निर्णय नं. ९१८६ - जबर्जस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१८६ - जबर्जस्ती करणी भाग: ५६ साल: २०७१ महिना: असोज अंक: ६ फैसला मिति :२०७०/०८/३० ५६९७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तर्कराज भट्ट माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की फैसला मिति : २०७०।८।३०।१ २०६६–CR–०७९२ मुद्दा : जबर्जस्ती करणी । पुनरावेदक/प्रतिवादी : जिल्ला संखुवासभा, खाँदबारी नगरपालिका वडा ३ घर भई हाल जिल्ला कारागार कार्यालय, तेह्रथुममा कैदमा रहेका बद्री खत्री विरूद्घ प्रत्यर्थी/वादी : यसोदा कार्कीको जाहेरीले नेपाल सरकार § नाबालिका बच्चीको योनीमा आफ्नो लिङ्ग रगडेर योनीमै वीर्य स्खलन गरी यौन आनन्द लिएको अवस्थामा सानो बच्चाको अविकसित योनीमा वयस्क मानिसको उत्तेजित लिङ्ग पूरा प्रवेश हुन नसकेको कारणले मात्रै उद्योग ठहर्याउनेतर्फ नतिजामा पुग्दा विधायिकाले जबर्जस्ती करणीको महलले पीडकलाई जुन सजायको व्यवस्था गरेको हो त्यसको औचित्य समाप्त हुन जाने । § नाबालक र कम उमेरका बालिकाउपर हुने सबै करणीका वारदातमा उद्योग ठहर्याउनुपर्छ भन्ने कानूनले व्यवस्था गरेको मान्न नमिल्ने । § लिङ्ग नपसेकै कारणले मात्र सबै मुद्दामा उद्योगसम्ममात्रको कसुर ठहर्याउँदा विधायिकाले परिकल्पना गरेको ऐनको उद्देश्य र मक्सद मर्न जाने । (प्रकरण नं. ८) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता विनोद श्रेष्ठ, विद्वान् वैतनिक अधिवक्ताहरू हरिशंकर कर्ण र श्रूतीदेवी रेग्मी प्रत्यर्थी/वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ को दफा २३(७) जबर्जस्ती करणीको महलको ३(२), १० नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री शिवप्रसाद पराजुली पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री हरिप्रसाद घिमिरे मा.न्या.श्री ऋषिराज मिश्र फैसला न्या.तर्कराज भट्ट : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ : मिति २०६४।४।२५ गते मेरी छोरी वर्ष ११ की सिर्जना कार्की गर्मी भएको कारण बद्री खत्रीको घरमा अमिलो निबुवा मागी खान गइछिन्। सो अवस्थामा निज बद्री खत्रीले मेरी छोरी सिर्जना कार्कीलाई निबुवा अमिलो दिन्छु भनी ललाइ फकाइ निजको मतान घरमा लगी जबर्जस्ती करणी गरेछन् । सोही दिन मलाई छोरीले केही भनिन । २०६४।४।२६ गते छोरी सिर्जना अप्ठ्यारो गरी हिडेको देखी के भयो भनी सोध्दा उक्त कुरा मलाई थाहा भएको हुँदा यो जाहेरी दिन आएकी छु । निजलाई पक्राउ गरी हदैसम्म सजाय गरी पाउँ भन्नेसमेत व्यहोराको जाहेरवाली यसोदा कार्कीको मिति २०६४।४।२६ को जाहेरी दरखास्त । मिति २०६४।४।२५ गते मलाई अमिलो खान मन लागेकाले छिमेकी बद्री खत्रीको घरमा गएँ । मतानमा जाउँन म त्यहीँ अमिलो ल्याउँछु भनेकोले म मतानमा गएँ । निजले मलाई मतानको परालमा सुताई मैले लगाएको फरक खोल्न थालेपछि म रून लाग्दा हल्ला नगर चुप्पलाग भनी निज बद्री ममाथि चढी एकछिन् हल्लियो । मेरो तिघ्रातिर निजको लिङ्गले धक्का दियो । मेरो योनीमा निजको लिङ्ग पस्यो पसेन मलाई थाहा भएन । मेरो तिघ्रा नाइटा तथा फरकमा समेत चिप्लो चीसो भयो । कोही कसैलाई यो कुरा नभन्नु भनी मलाई डर त्रास देखाएकोले तत्काल मैले कोही कसैलाई भनिन । मिति २०६४।४।२६ गते मात्र मैले आमालाई सबै कुरा भनेकी हुँ । निज बद्री खत्रीलाई कानूनबमोजिम सजाय गरी पाउँ भन्नेसमेत व्यहोराको पीडित सिर्जना कार्कीले मौकामा गरेको मिति २०६४।४।२६ गतेको कागज । निजको कन्या जाली च्यातिएको छैन । शरीरमा सङ्घर्षको चिह्नह