निर्णय नं. ९६४२ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६४२ - अंश चलन भाग: ५८ साल: २०७३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७३/०५/०८ ४१०२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ फैसला मिति : २०७३।५।८।४ ०७१-CI-१४७९ मुद्दा : अंश चलन पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, सितापाइला गाउँ विकास समिति वडा नं. ४ बस्ने सनतकुमार श्रेष्ठसमेत विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १९ ढोकाटोल मामाघर बस्ने सजन श्रेष्ठको छोरी सलोन श्रेष्ठको संरक्षक एकाघरकी आमा सजन श्रेष्ठको श्रीमती रिना मिश्र श्रेष्ठ दुनियाँको बिगोको हकमा जायजात गर्दा ऋण खाँदा सँग बसेका १२ वर्षभन्दा कम उमेरका अंशियारहरूको अंश हक पर सारेर मात्र जायजात गर्नुपर्ने भन्ने विद्यमान कानूनी व्यवस्था रहेको देखिन्छ । यस्तो अवस्थामा सो ऋण लिँदाको अवस्थामा जायजन्मसमेत नभएकी र मिति २०६९।१२।१९ मा मात्र जन्म भएकी नाबालिग वादीले समेत उक्त ऋण बुझाउनु पर्छ भन्न मुलुकी ऐन, दण्ड सजायको २६ नं. को कानूनी व्यवस्थाले मिल्ने देखिएन । त्यस्तै अन्य ऋणहरू पनि मुद्दा चल्दाचल्दैको अवस्थामा लिएको देखिँदा सो ऋणहरूमा समेत नाबालिग वादीको दायित्व सिर्जना हुने अवस्था नदेखिने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता शोषित अकेला बानिया प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने : माननीय न्यायाधीश श्री विष्णु सुवेदी पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या. श्री डा. सलाहुद्दीन अख्तर सिद्दीकी माननीय न्यायाधीश श्री नारायणप्रसाद शाह फैसला न्या.सारदाप्रसाद घिमिरे : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०७१।११।१७ को फैसलाउपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः वििपक्षी नं.१ हजुरबुवा नाताको व्यक्ति हुनुहुन्छ भने विपक्षी २ नं. हजुरआमा, विपक्षी नं.३ पिता र विपक्षी नं.४ र ५ फुपू नाताका व्यक्तिहरू हुन् । म फिरादी नाबालक सलोना श्रेष्ठ हुँ । मेरो जन्म आमा रिना मिश्र श्रेष्ठ र पिता सजन श्रेष्ठको वैवाहिक सम्बन्धबाट मिति २०६९।१२।१९ गतेका दिन भएको हो । विपक्षीहरूले छोरी/नातिनी प्रति गर्नुपर्ने दायित्व र कर्तव्यबाट विमुख भई खान, लगाउन नदिई घरबाट समेत निकाली शारीरिक तथा मानसिक यातना दिई हालसम्म पनि कुनै बस्ने व्यवस्थासमेत नगरी दिएको कारण बाध्य भई अदालतको शरणमा आएको छु । अतः मुलकी ऐन, अंशबन्डाको १, २, १० को आधार लिइ मुलुकी ऐन, अंशबन्डाको २०, २१, २२, २३ नं. बमोजिम फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण सम्पत्तिको विवरण विपक्षीहरूबाट माग गरी मूल अंशियार ५ जनालाई ५ भाग लगाई विपक्षी पिता सजन श्रेष्ठको भागमा पर्ने १ भाग सम्पत्तिलाई पुनः विपक्षी पिता र संरक्षिका आमा र म फिरादी गरी जम्मा ३ भाग लगाई मेरो १ भाग अंश आमाको संरक्षणमा रहने गरी अड्डैबाट चलनसमेत चलाइ पाउँ भन्नेसमेत व्यहोराको वादी नाबालक सलोना श्रेष्ठको फिराद माग दाबी । वादीले उल्लेख गर्नु भएको नाता पुस्तेवारी ठीक छ । यी वादीलाई हामीहरूले कहिले पनि कुनै प्रकारको अन्याय गरेको छैन । साथै वादी नाबालिका भएको र निजको आमा संरक्षिका रिना मिश्र हामी घरपरिवारसँग मात्र नभई निजका श्रीमान्सँग समेत कुनै प्रकारको सरसल्लाह नगरी आफुखुशी गरी हिँड्ने भएको कारणबाट निज रिना मिश्र र हामीबीच पारिवारिक सम्बन्धको