निर्णय नं. ९६४७ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६४७ - अंश चलन भाग: ५८ साल: २०७३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७३/११/१३ ३०२२ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री ‌देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७३।११।१३ ०६८-DF-००१९ मुद्दा - अंश चलन पुनरावेदक / प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका, वडा नं. ५ बस्ने हेरामाया भन्ने माया महर्जनसमेत विरूद्ध प्रत्यर्थी / वादी : ऐ. ऐ. घर भई हाल ऐ. वडा नं. १ बस्ने उत्तमदेवी महर्जनसमेत लिखत बदर मुद्दाको रोहमा दाबी खारेज भई प्रतिवादीले गरेको बिक्रीव्यवहार सदर ठहर भइसकेपछि सो सम्पत्तिको मूल्यबाट आएको नगद रकमबाट अंश दिलाई पाउँ भन्ने दाबी आफैँमा विरोधाभाषपूर्ण देखिई कानूनसङ्गत देखिन आएन । जुन जग्गाको विषयमा प्रतिवादीहरूबाट पूर्वदाबी गरिएको हो सो दाबी नै खारेज भएको अवस्थामा सो जग्गा बिक्री गरी प्राप्त भएको रकमसमेत बन्डा हुनुपर्छ भनी पुनः अंश मुद्दाको रोहबाट प्रतिवादीहरूले लिएको दाबी पनि मनासिब देखिन नआउने । (प्रकरण नं. १०) प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता शम्भु थापा, विद्वान्‌ अधिवक्ताहरू ईश्वरीप्रसाद भट्टराई र मंगल महर्जन वादीको तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता हरिहर दाहाल, विद्वान्‌ अधिवक्ताहरू रक्षबहादुर क्षेत्री र हरिशरण महर्जन अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू ललितपुर जिल्ला अदालतमा फैसला गर्ने: मा.जि.न्या.श्री जनार्दनबहादुर खड्का पुनरावेदन अदालत, पाटनमा फैसला गर्ने :- मा.न्या.श्री कृष्णप्रसाद बस्याल मा.न्या.श्री बुद्धिप्रसाद रेग्मी सर्वोच्च अदालत संयुक्त इजलासमा फैसला गर्ने: मा.न्या.श्री रामकुमार प्रसाद शाह मा.न्या.श्री भरतराज उप्रेती फैसला न्या.श्री देवेन्द्र गोपाल श्रेष्ठ : सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- विपक्षीमध्येका राम महर्जन तथा माया महर्जन हामी फिरादीका ससुरा बाजे तथा सासु बज्यै हुनुहुन्छ । साथै विपक्षी नरेन्द्र महर्जन देवर तथा काका नाता पर्दछन् । विपक्षी राम महर्जन तथा माया महर्जनको कोखबाट जायजन्म भएको छोराहरूमा हामी फिरादीका पति, पिता नरराम महर्जन र विपक्षी नरेन्द्र महर्जन हुन् । छोरीहरूमा रामप्यारी महर्जन र रामकुमारी महर्जन गरी २ छोरीहरूको जन्म भएकोमा सबैको विवाह भइसकेको छ । मिति २०५२।४।३१ मा हामीहरूका पति तथा पिता नरराम महर्जन परलोक हुनुभयो । विपक्षीहरूले हाम्रो हक मार्ने कुनियत राखी २०५२ सालमा पनि जग्गा बिक्री गरिसक्नुभएको र फेरि पनि बिक्री गर्ने भनी बैनासमेत लिइसकेको अवस्था हुँदा हाम्रोसमेत अंश हक लाग्ने जग्गा बिक्री गरेमा हामीलाई अंश नै नहुने हुँदा रोक्काको लागि छुट्टै निवेदन गर्ने नै छौं । हामी फिरादीहरूको अंश हक लाग्ने सम्पूर्ण सम्पत्ति विपक्षीहरूकै जिम्मा रहे भएकोले विपक्षीहरूबाट तायदाती फाँटवारी माग गरी सम्पूर्ण श्रीसम्पत्तिको ४ भागको १ भाग हामी फिरादीहरूलाई अंश भाग छुट्‌याई अड्डैबाट चलनसमेत चलाई पाउँ भन्नेसमेत व्यहोराको वादीहरूको फिराद दाबी । विपक्षीहरूको फिराद दाबी झुठा हो । छोरा नरराम महर्जनसँग घरसारमा सल्लाह हुँदा परिवार संख्या वृद्धि भई एकै घरमा बस्न ठाउँ अभावका कारण बसोबासको निम्ति ललितपुर जिल्ला हरिसिद्धि गा.वि.स. वडा नं. १(क) कि.नं. ३०२ को जग्गा खरिद गरी दिई छुट्टै घर बनाइदिएको थिएँ । पछि नि