निर्णय नं. ९६६८ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६६८ - बन्दीप्रत्यक्षीकरण भाग: ५८ साल: २०७३ महिना: पौस अंक: ९ फैसला मिति :२०७२/०६/२० ३३३२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री दीपकराज जोशी आदेश मिति : २०७२।६।२० ०७२-WH-०००६ विषयः- बन्दीप्रत्यक्षीकरण निवेदक : दोलखा जिल्ला घर भई काठमाडौंं जिल्ला का.म.न.पा. वडा नं. १४ कलंकीमा बसोबास रही हाल कारागार कार्यालय, जगन्नाथ देवल सुन्धारा, काठमाडौंंमा कैदमा रहेका रविन श्रेष्ठ विरूद्ध विपक्षी : काठमाडौंं जिल्ला अदालत, बबरमहलसमेत निवेदकले डाँका उद्योग र हातहतियार खरखजाना मुद्दामा भएको फैसलाउपर पुनरावेदन नगरी दुवै फैसला अन्तिम भएर बसेको देखिन्छ । मुलुकी ऐन, दण्ड सजायको १० र ४१ नं. मा माथि उल्लिखित कानूनी व्यवस्थाअनुसार डाँका उद्योग मुद्दामा तीन वर्ष कैद सजाय हुने भएपनि निवेदक एउटा कलमको तीन वर्ष मात्र थुनामा बस्नु पर्नेमा मिति २०६९।२।१९ देखि नै थुनामा रहेकोले डाँका उद्योग मुद्दाको कैदी पुर्जीअनुसार मिति २०७२।९।२३ सम्म थुनामा बस्नु पर्ने भन्न नमिल्ने । (प्रकरण नं. ८) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता मोहनबहादुर बन्जारा विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता किरण पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या. गिरीश चन्द्र लाल : तत्कालीन नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः- म निवेदक रविन श्रेष्ठसमेतलाई प्रतिवादी बनाई नेपाल सरकारले मिति २०६९।२।१९ को वारदातमा मलाई मिति २०६९।२।१९ मा नै पक्राउ गरी डाँका उद्योग र हातहतियार खर खरजाना मुद्दाको अभियोग चलाउँदा डाँका उद्योगमा अदालतबाट धरौटीमा र हातहतियार खरखजाना मुद्दामा थुनामा राखी मुद्दा पुर्पक्ष गर्ने गरी आदेश भएको थियो । काठमाडौंं जिल्ला अदालतबाट डाँका उद्योग मुद्दामा भएको आदेशउपर वादी नेपाल सरकारको पुनरावेदन अदालत, पाटनमा अ.व. १७ नं. को निवेदन परी काठमाडौंं जिल्ला अदालतको सो आदेश बदर भई थुनामा राख्ने आदेश भएको रहेछ । तर मलाई डाँका उद्योग मुद्दामा भएको आदेशपश्चात्‌ थुनामुक्त नगरी त्यसपछि थुनछेक भएको हात हतियार खरखजाना मुद्दामा थुनामा राख्ने आदेश भएकोले म थुनामा नै बसी मुद्दाको पुर्पक्ष गरी आएको थिएँ । यसरी म पक्राउ परेको दिनदेखि हालसम्म कुनै पनि दिन थुनाबाट छुटकारा पाएको छैन । काठमाडौंं जिल्ला अदालतबाट उल्लिखित डाँका उद्योग मुद्दामा मलाई तीन वर्ष कैद सजाय र जिल्ला प्रशासन कार्यालय, काठमाडौंंबाट हातहतियार खरखजाना मुद्दामा मलाई तीन वर्ष कैद र रू. ६०,०००/- जरिवाना भएकोमा सोउपर मैले पुनरावेदन गरेको छैन । मलाई तीन वर्ष कैद सजाय हुने ठहर्‍याई भएको काठमाडौंं जिल्ला अदालतको फैसलाको तपसिल खण्डमा बाँकी कैदको असुल लगत कायम गर्न म निवेदक मिति २०६९।२।१९ देखि मिति २०६९।३।१७ सम्म २८ दिन पुर्पक्षमा र मिति २०६९।१०।२२ देखि हालसम्म पुनरावेदन अदालत, पाटनको आदेशानुसार थुनामा रहेको भन्ने अर्थ गरी सोही तपसिल खण्डबमोजिम कैदबापत थुनामा राख्नु पर्ने अवधि मिति २०७२।९।२६ सम्म भनी कैद म्याद ठेकी काठमाडौंं जिल्ला अदालत, तहसील शाखाबाट च.नं.११९० मिति २०७१।७।२५ मा कारागार कार्यालय, जगन्नाथ देवल काठमाडौंंलाई पठाएको रहेछ । उल्लिखित थुना तथा कैद हिसाबबाट म निवेदक अनावश्यकरूपमा गैरकानूनी तवरबाट थुनामा रहनु पर्ने अवस्था उत्पन्न भएको छ । म निवेदक पक्राउ परेको मितिदेखि नै