निर्णय नं. ९६७५ - कर्तव्य ज्यान र अपहरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६७५ - कर्तव्य ज्यान र अपहरण भाग: ५८ साल: २०७३ महिना: पौस अंक: ९ फैसला मिति :२०७३/०२/२४ ४०६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७३।२।२४ ०६९-CR-०४६१ मुद्दा : कर्तव्य ज्यान र अपहरण पुनरावेदक / वादी : पन्नालाल साह सोनारको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला पर्सा वैरिया विर्ता गा.वि.स. वडा नं. ९ बस्ने विकाउ भन्ने रामस्वरूप मुखिया विनसमेत ०६९-CR-०४३२ पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा वैरियाविर्ता गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार कार्यालय, पर्सामा थुनामा रहेका विकाउ भन्ने रामस्वरूप मुखिया विनसमेत विरूद्ध प्रत्यर्थी / वादी : पन्नालाल साह सोनारको जाहेरीले नेपाल सरकार प्रहरी आफैँले वा जबरजस्ती गरी लेखाएको बयानमा घटनाको वस्तुस्थितिसँग मेल खाने किसिमले घटनाको सिलसिलेवार चित्रण पनि हुन सक्दैन र त्यस्तो बयान अन्य मौकामा कागज गर्ने व्यक्तिहरूको भनाइसँग पनि हुबहु नमिल्न सक्छ । यसरी घटनाको वस्तुस्थिति तथा परिवेशसँग र मौकामा कागज गर्नेहरूको भनाइसँग मेल खाने गरी आप्नो स्वेच्छाले गरेको मौकाको बयानलाई अन्यथा पुष्टि नभएसम्म अदालतमा इन्कार गरेकै आधारमा असत्य भन्न नमिल्ने । (प्रकरण नं.५) वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूले मौकामा कागज गर्दा यी प्रतिवादीहरूको वारदातमा संलग्नता रहेको भनी लेखाएकोमा अदालतमा बकपत्र गर्दा मौकाको बकपत्र आफूले लेखाएको नभई लेखेर ल्याएकोमा सही गराएको भने तापनि सो कुराको पुष्टि गर्न नसकेकोले सो भनाइलाई विश्वासयोग्य मान्न सकिँदैन । अनुसन्धानका क्रममा तयार भएका तथा संग्रहित मिसिल संलग्न प्रमाणहरू एक आपसमा समर्थित भई वारदातलाई र वारदातमा प्रतिवादीहरूको संलग्नताका सम्बन्धमा पुष्टि गरिराखेको अवस्थामा मौकामा संकलित प्रमाणहरूलाई अन्यथा मानी प्रमाणमा अग्राह्य गर्न नसकिने । कुनै काम, घटना वा अवस्था प्रत्यक्षरूपमा देख्ने वा थाहा पाउने व्यक्ति वा सो काम, घटना वा अवस्थाबाट पीडित भएको व्यक्तिले कुनै काम वा घटनाका सम्बन्धमा मौकामा वा त्यसको तत्काल अघि वा पछि व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ भन्ने व्यवस्था प्रमाण ऐन, २०३१ को दफा १० मा भएअनुसार पनि घटनाका पीडित र प्रत्यक्षदर्शी दुवै रहेका यी पीडितहरूको मौकाको भनाइलाई अदालतमा आइ बकपत्र नगरेको आधारमा मात्र प्रमाणमा लिन नमिल्ने भन्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : उपन्यायाधिवक्ता ज्ञानप्रसाद भुसाल प्रत्यर्थी / वादीका तर्फबाट : रामप्रसाद अर्याल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहबाट फैसला गर्नेः- मा.जि.न्या. श्री कृष्णकमल अधिकारी पुनरावेदन तहबाट फैसला गर्ने :- मा.न्या. श्री आनन्दमोहन भट्टराई मा.न्या. श्री शारङ्गा सुवेदी फैसला न्या.देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र भई दुवै पक्षबाट पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । मिति २०६५।५।२० गते राति ८।२० बजेको समयमा हतियारधारी व्यक्तिहरूले जिल्ला पर्सा उदयपुर धुर्मी गा.वि.स. वडा नं. २ बस्ने पन्नालाल साह सोनारलाई अपहरण गरी लग्दा अपहरणकारीहरूको प्रतिकारमा आएका घर परिवारलाई गोली हानी घाइते बनाई भागी फरार भएको भन्ने सूचनाअनुसार तत्काल खटी जाँदा निज पन्नालालको श्रीमती देवमती देवी, छोरा सुरेन्द्र साह, दिपेन्द