निर्णय नं. ९६३७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६३७ - कर्तव्य ज्यान भाग: ५८ साल: २०७३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७२/११/०३ ३८९१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.व.रा. फैसला मिति :२०७२।११।३।२ मुद्दाः- कर्तव्य ज्यान ०६८-CR-०६७९ पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला बेतिनी गा.वि.स. वडा नं. ८ घर भई हाल कारागार कार्यालय नुवाकोटमा थुनामा रहेको वर्ष २४ को सिरलामा तामाङ विरूद्ध प्रत्यर्थी / वादी : तोकपेन तामाङको जाहेरीले नेपाल सरकार ०६८-CR-०६८० पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला बेतिनी गा.वि.स. वडा नं. ८ घर भई हाल कारागार कार्यालय नुवाकोटमा थुनामा रहेको वर्ष २४ को सिरलामा तामाङ विरूद्ध प्रत्यर्थी / वादी : तोकपेन तामाङको जाहेरीले नेपाल सरकार झिना मसिना कुरा निकालेर गम्भीर कसुरको सजायबाट उम्किन सक्ने गरी कानूनको व्याख्या हुन सक्दैन । खुकुरी जस्तो घातक हतियारले घाँटी जस्तो संवेदनशील ठाउँमा पटकपटक प्रहार गर्ने कार्यबाट मृतकको ज्यान लिने यी प्रतिवादीको मनसाय स्पष्ट प्रमाणित छ । मृतकको अत्यन्त बीभत्स र क्रुर हत्या भएको छ । यस्तो हत्या (murder) मा अ.बं. १८८ नं. को प्रयोग हुनै नसक्ने । (प्रकरण नं.४) मृतकको शरीरबाट गहना निकाली लगेको भन्ने प्रतिवादीको साबितिबाट अभियोगदाबीको मुलुकी ऐन चोरीको महलको १२ नं. को कसुर पनि स्थापित भएको छ । यसमा ज्यानसम्बन्धीको महलबमोजिम ठूलो सजाय भइसकेपछि चोरीको महलको सजाय गर्न मिल्दैन भन्ने तर्कमा कुनै कानूनी बल छैन । यो कुरा फैसला कार्यान्वयन हुने बेलामा मुलुकी ऐन दण्ड सजायको महलबमोजिम तय हुने कुरा देखिन्छ । यसबाट फैसलामा हुने ठहर प्रभावित हुन नसक्ने हुँदा प्रतिवादीको यो पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं.५) प्रतिवादीका तर्फबाट : वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता सोमकान्त भण्डारी अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१), १४ नं. मुलुकी ऐन, चोरीको महलको १२ नं. सुरू फैसला गर्ने : मा. जिल्ला न्या. श्री मोहनकृष्ण खनाल पुनरावेदन तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री ठाकुर प्रसाद शर्मा मा. न्यायाधीश श्री विश्वम्भर श्रेष्ठ मा. न्यायाधीश श्री तेजबहादुर के.सी. मा. न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई फैसला न्या.गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ : नुवाकोट जिल्ला, बेतिनी गा.वि.स. वडा नं. ८ ढोडेनीस्थित पूर्व सोम्दा खोला, पश्चिम गाउवती खोल्सा, उत्तरमा तोकपेन तामाङको घर, दक्षिणमा साइला तामाङको घर यति चार किल्लाभित्र रहेको मृतक साइली तामाङको घर, उक्त घरभित्र भुइँ तल्लामा मृतक साइली तामाङनीको टाउको पूर्वपट्टि छुट्टिएको अवस्थामा र बाँकी गिंड पश्चिमपट्टि कोल्टो अवस्थामा रहेको लासको दायाँ र बायाँ साइडमा २।२ सानो ढुंगा रहेको बायाँ कान च्यातिएको, बायाँ हातको बुढी औंला नेर काटिएको भन्ने ८४ वर्षीय मृतकको मिति २०६६।८।२५ को घटनास्थल लासजाँच मुचुल्का । म काठमाडौं र भाइ विदेश भारततर्फ गई मृतक आमा साइली तामाङ छुट्टै घरमा एक्लै बस्नुभएकोमा मिति २०६६।८।२३ को दिन दिउँसोभरी वल्लोपल्लो घरका र छरछिमेकीका मानिसहरूले घरमा देखेको आमालाई सोको भोलिपल्ट २४ को दिन बिहानको अं. १० बजेको समयमा सधैँजसो म छुट्टिई बसेको हिँडेर अं. ९/१० मिनेटमा पुग्ने म