निर्णय नं. ४३०२ - खिचोला पर्चा बदर गुठी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३०२ - खिचोला पर्चा बदर गुठी भाग: ३३ साल: २०४८ महिना: असोज अंक: ६ फैसला मिति :२०४८/०६/१५ २२०६ निर्णय नं. ४३०२ ने.का.प. २०४८ अङ्क ६ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४६ सालको दे.पू.इ.नं. १०८ फैसला भएको मिति: २०४८।६।१५।३ मा पुनरावेदक/प्रतिवादी : का.न.पा. वडा नं.१७ बस्ने उपेन्द्रजंग राणाको मु.स.गर्ने मनहजुर राणा विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वडा नं. २७ बस्ने रत्नेश्वरी मल्लको मु.स. गर्ने बद्रीराज मल्ल मुद्दा : खिचोला पर्चा बदर गुठी (१) इन्द्रायणी गुठीबाट भूबहाल तिर्ने गरी जग्गा पाउने व्यक्तिहरुले आफूले पाएको जग्गामा घरबास समेत गरी भोग चलन गरी आएको आधारमा विवादित जग्गा पनि इन्द्रायणी गुठीकै हो भनी कुनै सबूद प्रमाण बेगर भन्न नमिल्ने । (प्रकरण नं. १४) (२) श्री ५ महाराजाधिराजका हजूरमा चढाएको भनिएको बिन्तिपत्र अदालतबाट सनाखत गरिएको वा ती निवेदकहरुले अदालतमा साक्षीको रुपमा उपस्थित भई उक्त (साविक पेज नं. २५०) बिन्तिपत्रमा उल्लेखित व्यहोरालाई समर्थन गरी बकपत्र गरेको समेत नदेखिनाले प्रमाण ऐन, २०३१ अनुसार उक्त बिन्तिपत्र प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं. १४) (३) प्रमाण सम्बन्धी कानुन र सामान्य सिद्धान्त अनुसार आफ्नो दावी प्रमाणित गर्ने अभिभारा वादी उपर नै रहने । (प्रकरण नं. १४) पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी, वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ फैसला प्र.न्या.विश्वनाथ उपाध्याय १. सर्वोच्च अदालत संयुक्तइजलासबाट राय बाझी भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. श्री इन्द्रायणी गुठी नामाकरण भएको गुठी जग्गाको बहाल बालीको आयस्ताबाट उक्त गुठीको काम चलाई आएको साविकमा पोता नलागेकोमा १९५८ साल देखि कारवाही चली पोत लिने गरी हुकुम प्रमाड्डी भए बमोजिम पोता अड्डामा १९६२ साल माघ २१ गते ३३३ नं. को मोठ तयार भई उक्त मोठमा क्षेत्रपाटी अब्बलको घर घडेरी बनाई बस्न दिई आएको जग्गा क्षेत्रपाटी भन्ने रोपनी ९, यसिखेल भन्ने रोपनी १२, एपिचा भन्ने रोपनी ०–८–० भन्ने समेत जनिएको जम्मा रोपनी २१–८–० लाई हाल क्षेत्रपाटी र क्षेत्रपाटी धोविचौर समेत भन्ने गरेको सो जग्गाहरुमा धेरै मानिसहरु भूवहाल बुझाउने गरी घर बनाई बसेको त्यस्तै धोवी जातीका व्यक्तिहरुले मेरा स्वीकृतिबाट जग्गा सुरक्षा समेतको निमित्त केही खाली जग्गामा कपडा लुगा समेत सुकाउने गरी आएका, २०२१ सालको नापीमा उक्त जग्गाहरु नापी नभई केवल २०३ भैरवीदेवी उपाध्याय, कि.नं. २१२ रामदास मानन्धरको घर बनेको जग्गा इन्द्रायणी गुठी जग्गाधनी रत्नेश्वरी भनी जनिई नापी भएको २०३४ सालको नापीमा उक्त जग्गा सबै जम्मा ११२ कित्ता गरी नापी हुँदा घरवारी भएकोमा घर हुनेहरु मोही र जग्गाधनी इन्द्रेयणी गुठीको जग्गाधनी रत्नेश्वरी भनी जनी नापी भएको र घर नभएको खाली मेरै जोत भोग भनी जनिई सो बमोजिम नापी भइसकेपछि तत्कालिन वडा अध्यक्ष विप्लवकुमार र न.स.स. उपेन्द्रजंगले तत्कालिन भू.सु. राज्य मन्त्रीज्यूमा उक्त जग्गाहरु सार्वजनिक चौर रखाई पाउँ भनी दिएको निवेदनमा कारवाही भई मलाई बुझेकोमा सो जग्गा इन्द्रायणी गुठीकै हो भनी प्रमाण समेत खुलाई मिति २०३७।२।८।४ मा ३ नं. नापी गोश्वारामा कागज