निर्णय नं. ४३०१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३०१ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: असोज अंक: ६ फैसला मिति :२०४८/०६/१५ २४१४ निर्णय नं. ४३०१ ने.का.प. २०४८ अङ्क ६ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४७ सालको रि.पू.इ.नं. ५६ आदेश भएको मिति : २०४८।६।१५।६ मा निवेदक : जि.का.कारागार शाखा, काठमाडौंमा थुनामा रहेको वीरबहादुर थापा मगर विरुद्ध विपक्षी : जिल्ला अदालत, ललितपुर विषय : उत्प्रेषण (१) कैदबाट भाग्दाको अवस्थामा भोग्न बाँकी कैद सजायँ १२ वर्ष ५ महीना र २२ दिन रहेकोले निजलाई थुनुवा भाग्यो भन्ने मुद्दामा जिल्ला अदालतको फैसला बमोजिम पुनः थुनामा परेको मितिदेखि १७ वर्ष ५ महीना २२ दिन कैद सजायँ भएको कारागार ऐन, २०१९ को दफा २४ को उपदफा (२) (५) र (६) को प्रतिकूल देखिन्न । सो कैद अवधि उपदफा (५) र (६) ले निर्धारित गरेको अधिकतम अवधि भन्दा बढी नभएकोले कानुन विपरीत भन्न नमिल्ने । (प्रकरण नं. ९) (२) कैदीहरुमा एउटा अपराधिक मानसिकता विकसित हुन सक्ने गरी कानुनको व्याख्या गर्नु तर्कसंगत नहुने । (प्रकरण नं. ९) (३) कारागारबाट कैदी भागेमा र भगाएमा हुने सजायँको व्यवस्था गर्ने विशेष कानुन कारागार ऐन, २०१९ नै भएकोले कारागारबाट भाग्ने कैदीलाई सो बमोजिम कैद ठेकिएकोमा त्यसलाई कानुन विपरीत भन्न नमिल्ने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री होमनाथ ढुंगाना (साविक पेज नं. २४६) प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश प्र.न्या. विश्वनाथ उपाध्याय १. प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. राजबहादुर गुरुङको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी म निवेदक भएको कर्तव्य ज्यान मुद्दामा संलग्न रही कसूर गरेको ठहर गरी कास्की जिल्ला अदालतबाट सर्वश्वसहित जन्मकैदको सजायँ हुने गरी गरेको फैसलाको कलम एक र सोही मुद्दामा २०२९।८।३ गतेबाट अवच्छिन्न रुपमा थुनामा बसी मिति २०३७।२।१३ गतेमा जिल्ला कार्यालय कारागार शाखा नखुबाट भागी मिति २०३७।८।१० गतेमा पक्राउमा परी मिति २०३७।१०।२० गते विपक्षी नं. १ मा थुनुवा भाग्यो भन्ने मुद्दामा बयान गरेको एक समेत २ मुद्दा पर्यो थुनुवा भाग्यो भन्ने मुद्दामा मिति २०३८।३।१६ गतेमा विपक्षी नं. १ बाट फैसला भएको के कति कैद लाग्यो भन्ने कुरा फैसला पढी बाँची सुनाई नदिएको हुँदा थाहा भएन । थुनाबाट भागेको अभियोगमा के कतिसम्म सजायँ हुन सक्ने रहेछ भनी कारागार ऐन, २०१९ हेर्दा कैद म्याद ठेकिएको कैदी भागेमा पक्रिए पछि निजलाई बाँकी कैदको डेढी बढाई सजायँ गर्नु पर्छ भनी कारागार ऐनको दफा २४ को उपदफा (ङ) को देहाय दफा ३ मा उल्लेख भएको उपदफा (३) वा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाहरु बमोजिम डेढी बढाई सजायँ गर्दा भाग्ने थुनुवा वा कैद जुन अपराधमा कैद परेको हो सो अपराधमा हुन सक्ने सजायँको उपल्लो हदको सवाई भन्दा बढी हुने गरी सजायँ कायम गरिने छैन भन्ने ऐनको दफा २४(५) मा उल्लेख भएको उपदफा (३) (४) वा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाहरु बमोजिम सजायँ गर्दा बीस वर्ष भन्दा बढी कैद हुने गरी सजायँ गरिने छैन र गर्न हुँदैन भनी उपदफा (६) मा उल्लेख भएको पाइन्छ । म निवेदकले भागी गएको अवस्थामा कुनै प्रकारको अपराध नगरेको हुँदा उल्लेखित कर्तव्य ज्यान मुद्दामा सर्वश्वसहित जन्मकैदको सजायँ हुने ठहर गरी कास्की जिल्ला अदालतबाट ठेके ठेकाएको कैद मात्र म निवेदकले भुक्