निर्णय नं. ९६५९ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६५९ - कर्तव्य ज्यान भाग: ५८ साल: २०७३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७३/०४/१९ ३६९७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७३।४।१९।४ मुद्दा : कर्तव्य ज्यान ०७०-CR-१०६८ पुनरावेदक / प्रतिवादी : कैलाली जिल्ला चुहा गा.वि.स. वडा नं. ५ घर भई कारागार कार्यालय कैलालीमा थुनामा रहेको प्रेम ढकाल कामी विरूद्ध प्रत्यर्थी / वादी : करनबहादुर बि.क. को जाहेरीले नेपाल सरकार ०७०-CR-११९१ पुनरावेदक / वादी : करनबहादुर बि.क. को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : कैलाली जिल्ला चुहा गा.वि.स. वडा नं. ५ घर भई कारागार कार्यालय कैलालीमा थुनामा रहको प्रेम ढकाल कामी भवितव्यलाई आकस्मिक घटना वा दुर्घटनाको रूपमा लिइन्छ । यसलाई दुर्घटनाको रूपमा लिइने हुँदा भवितव्य हुनलाई घट्न पुगेको घटना घटाउनेसम्मको कुनै कारण तथा रिसइवी नभएको देखिनु पर्ने, आफूले गरेको कामबाट कुनै दुष्परिणाम आउन सक्ने अवस्था तथा सम्भावना नरहेको देखिनु पर्ने, त्यस्तो दुष्परिणामको ईच्छा तथा पूर्वज्ञानसमेत नभएको हुनुपर्ने साथै वैध काम वैध साधनको प्रयोग गरी प्रयाप्त सावधानी अपनाई गरेको पनि पुष्टि हुनुपर्दछ । उल्लिखित यी अवस्थाहरू एक अर्काको विकल्पको रूपमा रहेको नभई यी सबै अवस्थाहरूको संयोजन रहे भएको हुनुपर्दछ । यीमध्ये कुनै एउटाको अभाव भएमा त्यसलाई भवितव्य मान्न नसकिने । (प्रकरण नं.६) बियरको बोतल जस्तो वस्तुले संवेदनशील अंग टाउकोमा हिर्काउँदा ज्यान मर्न सक्छ भनी सामान्य सुझबुझ भएको व्यक्तिले जान्नु सोच्नु पर्ने कुरा हुन आउँछ । बियरको बोतलले टाउकोमा हिर्काउँदा ज्यान मर्न सक्ने सम्भावना रहने पनि सहज अनुमान गर्नुपर्ने विषय हो । यस्तो अवस्थामा प्रतिवादीमा भवितव्य ज्यान हुन आफूले गरेको कामबाट मानिस मर्ला भन्ने जस्तो नदेखिएको वा परिणामको पूर्व ज्ञान नभएको भनी मान्न सकिँदैन । यसमा प्रतिवादीको मृतकलाई मार्ने मनसाय स्पष्ट नदेखिए पनि मानिस मर्न सक्ने परिणामको पूर्व सम्भावनाको जानकारी भने रहेकै देखिँदा प्रस्तुत मुद्दाको वारदातलाई भवितव्यको कोटीमा राख्न सकिँदैन । यस्तो अवस्थामा प्रतिवादीमा रहेको त्यही सम्भावनाको जानकारी नै आपराधिक कार्य पछाडिको आपराधिक मनसायका रूपमा रहेको हुने । कुनै आपराधिक कार्य ठीक बेठीक छुट्याउन सक्ने व्यक्तिले आफ्नो कामको परिणाम देख्न सक्ने अवस्थामा कुनै कार्य स्वतन्त्र तथा स्वेच्छाले गर्दछ र त्यसको परिणाम आपराधिक कार्य हुन्छ भने त्यहाँ मानसिक तत्त्व विद्यमान रहेको नै मानिन्छ । नाबालक, होस ठेगाना नभएको, नशाको सुरमा रहेको, ठीकबेठीक छुट्टाउन नसक्ने अवस्थाको व्यक्तिले वा कुनै डर त्रास, दबाबमा परी कसैको आज्ञा पालन गर्न वा आफ्नो कार्यको परिणाम देख्न र पूर्व अनुमान गर्न नसक्ने व्यक्तिले गरेको आपराधिक कार्यको पछाडि आपराधिक मनसाय रहेको नमानिने अवस्था पनि यसमा विद्यमान नदेखिने । (प्रकरण नं.७) वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता चन्द्रबहादुर सापकोटा प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता सूर्यबहादुर वली अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३(३) नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री विष्णु सुवेदी पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री रेवन्तबहादुर कुँवर मा.न्या. श्री हिमालयराज पाठक फैसला न्या.देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को