निर्णय नं. ९६८२ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६८२ - उत्प्रेषण / परमादेश भाग: ५८ साल: २०७३ महिना: पौस अंक: ९ फैसला मिति :२०७३/०५/२१ ४७६४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा आदेश मिति : २०७३।५।२१ ०७१-WO-१०२४ मुद्दा : उत्प्रेषण / परमादेश निवेदक : स्व. राधिका शरण पौडेलको श्रीमती साबिक कास्की जिल्ला हेमजा गाउँ विकास समिति वडा नं. ८ हाल बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं. १ जिल्ला विकास समिति रोड घर भई जिल्ला स्वास्थ्य कार्यालय बर्दियाबाट लेखापाल पदबाट अवकाश प्राप्त शारदा देवी पौडेल विरूद्ध विपक्षी : नेपाल सरकार, सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौंंसमेत निजामती सेवा ऐन, २०४९ को दफा ३३ को उपदफा ३ बमोजिम अनिवार्य अवकाशको गणनाको प्रयोजनको लागि कर्मचारीको उमेर सेवामा प्रवेश गर्दा निजले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर वा नागरिकताको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर वा निजले भरेको वैयक्तिक विवरणमा लेखिदिएको जन्ममिति वा वर्षबाट हुन आएको उमेरमध्ये जुन उमेरबाट निज पहिले अवकाश हुन्छ सोही आधारमा गणना गरिने कानूनी व्यवस्था भएको देखिन्छ । उपर्युक्त कानूनी व्यवस्थाले प्रस्ट तथा द्विविधारहित व्यवस्था गरेको छ । यस्तो अवस्थामा कानूनी व्यवस्थाको स्पष्ट प्रावधानको स्थानमा व्याख्याको गुन्जायस रहँदैन । उल्लिखित कागजात, प्रमाणपत्रहरू मध्ये जुन कागजमा उल्लिखित जन्म मितिको आधारमा पहिले अवकाश हुन्छ सोही मितिबाट कर्मचारीको अनिवार्य अवकाश हुने निर्विवाद हुने । (प्रकरण नं. ३) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता राजेन्द्र शर्मा विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता रेवती त्रिपाठी अवलम्बित नजिर : नेकाप २०७०, अङ्क ४, नि.नं.९००० सम्बद्ध कानून : निजामती सेवा ऐन, २०४९ आदेश न्या. हरिकृष्ण कार्की : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७ (२) बमोजिम दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ:- म निवेदक लोक सेवा आयोग, मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, सुर्खेतको मिति २०३९।१।१० गतेको सिफारिस पत्रले बर्दिया जिल्ला अदालतमा रा.प.अ. द्वितीय श्रेणी सहलेखापाल पदमा स्थायी नियुक्ति पाई लेखापाल (विशेष) पदमा मिति २०६४।१०।१ मा बढुवा भएकी र मिति २०७०।१।२७ मा लेखापाल (विशेष) राजपत्र अनंकित प्रथम श्रेणी नेपाल प्रशासन समूह, लेखापाल समूहबाट लेखापाल, राजपत्र अनंकित प्रथम श्रेणी नेपाल प्रशासन समूह, लेखा समूहमा समायोजन गरी पदस्थापन भई कार्यरत रहेकी थिएँ । मेरो सुरू नियुक्ति लिँदाकै बखतदेखि निजामती कर्मचारीको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल) मा उल्लिखित जन्ममिति वि.सं. २०१४।१।२ गते उल्लेख हुनुका साथै सोही मिति आधिकारीक जन्ममितिको रूपमा कायम भएको हो । मेरो शैक्षिक योग्यता (हाई स्कुल उत्तीर्ण प्रमाणपत्र) मा मेरो जन्म सन् १९५७ अप्रिल उल्लेख भएको र सोलाई नेपाली विक्रम संवत्मा रूपान्तरण गर्दा २०१४ साल वैशाख महिना नै हुन आउँछ । सो जन्ममितिका आधारमा निजामती सेवा ऐन, २०४९ को २४घ१, ३३(१) बमोजिम मेरो अवकाश प्राप्त गर्ने उमेर हद ५८ वर्ष पूरा हुने र अनिवार्य अवकाश प्राप्त गर्ने मिति २०७२।१।२ देखिन्छ । यसैलाई उमेर हदको आधार मानी मैले नियमितरूपमा काम गर्दै आएँ र काम गर्ने क्रममा निजामती किताबखानाले मलाई अवकाश प्राप्त गर्ने मिति परिवर्तन हुनेबारे काम गरिरहेका बखत कुनै जनाउ वा परि