निर्णय नं. ९६५५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६५५ - कर्तव्य ज्यान भाग: ५८ साल: २०७३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७२/११/१२ ३०९८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७२।११।१२।४ ०६८-CR-१०५१ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : रूपन्देही जिल्ला करैया गा.वि.स. वडा नं.६ घर भई हाल कारागार कार्यालय, तुलसीपुर, दाङमा थुनामा रहेका खड्कमान रानामगर विरूद्ध प्रत्यर्थी / वादी : होमबहादुर थापाको जाहेरीले नेपाल सरकार न्यायकर्ताले इन्साफको रोहमा हेर्दा सबुत प्रमाणबाट दोषी देखिएको व्यक्तिलाई कानूनबमोजिमको सजाय गर्दा सजाय चर्को पर्ने चित्तले देखेको अवस्थामा शुद्ध विवेक (Conscience) प्रयोग गर्न दिएको कानूनसम्मत अवस्था हो । कानूनको यो सुविधा मुद्दाका पक्षले माग गरेको आधारमा दिने र माग नगरेको अवस्थामा नदिने भन्ने हुँदैन । कानूनले न्यायकर्तालाई गरेको यस प्रकारको विश्वासलाई सावधानीका साथ प्रयोग गर्नुपर्दछ । विवेक प्रयोग गर्ने प्रयाप्त आधार हुनुपर्छ । आधारबिना गरिएको विवेकले न्यायिक अराजकता ल्याउन सक्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीले ६० वर्ष उमेर नाघेको वृद्ध महिलालाई आँखा फुटाल्ने, मुक्का प्रहार गर्ने अनि भीरबाट लडाएर मार्ने यी पुनरावेदक प्रतिवादीमाथि विवेक प्रयोग गर्ने आधार र अवस्था देखिन आएन । विवेक प्रयोग गर्ने अवस्था नै नभएको प्रस्तुत वारदातमा पुनरावेदक प्रतिवादीलाई अ.बं १८८ नं. बमोजिम सजाय घटाउने मिल्ने अवस्था देखिन नआउने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय बिमला यादव र सूर्यबहादुर पाण्डे प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. सुरू तहमा फैसला गर्ने : माननीय जिल्ला न्यायाधीश श्री प्रभा बस्नेत पुनरावेदन तहमा फैसला गर्ने : मा. मुख्य न्यायाधीश श्री हरिराम कोइराला माननीय न्यायाधीश श्री राजकुमार वन फैसला न्या.बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:- गोरखा मनकामना गा.वि.स. वडा नं.४ स्थित ठाकुर पुलामीको पालेको पाखो जङ्गल पाखो सो पाखाको चिलाउनेको रूखमुनी उत्तर टाउको दक्षिण खुट्टा गरी घोप्टो अवस्थामा कन्याकुमारी तुम्सिङ थापाको मृतक लास रहेको, मृतक लासलाई उत्तानो पारी हेर्दा अनुहार रगतले लतपतिएको, शरीरको विभिन्न स्थानमा घाउचोट, मृतकको टाउकाको दायाँतर्फ निधार थेप्चिएको, टाउको पछाडि काटेको चोट देखिएको भन्नेसमेत व्यहोराको घटनास्थल तथा लास जाँच मुचुल्का । मेरी श्रीमती वर्ष ६० की कन्याकुमारी तुम्सिङ थापालाई मिति २०६६।८।१३ गतेका दिन गोरखा मनकामना गा.वि.स. वडा नं.४ स्थित कोप्चे वन भन्ने ठाउँमा सालको पात टिप्न गएको अवस्थामा गोरखा मनकामना दर्शन गर्न आएका रूपन्देही जिल्ला करैया गा.वि.स. वडा नं.६ बस्ने वर्ष २३ को खड्कमान रानामगरले ढुङ्गाले हानी भीरबाट लडाइँ कर्तव्य गरी मारेको हुँदा कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको होमबहादुर थापाले जिल्ला प्रहरी कार्यालयमा दायर गरेको जाहेरी दरखास्त । मिति २०६६।८।१२ गते मेरो गाउँबाट मामाको छोरा मिनबहादुर थापाले ट्युसन पढ्ने विद्यार्थीहरूलाई गोरखा मनकामना दर्शनको लागि भ्रमण ल्याउने कार्यक्रम भएको हुँदा मसमेत सोही भ्रमण टोलीमा संलग्न भई आएको थिएँ । भोलिपल्ट बिहान आँबुखैरेनीमा बस