निर्णय नं. ९६३१ - हातहतियार खरखजाना
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६३१ - हातहतियार खरखजाना भाग: ५८ साल: २०७३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७२/०५/३१ २९२९ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७२।५।३१।५ ०७०-CR-०७३२ मुद्दा: हातहतियार खरखजाना । पुनरावेदक / वादी : प्रहरी प्रतिवेदनको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सप्तरी, पातो गा.वि.स. वडा नं. ६ बस्ने अरविन्दकुमार पण्डित वस्तुतः एउटै मुद्दाका सहअभियुक्तले सुरू फैसलाउपर दायर गरेको पुनरावेदनमा विपक्षी झिकाउने आदेश भई नेपाल सरकारको तर्फबाट सुनुवाईमा बहससमेत गरी सकेपछि पनि उक्त मुद्दाको सुरू फैसलाको जानकारी प्राप्त नभएको भन्न मिल्ने हुँदैन । एउटै मुद्दाको सुरू फैसलाउपर एउटा प्रतिवादीको तर्फबाट परेको पुनरावेदनमा विपक्षी झिकाउने आदेश भई वादी नेपाल सरकारको तर्फबाट बहस गरी सो मुद्दा मिति २०६७।३।१५ मा फैसला भइसकेपछि त्यसको ९ महिना ३ दिन पछि मिति २०६७।१२।१८ मा पुनरावेदन अदालतमा दायर भएको पुनरावेदन पत्रलाई सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २६ बमोजिम तोकिएको पुनरावेदन गर्ने हदम्यादभित्र परेको भन्न मिल्ने नदेखिने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, अ.बं.१८० नं. सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २६ सुरू फैसला गर्नेः प्र.जि.अ. श्री भोलाप्रसाद शिवाकोटी पुनरावेदन अदालतमा फैसला गर्नेः मा. मुख्य न्यायाधीश श्री केशरीराज पण्डित मा. न्यायाधीश श्री विष्णुदेव पौडेल फैसला न्या.जगदीश शर्मा पौडेल : पुनरावेदन अदालत, पाटनको मिति २०७०।२।१२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- बालकहरू हराएको हुँदा खोजतलास गरिपाउँ भनी मिति २०६५।८।१ मा हराएका नाबालक आशिष मानन्धरका बाबु श्रीप्रसाद मानन्धर र रितेष रौनियारका बाबु विनोद रौनियारले दिनुभएको सूचना । मिति २०६५।८।११ का दिन का.जि. महादेवस्थान गा.वि.स. वडा नं. ४ को गुमाल चौकी सामुदायिक जंगलमा खोजतलासको क्रममा २ वटा लासहरू फेला परेको र सो लास भएको ठाउँ नजिक गोली थान १ समेत फेला परेको भन्ने बरामदी मुचुल्का । फेला परेका लासहरू आफ्ना नाबालक छोराहरू आशिष मानन्धर र रितेष रौनियारको भएको र निजहरूलाई कर्तव्य गरी मारेकोले कारवाही गरिपाउँ भनी विनोद रौनियार र श्रीप्रसाद मानन्धरको जाहेरी । का.जि.का.म.न.पा. वडा नं. १५ स्वयम्भुमा चन्द्रदेव पण्डितले सञ्चालन गरेको सिमेन्टको रिङ पसलमा राजेन्द्र पण्डितले देखाएको स्थानमा कटुवा पेस्तोल थान १ र गोलीको खोका थान १ समेत बरामद भएको भन्ने मिति २०६५।८।१८ को बरामदी मुचुल्का र प्रतिवादी राजेन्द्र पण्डितलाई पक्राउ गरी प्रारम्भिक सोधपुछका क्रममा आशिष मानन्धर र रितेष रौनियारको हत्या वीरेन्द्रकुमार पण्डित, दीपक मेहता र मसमेत भई गरेको भनेको हुँदा बरामदी सामानसहित राजेन्द्र पण्डितलाई पक्राउ गरी प्रतिवेदनसाथ बरामदी मुचुल्का पेस भएको । प्रतिवादीहरू राजेन्द्र पण्डित, वीरेन्द्रकुमार पण्डित र दिपक मेहताले हामीहरूका नाबालक छोराहरूलाई एकान्तस्थलमा लगी हत्या गरेकोले निजहरूलाई कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने विनोद रौनियार र श्रीप्रसाद मानन्धरको मिति २०६५।८।१८ को जाहेरी । मेरो भिनाजु नाता पर्ने सप्तरी गोविन्दपुरका