निर्णय नं. ९६७४ - वैदेशिक रोजगार कसुर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६७४ - वैदेशिक रोजगार कसुर भाग: ५८ साल: २०७३ महिना: पौस अंक: ९ फैसला मिति :२०७३/०४/१९ ५७०२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री दीपककुमार कार्की फैसला मिति : २०७३।०४।१९ मुद्दाः- वैदेशिक रोजगार कसुर । ०७१-CR-०२३६ पुनरावेदक / वादी : कमल गिरीसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला तेह्रथुम, ओयाग्जुङ गाउँ विकास समिति वडा नं. ५ स्थायी ठेगाना भई हाल काठमाडौंं जिल्ला, मनमैंजु गाउँ विकास समिति वडा नं. ८ डेरा गरी बस्ने तुलसीप्रसाद गिरी ०७१-CR-०५८० पुनरावेदक / प्रतिवादी :जिल्ला तेह्रथुम, ओयाग्जुङ गाउँ विकास समिति वडा नं. ५ स्थायी ठेगाना भई हाल काठमाडौंं जिल्ला, मनमैंजु गाउँ विकास समिति वडा नं. ८ डेरा गरी बस्ने तुलसीप्रसाद गिरी विरूद्ध प्रत्यर्थी/वादी : कमल गिरीसमेतको जाहेरीले नेपाल सरकार प्रमाण कानूनले लिखत प्रमाणलाई सर्वोत्तम प्रमाण मान्दछ । त्यसैले लिखतमा उल्लेख भएको कुरा अन्यथा प्रमाणित भएमा बाहेक सोमा उल्लेख भएको कुरालाई भरपर्दो र बस्तुपरक प्रमाणको रूपमा अदालतले ग्रहण गर्नुपर्ने । (प्रकरण नं. ५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता राम घिमिरे अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- माननीय अध्यक्ष श्री मीरा खड्का माननीय सदस्य श्री डा. रवि शर्मा अर्याल वैदेशिक रोजगार न्यायाधीकरण फैसला न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको तथ्य ठहर यसप्रकार छः- विपक्षी तुलसीप्रसाद गिरीले हामी जाहेरवालाहरूलाई वैदेशिक रोजागारीका लागि अफगानिस्तान पठाउने भनी म प्रकाश भारतीबाट रू.३,००,०००।– रूद्रबहादुर थापाबाट रू.२,९५,०००।– र कमल गिरीबाट रू.३,५०,०००।– बुझी लिएको र दुवईसम्म पुर्‍याई अलपत्र अवस्थामा पारी उक्त भने अनुसारको मूलुकमा नपठाई हामीहरूको रकम ठगी गरेकाले हामीहरूको बिगो र हर्जाना दिलाई निज विपक्षीलाई वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको प्रकाश भारतीसमेत जना ३ को संयुक्त उजुरी । विपक्षी तुलसी गिरीले म निवेदकको भाइ गजेन्द्र वि.क.लाई वैदेशिक रोजगारमा पठाउने भनी मिति २०६६।१०।२२ मा रू.३,००,०००।– लिई हालसम्म उक्त मूलुकमा नपठाई रकमसमेत फिर्ता नगरी लुकीछुपी हिड्‌ने गरेकाले निजलाई पक्राउ गरी मेरो बिगो र हर्जानासमेत दिलाई भराई दिई निज विपक्षीलाई वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको विनोद वि.क.को उजुरी । मैले वैदेशिक रोजगारमा अफगानिस्तान पठाउने भनेर जाहेरवाला प्रकाश भारतीसँग रू.३,००,०००।–, रूद्रबहादुर थापासँग रू.३,००,०००।–, गजेन्द्रबहादुर वि.क. बाट रू.३,००,०००।– लिएर झापा जिल्ला दुवागढी गाउँ विकास समिति वडा नं. ९ बस्ने राजकुमार श्रेष्ठलाई दिएको हो । सो पैसा बुझाएको कागज पछि पेस गर्नेछु । जाहेरवालाहरूबाट लिएको रकममध्ये प्रकाश भारतीलाई रू.१,५०,०००।– र रूद्रबहादुर थापालाई रू.१,००,०००।– फिर्ता गरिसकेको छु । सो रकम फिर्ता गरेको कागज पछि पेस गर्नेछु । कागजमा भएको सहिछाप र व्यहोरा मेरो हो । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति लिएको छैन भन्नेसमेत व्यहोराको प्रतिवादी तुलसीप्रसाद गिरीले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान । जाहेरवाला कमल गिरीसँग मेरो चिनजान छैन । निजबाट मैले रू.३,५०,०००।– लिई दुवई पुर्‍याई