निर्णय नं. ९६४४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६४४ - उत्प्रेषण भाग: ५८ साल: २०७३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७३/०४/३१ २७९५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री डा.आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत आदेश मिति : २०७३।४।३१।२ ०७०-WO-०२०९ मुद्दा : उत्प्रेषण निवेदक : पाँचथर जिल्ला दुर्दिम्बा गाउँ विकास समिति वडा नं. २ घर भई हिमाली भू-मापन इन्जिनियरिङ तथा भूमि स्रोत व्यवस्थापन महाविद्यालयमा Bachelor in Geomatics Engineering प्रथम वर्ष दोस्रो सेमेस्टरमा अध्ययनरत विष्टन लावतीसमेत विरूद्ध विपक्षी : पूर्वाञ्चल विश्वविद्यालय, विराटनगरसमेत विद्यार्थीहरू आफू अध्ययन गर्ने संस्थाप्रति जवाफदेही हुने हो, विश्वविद्यालयको नियम कानूनभन्दा पनि महाविद्यालयको सूचना र नियमहरू विद्यार्थीहरूको जानकारीमा छिटो सञ्चार हुने विषय हुन् । सार्वजनिकरूपमा सूचना प्रकाशित गरी महाविद्यालयले प्रवेश परीक्षामा सम्मिलित हुन आह्वान गरेपछि निज १० जना रिट निवेदक विद्यार्थी महाविद्यालयमा प्रवेश पाएको देखिन आउँछ । निज विद्यार्थीहरूको हकमा महाविद्यालयको उक्त सूचना वैध र नियमसंगत थियो भनी भन्नुपर्ने । (प्रकरण नं.६) महाविद्यालयको औपचारिक शिक्षा हासिल गरी दीक्षित हुनुपर्ने जस्तो संवेदनशील विषयमा विद्यार्थीहरूको भविष्यमाथि खेलवाड हुने गरी समयमै निर्णय नगरी अनिर्णयको बन्दी भई बसीरहन न्यायको हिसाबले पनि उपयुक्त हुँदैन । आफूले समयमा निर्णय गर्न नसकेको कुराको परिणाम विद्यार्थीहरूले भोग्नुपर्ने परिस्थितिको समर्थन गर्नु न्यायसम्मत नहुने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता भीम ढकाल विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ताहरू देवीबहादुर घिमिरे र तीलबहादुर भट्टराई अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम दायर हुन आई यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ :- हामी रिट निवेदक विद्यार्थीहरूमध्ये पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त विपक्षी हिमाली भू-मापन इन्जिनियरिङ तथा भूमिस्रोत व्यवस्थापन महाविद्यालयमा सेमेस्टर प्रणालीमा आधारित ४ वर्षे कोर्ष Bachelor in Geometric Engineering अध्ययनको लागि विपक्षी विश्वविद्यालयबाट लिइने प्रवेश परीक्षामा केही मिति २०६८।८।१० मा सञ्चालित प्रवेश परीक्षामा सामेल भएका र केही मिति २०६८।९।१ मा सञ्चालित पुनः प्रवेश परीक्षामा सामेल भई उत्तीर्ण भई भर्ना भएका थियौं । विश्वविद्यालयमा नाम दर्ता (Registration) गर्नुपर्ने प्रयोजनको लागि विपक्षी कलेजबाट प्रकाशित सूचनाबमोजिम नाम दर्ता शुल्क तिरी रजिस्ट्रेसन फर्मसमेत भरी १७ जना विद्यार्थीको परीक्षा शुल्क, सम्बन्धन शुल्क र रजिस्ट्रेसन शुल्कसमेत गरी रू.१,११,७७५।- कलेजमार्फत मिति २०६८।१२।३० मा विपक्षी पूर्वाञ्चल विश्वविद्यालयमा पठाएका थियौं । तत्पश्चात् हामी निवेदकहरू प्रथम वर्ष प्रथम सेमेस्टरको परीक्षा मिति २०६९।४।२१ देखि २०६९।५।९ सम्म सञ्चालन हुँदा उक्त परीक्षामा सामेल भई परीक्षा दिएका थियौं । प्रथम वर्ष प्रथम सेमेस्टरको परीक्षा लिइसकेको निश्चित अवधिभित्र नतिजा प्रकाशन गरी दोस्रो सेमेस्टरको परिक्षा लिनुपर्नेमा हामी निवेदकहरूमध्ये गोपाल दाहाल, ताराप्रसाद डाँगी, सुन्दर देवकोटा, सुवोधचन्द्र साह, सिमान्त महतो, रेणुकुमारी मण्डल र अतिसकुमार मण्डलसमेत ७ जना विद्यार्थीहरूको प्रथम सेमेस्टरको नतिजा प्रकाशित भए