निर्णय नं. ४३०० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३०० - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: असोज अंक: ६ फैसला मिति :२०४८/०६/१० २९४२ निर्णय नं. ४३०० ने.का.प. २०४८ अङ्क ६ पूर्णइजलास सम्मानीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४७ सालको रि.पू.ई.नं. ५३ आदेश भएको मिति: २०४८।६।१०।५ मा रिट निवेदक: का.जि.का.न.पा. वडा नं. १३ ताहाचल बस्ने परशुराम झा विरुद्ध प्रत्यर्थी : श्री ५ को सरकार मन्त्री परिषद् सचिवालयसमेत विषय : उत्प्रेषण (१) प्रशासकीय अदालतको निर्णयमा कुनै गम्भिर कानुनी त्रुटि भएमा सो निर्णय उपर पुनरावेदनको अनुमतिको लागि यस अदालतमा निवेदन लाग्न सक्ने निजामती सेवा ऐन, २०३१ को व्यवस्थालाई एउटा निश्चित कानुनी उपचारको व्यवस्था नै सम्झनु पर्ने । (प्रकरण नं. २३) (२) कानुन बमोजिम पुनरावेदन गर्ने अनुमति दिनु पर्ने व्यवस्था हुँदा हुँदै पनि यस अदालतबाट अनुमति नदिइएला भन्ने अनुमान गर्नु र त्यस्तो अनुमानलाई आधार बनाएर पुनरावेदनको अनुमति सम्बन्धी उक्त व्यवस्थालाई अनिश्चित उपचारको संज्ञा दिनु उचित वा तर्कसंगत देखिँदैन । (प्रकरण नं. २३) (३) अदालतले आफ्नो निर्णयहरुद्वारा निजामती सेवा ऐन, २०१३ को दफा ९ को उपदफा (३) लाई निश्चित उपचारको व्यवस्था मान्न अस्वीकार गरी आएको देखिनाले निवेदकले बाटो बिराएको भनी दोष लगाउनु न्यायसंगत हुँदैन । (प्रकरण नं. २४) (४) अदालतको निर्णयहरुबाट कायम हुन गएको कानुनी स्थिति अनुरुप नै निवेदकले यस अदालतको असाधारण अधिकार क्षेत्र गुहारी उपचार माग्न आएकोले निजलाई माथि उल्लेखित बैकल्पिक उपचारको बाटो देखाएर यो निवेदनपत्र खारेज गर्न उपयुक्त नहुने । (प्रकरण नं. २४) (५) कुनै वस्तुनिष्ठ आधार नभएको कोरा अनुमान, विचार वा धारणालाई आधार (साविक पेज नं. २३३) बनाएर आत्म सन्तुष्टि लिने र त्यस्तो आत्म सन्तुष्टिलाई अव्यवहारिकताको कारण देखाएर पर्चा खडा गर्ने छूट उक्त कानुनी व्यवस्थाले सजायँको आदेश दिने अधिकारीलाई दिएको छैन । निजको आत्म सन्तुष्टि कुनै वस्तुगत तथ्यमा आधारित हुनुपर्छ र ती तथ्यहरुको सम्बन्धमा निजको विवेचना वा मूल्यांकनको आधारमा निज त्यो निष्कर्षमा पुगेको कुरा पर्चाबाट देखिनु पर्छ । निजको चित्तलाई त्यो निष्कर्षमा पुर्याउने बस्तुगत तथ्यहरु ९यदवभअतष्खभ ाबअतक० लाई पर्चामा उल्लेख नगरेर सिर्फ निष्कर्षको मात्र उल्लेख गर्नु पर्याप्त हुँदैन र त्यस स्थितिमा त्यो निष्कर्षलाई कानुनको मनसाय अनुरुप पर्चामा कारणको उल्लेख भएको सम्झन नमिल्ने । (प्रकरण नं. २७) (६) अवाञ्छित गतिविधि भनेर कस्तो गतिविधिलाई भन्न खोजेको हो वा निवेदकको कुन गतिविधि पर्चा खडा गर्ने अधिकारीको दृष्टिमा अवाञ्छित देखिएको हो भन्ने कुरा पर्चामा व्यक्त भएको छैन । के कस्तो गतिविधिलाई अवाञ्छित गतिविधि भन्न खोजेको हो भन्ने कुरा स्पष्ट गर्ने तथ्यपूर्ण विवरणको अभावमा अवाञ्छित गतिविधि भन्ने अभिव्यक्तिबाट यथार्थमा निवेदक उपर आरोपको सम्म उल्लेख भएको सम्झनु पर्ने हुन्छ, त्यसलाई आरोपको कारण वा आधार सम्झनु नमिल्ने । (प्रकरण नं. २८) (७) निजामती कर्मचारीलाई नोकरीबाट हटाउँदा वा बर्खास्त गर्दा निजलाई सफाइको मौका दिने वा त्यस्तो मौका नदिएर अव्यवहारिकताको आधारमा पर्चा खडा गर्ने मध्ये जुनसुकै प्रक्रिय