निर्णय नं. ९६८४ - मानव बेचबिखन तथा ओसारपसार जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६८४ - मानव बेचबिखन तथा ओसारपसार जबरजस्ती करणी भाग: ५८ साल: २०७३ महिना: पौस अंक: ९ फैसला मिति :२०७३/०५/१६ १३२०८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भर प्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७३।५।१६ मुद्दा:- मानव बेचबिखन तथा ओसारपसार जबरजस्ती करणी । ०७०-CR-०५२४ पुनरावेदक / प्रतिवादी : जिल्ला संखुवासभा मत्स्यपोखरी गा.वि.स. वडा नं. ४ बस्ने घर भई हाल कारागार कार्यालय संखुवासभामा थुनामा बस्ने लाक्पा शेर्पा विरूद्ध विपक्षी/वादी : परिवर्तित उपनाम यमूना राईको जाहेरीले वादी नेपाल सरकार ०७०-CR-०८९४ विपक्षी/वादी : परिवर्तित उपनाम यमूना राईको जाहेरीले वादी नेपाल सरकार विरूद्ध पुनरावेदक/प्रतिवादी : जिल्ला संखुवासभा मत्स्यपोखरी गा.वि.स. वडा नं. ४ बस्ने घर भई हाल कारागार कार्यालय संखुवासभामा थुनामा बस्ने लाक्पा शेर्पासमेत कुनै महिलाले नाम, थर, लिङ्ग, हुलिया, ढाँटी धोका दिई नक्कली लोग्ने मानिस भएको अनुभूति दिलाई नक्कली लिङ्ग प्रयोग गरी कसैलाई जबरजस्ती करणी गर्छ भने उसलाई महिला भएकै कारणले उन्मुक्ति दिनु न्यायोचित हुन नसक्ने । (प्रकरण न. ९) अदालतले कानूनको व्याख्या गर्दा अपराधको प्रकृतिमा आएको परिवर्तनलाई समेत दृष्टिगत गर्नुपर्छ । यस अवस्थामा कृत्रिम लिङ्गको प्रयोग गरी महिलाले अर्को महिलालाई जबरजस्ती करणी गर्न सक्दैन भन्ने निष्कर्ष निकाली कसैलाई उन्मुक्ति दिनु न्यायोचित हुन सक्दैन । एउटा महिलाले अर्को महिलालाई sexual object को प्रयोग गरी जबरजस्ती करणी गर्न सक्ने नै देखिन्छ । महिलाले महिलालाई जबरजस्ती करणी गर्नमा मानसिक‚ मनोवैज्ञानिक तथा सामाजिक कारणहरू रहेका हुन सक्छन् । जस्तो कुनै व्यक्ति शारीरिकरूपमा महिला भए तापनि मानसिक र मनोवैज्ञानिकरूपमा महिलाप्रति नै आकर्षित हुन सक्छ र आफ्नो मनोवैज्ञानिक सन्तुष्टिको लागि महिला माथि जबरजस्ती करणी गर्न सक्छ । त्यसै गरी कोही व्यक्तिले यौन रोमान्चकताको लागिसमेत यस प्रकारको कार्य गर्न सक्छ भने सामाजिक परिवेश र सम्बन्धको कारणले पनि मानिसमा यस प्रकारको मानसिकताको विकास भएको हुन सक्छ । यस्तो सम्बन्ध वा अनुभूतिभित्र पनि असहमति वा जबरजस्ती करणी हुन सक्छ । जसलाई कानूनको परिधिभित्र ल्याउनु आवश्यक हुने । (प्रकरण न. १३) सुरू तहमा फैसला गर्नेः- मा.जिल्ला न्या. श्री शालिग्राम कोइराला पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री शम्भुबहादुर खड्का माननीय न्यायाधीश श्री बिदुर बिक्रम थापा पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय दीपक राई र दिपेन्द्रकुमार राई विपक्षी/वादीका तर्फबाट : िवद्वान् उपन्यायाधिवक्ता दशरथ पंगेनी अवलम्बित नजिर : नेकाप २०६७, नि.नं.८४६६, पृ.१५८८ सम्बद्ध कानून : मानव बेचबिखत तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ फैसला न्या. सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । मेरो प्रतिवादी लाक्पा शेर्पासँग फोनबाट चिनजान भएको हो र सो क्रममा निजले म अजय जिमी हुँ, घर उर्लाबारीमा पर्छ, म ड्राइभिङ्ग पेसा गर्छु भनी बताएको हुँदा मैले पनि आफ्नो सत्य परिचय दिएँ । यस्तै क्रममा कहिले निजले गर्ने कहिले मैले फोन गर्ने क्रम बढ्दै जाँदा देखभेट नभएपनि हामी दुवैजनाबीच प्रेम सम्बन्ध भई विवाह गर्नेसम्मका कुराहरू भएपछि म लिन आउँछु भनेकाले मैले पनि हुन्छ भनी बो