निर्णय नं. ९६३९ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६३९ - कर्तव्य ज्यान भाग: ५८ साल: २०७३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७३/०२/२४ ४२१७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७३।२।२४।२ ०६९-CR-०३८९ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : जिल्ला संखुवासभा, गा.वि.स. सिद्धकाली, वडा नं. ५ घर भई हाल कारागार कार्यालय, संखुवासभामा थुनामा रहेका दानुर्वु शेर्पासमेत विरूद्ध प्रत्यर्थी / वादी : ङिमबुटी शेर्पाको जाहेरीले नेपाल सरकारसमेत फौजदारी कसुरमा प्रतिवादीमाथिको अभियोग निसन्देहरूपमा प्रमाणित गर्ने भार वादी पक्षमा निहित रहने हुन्छ । सो कुरा प्रमाण ऐन, २०३१ को दफा २५ मा स्पस्टरूपमा उल्लेख गरेको छ । प्रस्तुत मुद्दामा कसुरमा प्रतिवादीहरूको संलग्नता रहेको भनी पुष्टि हुने निर्विवाद आधारहरू वादी पक्षबाट पेस हुन सकेको देखिँदैन । केवल अभियोग लगाएको आधारमा मात्र कसुर कायम गर्न मिल्दैन र सो गर्नाले न्यायको मकसदसमेत पूरा हुँदैन । प्रमाणको पर्याप्त न्यायिक परीक्षण गरी न्यायिक परीक्षणबाट सत्य तथा सर्वोत्तम प्रमाणका रूपमा स्थापित प्रमाणले कसुरदार रहेको भनी समर्थन गरेमा मात्र कसुरदार कायम गर्न सकिन्छ । अन्यथा कुनै व्यक्तिलाई आरोप लगाएकै आधारमा दोषी प्रमाणित गर्दा ठूलो अन्याय हुन जाने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक कानून व्यवसायी अधिवक्ता किरणकुमारी गुप्ता प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता पुस्कर सापकोटा अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ को दफा २५ मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. को देहाय ३, १४ नं. सुरू तहबाट फैसला गर्ने : मा.जि.न्या. श्री गोपालप्रसाद बास्तोला पुनरावेदन तहबाट फैसला गर्ने : मा.न्या. श्री शम्भुबहादुर खड्का मा.न्या. श्री बिदुरविक्रम थापा फैसला न्या.देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ । मेरो छोरा पासाङ नुर्वु शेर्पा मिति २०६७।८।२९ गते पेम दोर्ची शेर्पाको घरमा विवाह भएकोले सो विवाहमा जाँदा दानुर्वु शेर्पा, पेम दोर्ची शेर्पा, साङमु शेर्पा, पासाङ शेर्पा, जङमु शेर्पासमेत ७-८ जना मानिसहरूले कुटपिट गरी शरीरमा निलडाम, कानबाट रगत बगिरहेको अवस्थामा घरमा आएर घरबाहिरको सिकुवामा सुतिरहेको थियो । त्यस्तैमा बजियालाई आज नमारी छाड्नु हुँदैन भनी कसैले हातमा लट्ठी र कसैले ढुङ्गा मुढा बोकेका र दानुर्वुले आफूले बोकी राखेको धारिलो हतियारले टाउको पछाडि काटी लडाए । छोरो लडेपछि मैले “गुहार छोरालाई मार्न लागे” भनी हार गुहार गर्दा अभियुक्तहरू भागेका हुन् । घाइतेलाई उपचार गर्न अस्पताल ल्याउँदा उपचार हुन नसकी मिति २०६७।९।१ गते चैनपुर गा.वि.स. वडा नं. २ स्थित फु दोर्जी शेर्पाको घरमा मृत्यु भएको हो । अभियुक्तहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको जाहेरवाली ङिमबुटी शेर्पाको मिति २०६७।९।२ को जाहेरी दरखास्त । मेरो भतिजो पासाङ नुर्वु शेर्पालाई जाहेरीमा उल्लेख भएका मानिसहरूले घरमा सुतिरहेका अवस्थामा घरभित्रबाट उठाई आँगन सिकुवामा ल्याई दानुर्वु शेर्पाले धारिलो फलामको हतियारले प्रहार गरेका हुन् । रातको अवस्थामा भएकाले के कुन हतियार हो थाहा भएन । अन्य प्रतिवादीहरू पासाङ शेर्पा, जुङ्बु शेर्पा, पेम दोर्ची श