निर्णय नं. ९६४५ - बैंकिङ कसुर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६४५ - बैंकिङ कसुर भाग: ५८ साल: २०७३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७३/०४/१८ ७७८२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७३।४।१८।३ ०७०-RB-००३८ मुद्दा : बैंकिङ कसुर पुनरावेदक / वादी : नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभाग केन्द्रीय कार्यालय, बालुवाटार काठमाडौंको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक लिमिटेड, बनेपाका प्रबन्ध सञ्चालक इन्द्रराज हुमागाईंसमेत मुद्दामा जाहेरवालाको भूमिका निभाएको संस्थाले नै प्रस्तुत मुद्दा बैंकिङ कसुरअन्तर्गत कायम हुन नसक्ने भनी स्पष्टरूपमा निर्णय गरी पत्राचारसमेत गरिसकेको देखिएको हुँदा अभियोगपत्रमा उल्लेख भएजस्तो बैंकिङ कसुरअन्तर्गतको कार्य भयो भन्नु कानूनसङ्गत, मनासिब र तर्कसङ्गत देखिन आउँदैन । बैंकिङ कसुरजस्तो गम्भीर प्रकृतिको कसुर स्थापित हुन सोबमोजिमको गम्भीर कार्य घटित भएको कुरा वस्तुनिष्ठरूपमा वादीले प्रमाणित गर्नुपर्ने । (प्रकरण नं.५) कानून र कानून प्रदत्त अधिकारको गलत वा लापरवाहीयुक्त प्रयोगबाट व्यक्तिको कानूनप्रदत्त हक र सुविधा अतिक्रमित हुनुहुँदैन भन्ने सार्वजनिक पदाधिकारीले सदैव ख्याल राख्नुपर्दछ । सार्वजनिक जवाफदेहीको पद समाल्ने पदाधिकारीले कुनै पनि ऐन कानूनद्वारा तोकिएको प्रावधानको सही र समानरूपले पालना र कार्यान्वित गर्नुपर्ने । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता रामप्रसाद घिमिरे प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : कसैले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन,२०६३ सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १७ फैसला न्या.अनिलकुमार सिन्हा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) बमोजिम यसै अदालतको अधिकारक्षेत्रअन्तर्गत पुनरावेदन अदालत, पाटनको मिति २०७०।२।१९ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- यस बैंकबाट गरिएको स्थलगत निरीक्षणको क्रममा इन्द्रराज हुमागाईसमेतका मानिसहरूले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १७ बमोजिम आवश्यक कारवाहीको लागि निर्णयानुसार पठाइएको भन्नेसमेत व्यहोराको नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभाग केन्द्रीय कार्यालय, बालुवाटारको पत्र । नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभाग, काठमाडौंको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी इन्द्रराज हुमागाईसमेत भएको बैंकिङ कसुर मुद्दाको अनुसन्धानको लागि यस परिसरमा प्राप्त हुन आएको पत्र जाहेरीमा उल्लिखित वारदातस्थल त्यहाँ कार्यालयअन्तर्गत पर्ने भएकोले कानूनबमोजिम कारवाहीको लागि सक्कलै मिसिल कागजातहरूसमेत पठाइएको भन्ने महानगरीय प्रहरी परिसर, काठमाडौंको मिति २०६६।१०।१४ को पत्र । बैंकिङ कसुरसम्बन्धी कार्य काठमाडौं अवस्थित हिमालयन बैंक त्रिदेवीमार्ग ठमेल, एभरेष्ट बैंक नयाँ बानेश्वर, नेपाल इन्भेष्टमेन्ट बैंक लि. दरबारमार्गसमेतमा रहेको प्रतिवादीहरूको बैंकको चेक जारी गरी उक्त चेकहरू इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक लि., बनेपा शाखामा पेस गरेको भन्ने देखिनुका साथै इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकका प्रबन्ध सञ्चालक इन्द्रराज हुमागाईले पब्लिक डेभलपमेन्ट बैंक, बनेपा शाखामा चेक पेस गरी रकम भुक्तानी लिएको भ