८०४ समेत जग्गा सप्तरी जि.अ.बाट मिति २०५७।७।३० मा दाखिल खारेज कारवाही रोक्का राख्ने आदेश भएकोले राजकुमारी देवीका नाममा दाखिल खारेज भएको छैन । अदालतको फैसलाअनुसार प्रतिवादीबाट सावाँ ब्याज र कोर्ट फीसमेत भराई पाउँ भनी दिएको निवेदनअनुसार प्रतिदीलाई सावाँ ब्याज बुझाउन दिएको समयमा रकम नबुझाएकोले निजको नाउँमा रहेको जग्गा लिलाम हुँदा पहिलो पटक मिति २०६९।२।१७ मा कसैले सकार नगरेकोले दोस्रो पटक मिति २०६९।३।२५ मा लिलाम हुँदा विपक्षी समतोलिया देवीको दिदीको छोरा गोविन्दप्रसाद यादवले चनौरा पडेरिया गा.वि.स. वडा नं. ७ को कि.नं. ८०४ क्षेत्रफल ०-१-२ जग्गा रू.१,५५,०००/- मा लिलाम सकार गर्नुभएको थियो । यसरी विपक्षी गोविन्दप्रसाद यादवले लिलाम साकार गरी सोबापत धरौटी रकम दाखिल गरेकोले दाखिल