निर्णय नं. ९६४१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६४१ - उत्प्रेषण भाग: ५८ साल: २०७३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७३/०४/३० ५८९९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री मीरा खड्का आदेश मिति : २०७३।४।३०।१ ०७०-WO-०५६४ विषय : उत्प्रेषण निवेदक : चितवन जिल्ला खैरेनी गा.वि.स. वडा नं. ६ बस्ने केशवराज भट्टराई विरूद्ध विपक्षी : पुनरावेदन अदालत, हेटौंडासमेत DNA परीक्षण प्रमाण बुझ्ने प्रक्रियाको एउटा क्रम भएको र मुद्दाको विवादको निराकरण गर्नका लागि DNA लगायतका प्रमाण बुझ्न जिल्ला अदालत स्वतन्त्र रहन्छ त्यसमा माथिल्लो अदालतबाट नियन्त्रण गर्ने, बन्देज लगाउने वा त्यस्तो स्वतन्त्रतामा हस्तक्षेप गर्न पनि मिल्दैन । कानूनअनुसार कुन प्रमाण बुझ्नु पर्ने वा कुन प्रमाण नबुझ्नु पर्ने भनेर जिल्ला अदालतमा विचाराधिन मुद्दामा नै असर पर्ने गरी रिट क्षेत्रबाट हस्तक्षेप गर्न मिल्दैन । DNA परीक्षण मुद्दाको सत्यतथ्य पत्ता लगाउने एउटा विधि भई सोको प्रयोजनका लागि गरिने हुँदा त्यस्तो परीक्षणबाट निवेदक कै विरूद्ध नै प्रमाण हुन जान्छ भनी अनुमान गर्न पनि नमिल्ने हुँदा तायदाती फाँटवारी माग गर्ने आदेश भइसकेको भन्ने एकमात्र आधारमा DNA परीक्षण गर्ने आदेश जिल्ला अदालतबाट गर्नै मिल्दैन भन्ने रिट निवेदन जिकिर कानूनसम्मत नदेखिने । (प्रकरण नं.२) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, विद्वान् अधिवक्ताहरू विश्वप्रकाश भण्डारी र तुल्सीराम मिमिल्सिना विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मी, विद्वान् अधिवक्ताहरू टिकाराम भट्टराई, गोविन्दप्रसाद शर्मा “बन्दी”, विशेश्वरप्रसाद गौतम, विश्वम्भर बुढाथोकी र रक्षा बस्याल अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.दीपककुमार कार्की : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार छ : निवेदकका पिता टिकाराम भट्टराई तथा प्रत्यर्थी आमा रेवती कुमारी भट्टराईको दाम्पत्य सम्बन्धबाट दुई छोराको जायजन्म भएकोमा जेठा प्रत्यर्थी बलराम भट्टराई र कान्छो म निवेदक केशवराज भट्टराई हौं । पिता टिकाराम भट्टराई मिति २०५१ सालमा आफ्नो कालगतिले निधन हुनुभयो । जीवित अंशियारमा विपक्षी आमा, म र प्रत्यर्थी दाजु बलराम भट्टराईसमेतले मउपर अन्यायपूर्ण कार्य गरेकोले सम्पूर्ण संगोलको बन्डा गर्नुपर्ने चलअचल श्री सम्पत्तिबाट ३ भागको १ भाग अंश छुटाई पाउँ भनी प्रत्यर्थी चितवन जिल्ला अदालतसमक्ष मिति २०६७।१०।२८ मा अंश मुद्दा दायर गरेकोमा प्रत्यर्थी आमा तथा दाजुले मलाई हामीहरूले अंश दिनुपर्ने छोरा/भाइ नाताको व्यक्ति होइन । सहोदर देवर/काका भीमलालको छोरा हो । नातामा विवाद सृजना गरी अंश छुटाई दिन इन्कार गरी मिति २०६८।२।१ मा प्रतिउत्तर पत्र प्रस्तुत गरी कारवाहीको क्रममा चितवन जिल्ला अदालतबाट मुलुकी ऐन, अ.बं. ८० नं. अन्तर्गत नातामा मलाई तथा विपक्षीहरूलाई मिति २०६८।८।२० मा बयान गराउँदा मैले फिराद दाबीबमोजिम म प्रत्यर्थी आमा रेवती कुमारी भट्टराई तथा दाजु बलराम भट्टराईको छोरा / भाइ नाताका सगोलको अंशियार भएकोले विपक्षीहरूबाट अंश छुटाई पाउनु पर्छ । मलाई छोरा / भाइ नाताको अंशियार होइन भनी विपक्षीहरूले गरेको बयान झुठा हो भनी मैले बयान गरेको र विपक्षीहरूले हामीहरूको घरमा पालनपोषण गरी हामीले हुर्काए बढाएको हो । निजको खास बाबु भीमलाल भएकोले निज भिमलालबाटै अंश पाउनु पर्ने हो