निर्णय नं. ९६७३ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६७३ - परमादेश भाग: ५८ साल: २०७३ महिना: पौस अंक: ९ फैसला मिति :२०७३/०१/३० ३७२३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल आदेश मिति : २०७३।०१।३० ०६९-WO-०१५३ मुद्दाः परमादेश । निवेदक : ललितपुर जिल्ला किटनी गाउँ विकास समिति वडा नं. ४ बस्ने शुषमा राई क्षेत्री र रूडल क्षेत्रीको छोरा दिवाकर क्षेत्रीसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंं नागरिकता राज्यले आफ्ना नागरिकहरूको पहिचानको लागि जारी गरिने महत्त्वपूर्ण प्रमाणपत्र हो । नागरिकता व्यक्तिको राष्ट्रियतासँग गाँसिएको विषय हुँदा राज्यले संविधान तथा कानून निर्माण गरी नागरिकता प्राप्त गर्ने आधारहरू तय गरेको हुन्छ । कुनै व्यक्ति कुनै राष्ट्रमा बस्दैमा वा रोजगार, पेसा, व्यवसायमा संलग्न हुँदैमा त्यो राष्ट्रको नागरिक भई हाल्दैन । राज्यको नीतिको अधीनमा रही कानूनले नागरिकता प्राप्त गर्ने खास आधार र प्रक्रियाहरू तय गरेको हुन्छ । यस्ता आधार र प्रक्रियाहरू पूरा गर्ने व्यक्तिलाई नागरिकताको प्रमाणपत्र जारी हुने । (प्रकरण नं. ३) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता मीरा ढुङ्गाना र शुषमा गौतम विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता बालकृष्ण न्यौपाने अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको अन्तरिम संविधान, २०६३ आदेश न्या. जगदीश शर्मा पौडेल : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम दायर हुन आई यसै अदालतको अधिकारक्षेत्र भित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ :- निवेदक संस्था महिला अधिकार एवं मानव अधिकारको लागि अनवरत कार्यरत रही आएको छ । निवेदकलाई प्रस्तुत विषयमा निवेदन गर्ने नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७ बमोजिम हकदैया छ । हामी निवेदकहरू दिवाकर क्षेत्री र प्रभाकर क्षेत्री नागरिकता लिनको लागि गाउँ विकास समितिमा सिफारिस लिन जाँदा सिफारिस दिन इन्कार गरिएका पीडित व्यक्तिहरू हौँ । पिता रूडल क्षेत्री र आमा सुषमा राईको दाम्पत्य सम्बन्धबाट क्रमशः मिति २०३१।५।२२ मा म दिवाकर क्षेत्री र मिति २०३५।४।२५ मा म प्रभाकार क्षेत्रीको जन्म पाटन अस्पतालमा भएको हो । हामीहरूको जन्मपश्चात् हामी निरन्तर ललितपुर जिल्लाअन्तर्गत किटनी गाउँ विकास समिति ४ गोदावरीमा बसोबास गर्दै आइरहेका छौं । हामी नेपाली बाबुआमाको छोराहरू हौं । हाम्रो पिता स्व. रूडल क्षेत्रीको मृत्यु हामीहरू ५ वर्ष र १ वर्ष उमेरका हुँदा मिति २०३६।८।२६ मा भएको थियो । पिताको मृत्युपश्चात् आमाले २०४२ सालमा योगेन्द्र राईसँग दोस्रो विवाह गर्नु भएकोमा हालसम्म पनि योगेन्द्र राई नै हाम्रो संरक्षक रही आउनु भएको छ । पिताको मृत्युपश्चात् वहाँसँग सम्बन्धित सबै कागजातहरू पनि हाम्रो रीत परम्पराबमोजिम जलाइएको थियो भनी हाम्री आमाले हामीलाई जानकारी गराउनु भएकोले पिताको नामबाट नागरिकता लिन असम्भव भएको हुँदा आमाको नामबाट नागरिकता लिन बारम्बार ललितपुर जिल्ला किटनी गाउँ विकास समितिमा सिफारिस लिन जाँदा हामीलाई अत्यन्तै हीनताबोध हुने गरी हाम्री आमालाई यदि छोराहरूलाई नागरिकता दिने विचार थियो भने दोस्रो विवाह किन गरेको भन्ने जस्ता तल्लो स्तरको कुरा गरेको र सोको रेकर्ड साथै पेस गरेका छौं । मिति २०६८।११।२५ मा हामीले अनुसूची १ को फाराम भरी सिफारिस पाउँ भनी उक्त गाउँ विकास समितिमा जाँदा अर्को दिन आउनु भनेका र भोलिपल्टसमेत सो