निर्णय नं. ९६८० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६८० - उत्प्रेषण भाग: ५८ साल: २०७३ महिना: पौस अंक: ९ फैसला मिति :२०७३/०७/०४ २६५८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति: २०७३।७।४ ०७१-WO-०६१९ विषय:- उत्प्रेषण निवेदक : जिल्ला धनुषा लोहाना गा.वि.स. वडा नं. ७ बस्ने दुलारी देवी विरूद्ध विपक्षी : सम्पत्ति शुद्धीकरण विभाग केशरमहल, काठमाडौंंसमेत गैरकानूनी तवरले ठूलो परिमाणमा चल अचल सम्पत्ति आर्जन गरेको भनी उजुर परी सो उजुरीउपर अनुसन्धान भइरहेको अवस्थामा अनुसन्धानबाट जे निष्कर्ष निस्कन्छ सोहीबमोजिम हुने नै हुँदा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको काम कारवाहीलाई असर पर्ने गरी रिट क्षेत्रबाट बोल्न नमिल्ने हुँदा रिट निवेदन खारेज हुने । (प्रकरण नं. ४) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता अरूणकुमार ज्ञवाली विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिना अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या. दीपककुमार कार्की : नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२,१०७(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार रहेको छः- म निवेदकको नाममा मेरा पिता पुर्खा एवं पौरखबाट प्राप्त सम्पत्ति रहेको छ । मैले आफ्नो जग्गा बैङ्कमा धितो राखी केही रकम कर्जा लिनु पर्ने भई जग्गाको अवस्था बुझ्ने खोज्ने क्रममा मेरो जग्गा जमिन विपक्षी केन्द्रीय अनुसन्धान ब्युरोको मिति २०७१।४।२७ च.नं. २९८ को पत्रबाट मेरोसमेत नाममा रहेका जग्गा जमिनहरूको विवरण खुलाई रोक्का राखी सोको जानकारी विपक्षी ब्युरोमा गराउन विपक्षी मालपोत कार्यालयलाई पत्राचार भएको रहेछ । विपक्षी मालपोत कार्यालय, धनुषाअन्तर्गत जनकपुर न.पा. वडा नं. २ को कित्ता नं. २१ ज.वि. ०-१-०, ऐ. वडा नं. ४ को कित्ता नं. ७० ज.वि. ०-१-०-२.५, ऐ. वडा नं. ४ कित्ता नं. ७१ को ज.वि. ०-३-३-२.५, ऐ. वडा नं. ४ कि.नं. ७२ ज.वि. ०-०-६ र भरतपुर गा.वि.स. वडा नं. ४(घ) कि.नं. १००० ज.वि. ०-१५-१८-८ जग्गा रहेको अवस्थामा विपक्षी ब्युरोको पत्रको आधारमा मेरो सम्पूर्ण जाय जेथालाई रोक्का राख्ने आदेश भएको रोक्का राखिएको जानकारी पाएँ । मैले विपक्षी केन्द्रीय अनुसन्धान ब्युरोको पत्रको प्रतिलिपि अनौपचारिक रूपमा पाई अध्ययन गर्दा निम्न व्यहोराको उल्लेख गरी मेरोसमेत जग्गा रोक्का गरिएको रहेछ । "सम्पत्ति शुद्धीकरण विभाग केशरमहल, काठमाडौंंमा दर्ता भएको सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको उजुरीको सम्बन्धमा यस ब्युरोबाट सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०६४ बमोजिम अनुसन्धान भइरहेकोले उक्त सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानमा कसैलाई कुनै प्रकारले हक हस्तान्त्रण गर्न, धितो बन्धक राख्न नपाउने गरी सम्पत्ति शुद्धीकरण विभाग वा अदालतको आदेश नभएसम्म उपर्युक्त सम्पत्ति रोक्का राख्नु" विपक्षी अनुसन्धान अधिकृत केन्द्रीय अनुसन्धान ब्युरो पिलर नं. २ का प्रहरी नायव उपरीक्षकलाई विपक्षी सम्पत्ति शुद्धीकरण विभागबाट अनुसन्धान अधिकृत तोकिएको र सो विभागको अधिकार प्रयोग गरी विपक्षी अनुसन्धान अधिकृतले मेरो सम्पत्ति मलाई कुनै जानकारीसम्म पनि नदिई रोक्का गर्नुभएको रहेछ भन्ने उपर्युक्त पत्रबाट बुझियो । विपक्षीहरूले मेरो सम्पत्ति रोक्का गर्न सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०६४ को नियम २५(१) सँग सम्बन्धित अनुसूची १३ बमोजिम मेरो सम्पत्ति रोक्का गरेको पाइयो । उपर्युक्त अनुसूची १३ मा "यस विभाग वा अदालत