निर्णय नं. ९६५२ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६५२ - अंश चलन भाग: ५८ साल: २०७३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७२/०९/२२ ५५७० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७२।९।२२।४ मुद्दाः अंश चलन ०६९-CI-०३९४ पुनरावेदक / वादी : काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.२१ ज्यावहाल बस्ने सुमनकुमार प्रधान विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.२१ ज्यावहाल बस्ने सुरेन्द्रकुमार प्रधानसमेत ०६९-CI-०३९३ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.२१ ज्यावहाल बस्ने सुवर्णकेशरी प्रधान विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.२१ ज्यावहाल बस्ने सुमनकुमार प्रधान ०६९-CI-०३९२ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.२१ ज्यावहाल बस्ने सुरेन्द्रकुमार प्रधान विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.२१ ज्यावहाल बस्ने सुमनकुमार प्रधान सगोलमा छँदा प्राप्त आम्दानीको स्पष्ट विवरण र सो कुरा प्रमाणित हुने खालका प्रमाणको अभावमा ट्याक्सी टेम्पोको दैनिक आम्दानी यति नै हो भनी अनुमान गर्नु न्यायसङ्गत नहुने । (प्रकरण नं.५) वस्तुतः बन्डा लाग्ने सम्पत्ति हो भनी जिकिर लिने व्यक्तिले त्यस्तो सम्पत्ति के कसरी प्राप्त गरेको हो, सो सम्पत्ति सगोलकै आय आर्जनबाट खरिद गरेको वा एकासगोलको खति उपतिबाट जोडेको हो भनी तथ्ययुक्त प्रमाण पेस गरी पुष्टि हुनु आवश्यक हुन्छ । आफ्नो सिप र प्रयासबाट निजी तवरमा प्राप्त गरेको कुनै सम्पत्ति प्राप्त गर्नेको निजी नै मान्नुपर्ने हुँदा सोतर्फको वादी प्रतिवादीहरूको पुनरावेदन जिकिर मनासिब भएको भन्न मिल्ने नदेखिने । (प्रकरण नं.६) वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता चन्द्रमणी पौडेल प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता सुरेश प्रधान अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने : मा. जि. न्यायाधीश श्री सुदर्शन राज पाण्डे पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री डा.कुलरत्न भुर्तेल माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल फैसला न्या.सुशीला कार्की : न्याय प्रशासन ऐन, २०४८ को धारा ९(१) बमोजिम दर्ता भई पेस हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ : बाजे हरेन्द्रकुमारको छोरा सुवर्णकुमार प्रधान मेरो बुबा र आमा सुवर्णकेशरी प्रधानको तर्फबाट दुई दाजुभाइ र दुई दिदीबहिनी जन्म भएका जेठो सुरेन्द्रकुमार प्रधानको विवाह भइसकेको छ । कान्छो म फिरादी हुँ मेरो विवाह भएको छैन । दिदीबहिनीहरूमा जेठी राजेश्वरीको विवाह भएको छ । कान्छी सुनिता प्रधानको विवाह भएको छैन । मैले बुबा तथा दाजुसँग अंश माग्दा म अंश पनि दिन्न बन्डापत्र पनि गर्दिन भनेकोले घर व्यवहार चलाउन पनि समस्या परेको र बाबुआमाले पनि मलाई राम्रोसँग खान लाउन नदिएकोले बाध्य भई यो फिराद दिन आएको छु । मिति २०६३।११।२९ मा मेरो चित्त बुझाउन बुबाआमाले अंश बुझेको भरपाई गरिदिएका भए पनि उक्त भरपाई विपक्षी दाजु र कान्छी दिदीको सहमति बिना गरेको र उक्त भरपाई कागजमा मैले पाउनु पर्ने अंश के कति पाउने सम्बन्धमा स्पष्ट उल्लेख नगरेको हुँदा उक्त अंश बुझेको भरपाई कागज बदर गरी फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी अंशबन्डाको १, २, २०, २१, २२ र २३ नं. बमोजिम प्रतिवादीहरूबाट सम्पूर्ण चल अचल पैत्रिक तथा सगोलका सम्पत्तिको तायदाती फाँटवारी मागी सबै सम्पत्तिको ५ भागको १ भाग मैले पाउन