निर्णय नं. ९६७७ - मानव बेचबिखन ओसारपसार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६७७ - मानव बेचबिखन ओसारपसार भाग: ५८ साल: २०७३ महिना: पौस अंक: ९ फैसला मिति :२०७३/०२/२४ ३८३१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७३।२।२४ मुद्दा : मानव बेचबिखन ओसारपसार । ०६८-CR-१२०३ पुनरावेदक / प्रतिवादी : धनमाया नागवंशीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला झापा, चन्द्रगढी गा.वि.स. वडा नं. ४ घोडामारा घर भई हाल जिल्ला कारागार भद्रपुर झापामा थुनामा बस्ने सोमबहादुर तामाङ ०६८-CR-१२२५ प्रत्यर्थी / वादी: जिल्ला झापा, चन्द्रगढी गा.वि.स. वडा नं. ४ घोडामारा घर भई हाल जिल्ला कारागार भद्रपुर झापामा थुनामा बस्ने सोमबहादुर तामाङ विरूद्ध पुनरावेदक / प्रतिवादी : धनमाया नागवंशीको जाहेरीले नेपाल सरकार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ हेर्दा यस ऐनको दफा ३ ले मानव बेचबिखन र ओसार पसार गर्नु गराउनु हुँदैन भनी मानव बेचबिखन र ओसार पसार गर्ने कार्यलाई आपराधिकीकरण (Criminalization) गरेको पाइन्छ भने सोही ऐनको दफा ४(१) मा मानव बेचबिखन गरेको मानिने कार्य तोकिएको र दफा ४(२) मा मानव औसार पसार गरेको मानिने कार्यसमेत अलग अलग गरी तोकिदिएको अवस्था छ । त्यस्तै दुवैमा फरक फरक सजाय हुने पनि दफा १५ मा व्यवस्था छ । यसरी कस्तो कार्यबाट मानव ओसार पसार हुने र के कस्तोबाट बेचबिखन हुने भनी कानूनले अलग अलग गरी तोकिदिएबाट मानब बेचबिखन र मानव ओसारपसारलाई दुई भिन्न आपराधिक कार्यका रूपमा राखिएको प्रस्ट हुन्छ । यी दुवै अलग आपराधिक कार्य भएकाले यी दुवैको छुट्टै अस्तित्व हुन जान्छ । प्रायः सँगसँगै यी दुवै अपराध हुने भएपनि एकको अभावमा अर्को नहुने परिपुरक भने होइनन् । ओसारपसारको उद्देश्यमा रूपमा किन्ने वा वेच्ने वा वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने नै ऐनले राखेको भएपनि सबै अवस्थामा त्यो उद्देश्य पूरा भई किन्ने बेच्ने वा वेश्यावृत्तिमा लगाएकोनै भन्न सकिँदैन तापनि सो उद्देश्यले लगेमा ओसार पसार भने गरेको नै मानिने । प्रस्तुत वारदातमा पनि प्रतिवादीले बेचिबखन गर्ने उद्देश्यले नै पीडितलाई भारत लगेको र बेच्न नपाउँदै भारतमा अलपत्र छोडेकोमा निज पीडितमाथि यौन शोषण भएको पुष्टि भएपनि बेचबिखन गरिसकेको भने मिसिलबाट पुष्टि हुन सक्दैन । यस्तो पीडितलाई भारतसम्म पुर्‍याई चरम यौन शोषणसमेत भएको पुष्टि भइरहेको अवस्थामा अभियोग मागदाबीबमोजिम सजाय गर्ने गरेको सुरू फैसला सदर गर्नु पर्नेमा सो नगरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएको भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं.१०) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता रमा पराजुली अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहबाट फैसला गर्नेः- मा.जि.न्या. श्री शम्भुराम कार्की पुनरावेदन तहबाट फैसला गर्ने :- मा.न्या. श्री हरिप्रसाद घिमिरे मा.न्या. श्री उदयप्रकाश चापागाई फैसला न्या. देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । जिल्ला झापा भद्रपुर न.पा.–४ बस्ने सुरेश नागवंशीकी श्रीमती वर्ष २४ की धनमाया नागवंशीलाई मिति २०६७।१।३१ गते विवाह गरी सोमबहादुर तामाङले भारतमा काम गरी बस्ने भनी भारतको पूरानो दिल्लीस्थित चाँदनी चोकमा लगी बेचेको