निर्णय नं. ९६३८ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६३८ - उत्प्रेषण / परमादेश भाग: ५८ साल: २०७३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७२/११/०२ ३५१६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. आदेश मिति :२०७२।११।२।१ ०६९-WO-१३३८ मुद्दा : उत्प्रेषण / परमादेश निवेदक : कास्की जिल्ला आर्वा विजय गाउँ विकास समिति वडा नं. ४ बस्ने नवराज बरालको श्रीमती वर्ष ४५ की सुकमेल बराल विरूद्ध विपक्षी : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, रामशाहपथ, काठमाडौंसमेत सार्वजनिक पदाधिकारीले कानूनको त्रुटि गरी निर्णय गरेको र सो निर्णयबाट कुनै व्यक्ति वा नागरिकको संविधानप्रदत्त मौलिक हक हनन् भई वास्तवमा अन्याय परेमा मात्र रिटको अधिकारक्षेत्र आकर्षित हुने अवस्था रहन्छ । यसको लागि निवेदकलाई प्राप्त हक वा सुविधा कानूनले प्रदान गरेको देखिन आवश्यक हुन्छ । कानूनविपरीत वा कानूनले समर्थन नगरेको काम कारवाहीबाट कसैले कुनै अनुचित सुविधा सहुलियत प्राप्त गरेमा र सो कुरा पछिबाट खोसिएमा सो खोसिने कार्यबाट कानूनको त्रुटि भएको वा मौलिक हकको हनन् भएको भन्न नमिल्ने । कुनै पदमा पदस्थापन हुने कुरालाई कानूनले समर्थन गर्नुपर्छ । पदस्थापन हुनको लागि पदको संख्या खुलाई विज्ञापन माग हुने, त्यसमा योग्यता पुगेका उम्मेदवारबाट दरखास्त पर्ने र परीक्षा आदि हुने एउटा निश्चित प्रक्रिया आवश्यक हुन्छ । यो प्रक्रियाको अवलम्बन खुल्ला र बढुवा दुवैमा गर्नुपर्ने हुन्छ । अर्को किसिमको पदस्थापन भनेको फाइल बढुवा हो जो निजामती सेवा ऐन नियम र अन्य सेवासम्बन्धी कानूनबाट कर्मचारीको उत्प्रेरणाको लागि लागू भएको देखिन्छ । सोबाहेक अरू किसिमले कुनै पदमा कुनै कर्मचारीको पदस्थापन हुन नसक्ने । (प्रकरण नं.५) कानूनद्वारा हुनै नसक्ने पदस्थापन बदरबाट निवेदिकाको कानूनी हकको हनन् नभएको कुरामा सफाइको मौका दिनुपर्ने प्राकृतिक न्यायको सिद्धान्त आकर्षित नहुने । (प्रकरण नं.६) निवेदकका तर्फबाट :विद्वान् अधिवक्ता हरि उप्रेती र योगराज बराल विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८क, दफा ९, दफा १७ को उपदफा (३) आदेश न्या.गोविन्दकुमार उपाध्याय : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७(२) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ : म निवेदक २०४५।८।६ मा अ.न.मि.रा.प. द्वितीय श्रेणी पदमा नियुक्ति लिई तातोपानी हेल्थ पोष्ट म्याग्दीमा कार्यरत रही २०५४।२।१४ देखि लागू हुने गरी सहायक पाँचौं तहमा तह मिलान गरी झारकोट स्वास्थ्य चौकी मुस्ताङमा कार्यरत रही आएको थिएँ । मैंले २०५९।११।२८ देखि २०६०।२।२८ सम्म Model I महिना र २०६०।७।१८ देखि २०६०।१०।१८ सम्म Model II तीन महिना सि.अ.न.मि. (Senior Auxiliary Nurse Midwives) को तालिम लिई २०६१।८।३० मा प्रमाणपत्र प्राप्त गरेँ । मिति २०६२।११।१७ को पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराको पत्रबाट रत्ना खड्का र मलाई सि.अ.न.मि. पदनाम दिन सिफारिस भई स्वास्थ्य सेवा विभागको २०६३।३।२५ को पत्रबाट सि.अ.न.मि. पदनाम कायम भएको, २०६३।९।२७ को पत्रअनुसार पब्लिक हेल्थ नर्स पदमा पदस्थापन भई जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा र २०६४।२।१४ बाट लागू हुने गरी अधिकृत छैठौं पब्लिक हेल्थ नर्स समूहमा स्तरवृद्धि भई हाल जिल्ला स्वास्थ्य कार्यालय, तनहुँमा कार्यरत छु । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को परिच्छेद ४ मा सर