निर्णय नं. ९६४३ - मानव बेचबिखन तथा ओसारपसार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६४३ - मानव बेचबिखन तथा ओसारपसार भाग: ५८ साल: २०७३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७३/०५/१६ ३५७५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७३।५।१६।५ ०७०-CR-११६३ मुद्दा : मानव बेचबिखन तथा ओसारपसार पुनरावेदक / वादी : नाम परिवर्तित कालिमाटी (श १) को जाहेरीले वादी नेपाल सरकार विरूद्ध विपक्षी / प्रतिवादी : नुवाकोट जिल्ला गणेशस्थान गा.वि.स. वडा नं. ८ बस्ने रामबहादुर तामाङको छोरी पुष्पा तामाङसमेत जुनसुकै मुद्दाको कारवाही र किनारा गर्दा अधिकारक्षेत्रको प्रश्न प्रारम्भिक प्रश्नको रूपमा रहेको हुन्छ । अदालतले आफूमा निहित न्यायिक अधिकारको प्रयोग गर्दा संविधान र कानूनले प्रदान गरेको अधिकारक्षेत्रभित्र रही गर्नुपर्ने । न्यायिक उपचार प्रदान गर्दा जसलाई जे गर्न भनि तोकिएको छ‚ उसले त्यति मात्र उपचार प्रदान गर्न सक्छ । आफूलाई प्राप्त नभएको अधिकारको प्रयोग गर्नु वा आफूलाई प्राप्त भएको भन्दा बढी अधिकारको प्रयोग गर्दा त्यसले अधिकार क्षेत्रको त्रुटि भई त्यसरी गरिएका निर्णय र आदेश निष्प्रभावी र निरर्थक हुन पुग्ने । कानूनले दिएको अधिकारक्षेत्र नाघेर कारवाही गर्दै जाने हो भने त्यसले न्यायिक अराजकता निम्तन पुग्छ जसले गर्दा न्यायिक अन्योल सृजना भई स्वेच्छाचारी कार्यले प्रश्रय पाउन पुग्छ । विधिको शासनमा यस प्रकारको प्रवृत्तिको कल्पनासम्म पनि गर्न सकिँदैन । कुनै पनि मुद्दामा अधिकारक्षेत्रको प्रश्न आधारभूत प्रश्न भएको कारणले यसको सम्बन्धमा पक्षले प्रश्न नउठाएपनि जुनसुकै तहमा अदालते विचार गर्न सक्छ र अधिकारक्षेत्र बाहिरको भएमा मुद्दाको सुनुवाइ गर्न इन्कार गर्न सक्छ । यस प्रकारको अधिकार न्यायिक निकायको अवशिष्ट अधिकार हुन जाने । (प्रकरण नं.२) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायधिवक्ता चन्द्रकुमार पोख्रेल विपक्षी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०५३, नि.नं.६२३२, अङ्क ७, पृष्ठ ५९२ सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख), दफा ९(१)(ग) सुरू तहमा फैसला गर्ने : मा. जिल्ला न्या. श्री विष्णुप्रसाद कोइराला पुनरावेदन तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री विष्णुदेव पौडेल मा. न्यायाधीश श्री नारायणप्रसाद धिताल फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) बमोजिम परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । प्रतिवादीहरूमध्ये पुष्पा तामाङले भारत जाने बसको टिकट काट्दा नियोजितरूपमा अर्का प्रतिवादी ठुलीमाया तामाङका नाममा टिकट काटेको देखिएको, जाहेरवालाहरूलाई झुक्यानमा पारी विश्वास दिलाई काठमाडौंमा काम लगाउने भनी भारतमा वेश्यावृत्तिमा लगाउन बेचबिखन गर्ने उद्देश्यले ओसारपसार गरेको खुलेको, भारतमा बेचबिखन गर्न प्रतिवादी पुष्पा तामाङले मोक्तान लामासमेतसँग भारतमा पटकपटक फोन सम्पर्क गरेको खुल्न आएकोसमेतबाट प्रतिवादीहरू पुष्पा तामाङ र ठुलीमाया तामाङले पीडितहरूलाई वेश्यावृत्तिमा लगाउने तथा बेचबिखन गर्नेसमेतको उद्देश्यले ओसारपसार गरेकोले प्रतिवादीहरूको उक्त कार्य मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) र दफा ४(२) (ख) विपरीतको कसुर भएकोले प्रतिवादीहरू पुष्पा तामाङ र ठुलीमाया तामाङलाई उक्त कसुरमा ऐ.ऐनको दफा १५(१)(ङ)(२) बमोजिम सजाय गरी ऐ. ऐनको दफा १७ बमोजिम पीडितहरूलाई प्रतिवादीहरूबाट क्षतिपूर्ति भराई ऐ.ऐनको दफा २२ बमोजि