निर्णय नं. ९६७२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६७२ - कर्तव्य ज्यान भाग: ५८ साल: २०७३ महिना: पौस अंक: ९ फैसला मिति :२०७३/०३/२० २८२५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७३।३।२० ०६९-CR-०६५१ मुद्दाः- कर्तव्य ज्यान । पुनरावेदक / प्रतिवादी : इलाम जिल्ला, गोर्खे गा.वि.स., वडा नं. ४ घर भई केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका दानविक्रम थापासमेत विरूद्ध प्रत्यर्थी / वादी : मिलन राईको जाहेरीले नेपाल सरकार दण्ड सजायको १ नं. अन्तर्गत सजायबाट छुट पाउनका लागि कसुरदार वा प्रतिवादीको मानसिक अवस्था आरोपित आपराधिक कार्य गर्दाको बखत त्यस्तो कार्यको प्रकृति र परिणाम थाहा नपाउने गरी बिग्रेको हुन अनिवार्य हुन्छ । अन्यथा प्रतिवादीलाइ यो प्रावधानअन्तर्गतको सजायमा छुटको सुविधा वा उन्मुक्ति प्राप्त हुन सक्ने नहुने । (प्रकरण नं. ६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता विमला यादव प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्नेः- मा. जिल्ला न्यायाधीश श्री लेखनाथ घिमिरे पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री केशरीराज पण्डित माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल फैसला न्या. गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन दर्ता भई निर्णयार्थ पेस भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ : काठमाडौंं जिल्ला, काठमाडौंं महानगरपालिका, वडा नं. ३५ फूलबारी नगरमार्गमा मिति २०६६।५।४ गते दिउँसो अन्दाजी १४:३० बजेको समयमा सार्वजनिक स्थानमा दानविक्रम थापाले सुमित्रा राईलाई धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाई आफू पनि घाइते भई स्थानीय मानिस र प्रहरीको सहयोगमा दुवैजनालाई तत्कालै उपचारको लागि अस्पताल लगेको घटनास्थलमा रगतजस्तो पदार्थ लागेको छुरी बरामद भएको तथा रगतका टाटाहरू घटनास्थलमा रहेको भन्नेसमेत व्यहोराको घटनास्थल जाँच मुचुल्का । मिति २०६६।५।४ गते दिउँसो अन्दाजी १४:३० बजेको समयमा सार्वजनिक स्थानमा दानविक्रम थापाले सुमित्रा राईलाई धारिलो छुरा प्रहार गरी सख्त घाइते बनाई आफू पनि घाइते भई स्थानीय मानिस र प्रहरीको सहयोगमा दुवैजनालाई तत्कालै उपचारको लागि काठमाडौंं मेडिकल कलेजमा लगिएकोमा मिति २०६६।५।५ गते सुमित्रा राईको उपचारको क्रममा मृत्यु भएको भन्ने व्यहोराको घटनास्थल लास जाँच मुचुल्का । मेरो दिदी सुमीत्रा राईलाई दानबिक्रम थापाले पहिलेदेखि एकोहोरो रूपमा मनपराई मसँग बिहे नगरेमा तलाई पनि मार्छु म पनि मर्छु भन्नेजस्ता धाकधम्की दिँदै कुटपिटसमेत गदै आइरहेकोमा मिति २०६६।५।४गते अन्दाजी दिउँसो१४:३०बजेको समयमा सार्वजनिक स्थानमा दानविक्रम थापाले नियोजित तरिकाले पूर्वयोजना बनाई दिदी सुमीत्रा राईलाई शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाई काठमाडौंं मेडिकल कलेजमा उपचारका क्रममा सोही कारणबाट मृत्यु भएको कारण निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं.अनुसार सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको मिलन राईको जाहेरी दरखास्त । मृतक सुमित्रा राईको धारिलो हतियारले छाती र पेटमा लागेको चोटको कारणबाट मृत्यु भएको भन्नेसमेत व्यहोराको लास पोस्टमार्टम प्रतिवेदन । दानबिक्रम थापाले सुमित्रा राईलाई धारिलो हतियार छुरा प्रहार गरी सख्त घाइते बनाई आफूपनि घाइते भई उपचारको लागि अस्पताल लगेकोमा मिति२०६६।६।५गते निज दानविक्रम थापालाई दाखिल गरेको भन्ने प