निर्णय नं. ४३०३ - कीर्ते

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३०३ - कीर्ते भाग: ३३ साल: २०४८ महिना: असोज अंक: ६ फैसला मिति :२०४८/०६/०३ ३०२७ निर्णय नं. ४३०३ ने.का.प. २०४८ अङ्क ६ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको फौ.पू.इ.नं. १९ फैसला भएको मिति: २०४८।६।३।५ मा निवेदक/प्रतिवादी : तनहुँ जिल्ला अरुणोदय गा.वि.स. वडा नं. ५ किंहु खोरिक बस्ने बद्रीप्रसाद सिग्देल विरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मुद्दा : कीर्ते (१) अनुमानको आधारमा मात्र प्रतिवादीलाई कसूरदार ठहर्‍याई सजायँ गर्न न्यायसंगत नदेखिँदा विवादास्पद प्याड र छाप सद्दे हो वा होइन भन्ने कुराको यथार्थता प्रमाणको आधारमा यकीन नगरिएकोले सहअभियुक्तको पोलको आधारमा मात्र निवेदक प्रतिवादीले आरोपित अपराध गरेको शंका गरी निजलाई कसूरदार ठहर्‍याउन मिल्ने नदेखिने, शंकाको लाभ अभियुक्तले पाउने । (प्रकरण नं. ३२) निवेदक, प्रतिवादीतर्फबाट : विद्वान व.अ. श्री मुकुन्द रेग्मी, विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त (साविक पेज नं. २५५) विपक्षी, वादीतर्फबाट : विद्वान का.मु.मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला प्र.न्या.विश्वनाथ उपाध्याय १. श्री ५ महाराजाधिराजका हजूरमा यस सर्वोच्च अदालत संयुक्तइजलासबाट मिति २०४३।२।२६ मा भएको फैसला दोहर्‍याई पाउँ भनी निवेदक प्रतिवादी बद्रीप्रसाद सिग्देलले न्यायिक समिति मार्फत चढाएको निवेदनपत्र र सो सम्बन्धमा न्यायिक समितिद्वारा चढाई पठाएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधान, २०१९ को धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्‍याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालय राजदरबारबाट मिति २०४५।४।७ मा लेखी आए बमोजिम यस सर्वोच्च अदालतको पूर्णइजलास लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. बगनाहा गा.प.वा.नं. ३ बस्ने मोतिराम थारु, लोटन थारु र चंगु भन्ने चुन्नु थारु समेत जना ३ ले ०२३ सालमा मोहीको हैसियतले प्राप्त गरेको जग्गा ०२८ सालमा किस्ता चुक्ता नगरेबाट निजहरुबाट जफत भई गएको बगनाहा गा.पं.वा.नं. ३ को कि.नं. २, ९५, ७, १०८, १०७ र १०९ को जग्गा जम्मा बिगहा ९–११–५ जग्गाको यस कार्यालयका हाकिम, ना.सु. र मुखिया समेतको दस्तखत, कार्यालयको छाप कीर्ते गरी सिफारिशपत्र थान ३ तयार गरी मोति थारुबाट रु. ५,३३५।– लिनु खानु गरेकाले लेखनदास काम गर्ने गोपालसिंह धमालले नै हो भन्ने कुरा प्रष्ट बुझिएकोले निज गोपालसिंह धमाललाई कीर्ते जालसाजीको महल बमोजिम कारवाही गरी दिनु भन्ने व्यहोराको जि.का.भू.सु. शाखाको ०३७।१०।२९ को पत्र । ३. च.नं. ३२७, ३३८, ३२९ को पत्रहरु हाम्रो कार्यालयबाट दर्ता र चलानी कुनै नभए नगरेको लौटन थारु, चंगु थारु, मोति थारु समेत ३ जनाको ज.ध.प्रमाण पूर्जा पाउँ भनी दर्खास्त नपरेको, मोती थारु समेत ३ जनाले यस कार्यालयमा निवेदन समेत नदिएको हुँदा पैड र छाप कार्यालयको नभएको, भू.सु.अ., ना.सु.भन्ने स्ट्याम्प पनि यस कार्यालयको नभएको, दर्ता चलानी फाँट त्यस बखत मु. बद्रीप्रसादकोमा रहन गएको । भूमिसुधार अधिकारी ना.सु. भन्ने छाप लागेको नमूना पत्र र गोपालसिंह धमालको हस्ताक्षरबाट लेखिएका यस कार्यालयको द.नं. १२१०, १२१२, १२१३ र १२१८ को निवेदन थान ४ यसै साथ पठाएको छ । माघ २५, २६ र २७ गते दिन ३ बिदा परेको र निजहरुलाई बुझी माघ २९ गते त्यहाँ पठाएको भन