निर्णय नं. ९६३२ - झुठा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६३२ - झुठा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको भाग: ५८ साल: २०७३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७२/१०/१० ४५५७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७२।१०।१०।१ ०७०-CR-००४६ मुद्दा : झुठा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको पुनरावेदक / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत मनीषकुमार सिंहको प्रतिवेदनले नेपाल सरकार विरूद्ध विपक्षी / प्रतिवादी : नेपाल टेलिकम दुरसञ्चार कार्यालय महेन्द्रनगरमा इन्जिनियर पदमा कार्यरत प्रेमबहादुर जी कुँवर भन्ने प्रेमबहादुर कुँवर प्रतिवादीले Higher School स्तरको प्रमाणपत्र प्राप्त गरेको Central Board of Higher Education, New Delhi संस्था Council of Boards of School Education in India र Ministry of HRD बाट मान्यता दिइएको संस्थाहरूको सूचीमा नभएको भनी उल्लेखसम्म गरिएको देखिन्छ । तर, उक्त संस्था नै नक्कली, झुट्टा रहेको र पहिलेदेखिनै अस्तित्वमा नभएको भनी उल्लेख गर्नसकेको देखिएको छैन । यसबाट उक्त संस्था नक्कली वा झुट्टा नभई मान्यता नदिइएको भन्नेसम्मको स्थिति रहेको पाइयो । नक्कली प्रमाणपत्रको कसुर हुन आफूले हासिल नगरेको योग्यता हासिल गरेको छु भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ । यहाँ प्रतिवादीले हासिल गरेको शैक्षिक योग्यता झुट्टा हो भन्ने स्पष्ट भनाई नभई शैक्षिक योग्यताको प्रमाणपत्र जारी गर्ने संस्थाले मान्यता नपाएको भन्नेसम्मको अवस्था छ । संस्थाले मान्यता नपाएको भन्ने आधारमा मात्र प्रतिवादीले पेस गरेको प्रमाणपत्रलाई झुट्टा भनी अदालतले अनुमान गरी भ्रष्टाचारको कसुरदार मान्न न्यायोचित नहुने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला विपक्षी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२, २९ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) सुरू फैसला गर्ने अदालत : मा.न्या. श्री केदारप्रसाद चालिसे मा.न्या. श्री भुपेन्द्रप्रसाद राई फैसला न्या.बैद्यनाथ उपाध्याय : विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम विशेष अदालत, काठमाडौंको मिति २०६९।१२।२२ को फैसलाउपर वादी अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- नेपाल टेलिकमअन्तर्गत शाखा कार्यालय, महेन्द्रनगरमा कार्यरत इन्जिनियर प्रेमबहादुर कुँवरसमेतको प्रमाणपत्र छानबिनको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्राप्त हुन आएको । निज इन्जिनियर प्रेमबहादुर कुँवरले The Central Board of Higher Education, New Delhi भारतबाट प्राप्त गरेको हाई स्कुल परीक्षा उत्तीर्ण गरेका प्रमाणपत्रहरू सक्कली हुन्, होइनन् भन्ने सम्बन्धमा उच्च मा.शि.परिषद् भक्तपुरमार्फत The Central Board of Higher Education, New Delhi लाई लेखी पठाइएकोमा केन्द्रीय माध्यामिक शिक्षा बोर्ड (Central Board of Secondary Education, CBSE) नयाँ दिल्ली भारतको सन् ११।३।२०१० को पत्रबाट The Central Board of Higher Education, New Delhi नामको बोर्ड अस्तित्वमै नरहेको (Fake Board) भन्नेसमेतको अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा जवाफ प्राप्त हुन आएको पत्र मिसिल सामेल रहेको । अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट मिति २०६