निर्णय नं. ९६७६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६७६ - कर्तव्य ज्यान भाग: ५८ साल: २०७३ महिना: पौस अंक: ९ फैसला मिति :२०७३/०२/२४ ४८८५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति: २०७३।२।२४ मुद्दा : कर्तव्य ज्यान । ०६८-CR-१०९० पुनरावेदक/वादी : नरेन्द्र ओडको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला कञ्चनपुर भीमदत्त न. पा. वडा नं. १० बस्ने वीरबहादुर लुहारसमेत ०७१-RC-००४८ पुनरावेदक/वादी : नरेन्द्र ओडको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला कञ्चनपुर भीमदत्त न. पा. वडा नं. १० बस्ने दिपक विष्ट प्रतिवादीहरूसमेत उपर किटानी जाहेरी परे तापनि उक्त जाहेरी जाहेरवालाको बकपत्रबाट नै खण्डित भइरहेको अवस्थामा जाहेरी व्यहोरा केवल आवेशमा आई शंकाका भरमा मात्र दिएको प्रस्ट हुन्छ । त्यसमा पनि जाहेरी आफैँमा प्रमाण हुन सक्दैन । यो घटना भएको, घटनाको सम्भावना रहेको जस्ता अवस्थामा प्रारम्भिकरूपमा सूचित गर्ने (First Information Report) का रूपमा मात्र दिइने हो जसलाई सत्य नै हुन्छ भनी भन्न सकिँदैन । यी प्रतिवादीको समेतको संलग्नता रहेको भनी दिएको जाहेरी अन्य कुनै प्रमाणबाट पुष्टि नभएको र स्वयम् जाहेरवालाको बकपत्रबाट समेत समर्थित नभएको अवस्थामा यसको प्रामाणिक मूल्य रहेको मान्न नसकिने । (प्रकरण नं. ४) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता किरण पौडेल प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहबाट फैसला गर्नेः- मा.जि.न्या. श्री भोजराज शर्मा पुनरावेदन तहबाट फैसला गर्ने :- मा.मु.न्या. श्री दुर्गाप्रसाद उप्रेती मा.न्या. श्री कोमलनाथ शर्मा फैसला न्या. देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) र १० (२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । मिति २०६७।८।२४ गते बेलुका मृतक बुबा व्रम्हदेवतर्फ गइरहेको अवस्थामा जिल्ला कञ्चनपुर, भीमदत्त नगरपालिका, वडा नं. १० ठूलो खोला भन्ने ठाउँमा पुग्दा प्रतिवादी दिपक विष्ट, वीरबहादुर लुहार, धनबहादुर विष्टसमेतका जना ३ ले कुटपिट गरी मेरो बुबा मृतक नारायण ओडको घटनास्थलमा नै मृत्यु भएकोले निजहरूलाई कानूनबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको मृतकका छोरा नरेन्द्र ओडले दिएको जाहेरी दरखास्त । जिल्ला कञ्चनपुर, भीमदत्त नगरपालिका, वडा नं. १० ठूलो खोला भन्ने ठाउँमा चार किल्ला खुलाइएको मृतक नारायण ओडको मृत लासको वरिपरि ढुंगाहरूमा रगत जस्तो पदार्थका छिटाहरू रहेको दायाँ आखाँ फुटी रगत निस्किरहेको भन्नेसमेत व्यहोराको घटनास्थल लास जाँच मुचुल्का । मिति २०६७।८।२४ गते म राति सुतेको अवस्थामा उठाई दिपक विष्टको टाउकोमा चोट लागेको छ । अस्पताल पुर्याई दिनु पर्यो भनी भन्दा दिपक र धनबहादुरलाई मैले मोटरसाइकलमा अस्पताल पुर्याएको हुँ । सोपश्चात् मात्र दिपकको झगडाको बारेमा थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको मोहन लुहारले गरिदिएको घटनास्थल विवरण कागज । मिति २०६७।८।२४ गते हामी जोगबुढातर्फ जान लाग्दा धनबहादुर र वीरबहादुरले मादक पदार्थ सेवन गरेका थिए । सोही समयमा तिलाचौरबाट व्रम्हदेवतर्फ गइरहेका व्यक्तिहरूलाई को हो भन्दा निजहरूसँग विवाद भई निजहरूमध्ये कोही १ जनाले मलाई ढुंगाले हान्दा मैले पनि ढुंगा प्रहार गर्दा मृतकलाई लागेको हो । सोपछि म उपचारको लागि अस्पताल गएको हुँ । मैले प्रहा