निर्णय नं. ९६८८ - गुठी धर्मलोप, गुठी कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६८८ - गुठी धर्मलोप, गुठी कायम भाग: ५८ साल: २०७३ महिना: माघ अंक: १० फैसला मिति :२०७३/०६/०६ ४३६३ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री विश्वम्भर प्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७३।६।६ ०६९-NF-००१२ मुद्दा : गुठी धर्मलोप, गुठी कायम निवेदक/वादी : काठमाडौंं जिल्ला काठमाडौंं महानगरपालिका वडा नं. २० बस्ने योग्यरत्न ताम्राकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : ऐ.ऐ. बस्ने पुण्यरत्न ताम्राकारसमेत वस्तुतः विवादित कि.नं. १८७ को जग्गाको प्रकृति (गुठी र रैकर) के हो भन्ने प्रमाणबाट विवेचना नै नगरी प्रथम दृष्टिमा नै कुन हदम्याद आकर्षित हुने भनी पूर्वअनुमान गर्न मिल्दैन । अर्थात्‌ गुठी वा रैकर के रहेछ भनी जाँचबुझ प्रमाण मूल्याङ्कन नै नभई प्रारम्भिकरूपमा नै हदम्यादको प्रश्न हेर्न मिल्ने यो मुद्दाको तथ्यबाट देखिन नआउने । (प्रकरण नं. ५) मुलुकी ऐन, गुठीको महलको ३(२) को कानूनी व्यवस्थाबाट गुठीको घर जग्गा बेचबिखन दान दातब्यसमेत केही गरी दिन र गुठीको दानपत्र शिलापत्रसमेतको लिखतबमोजिमको काम नचलाई धर्मलोप गर्न हुँदैन भनी स्पष्ट कानूनी व्यवस्था गरेको पाइयो । पिता पुर्खाले गुठीमा राखेको जग्गा प्रतिवादी पुण्यरत्नले रैकर भनी आफ्नो नाउँमा दर्ता गरी आफ्नै श्रीमती तथा भाइलाई हक हस्तान्तरणसमेत गरेको देखिन्छ । सो गुठी दानपत्र शिलापत्रसमेतको लिखत गरी राखेको देखिँदैन । “धर्मलोप गरेको" भन्ने देखिन आएको अवस्थामा गुठीको महलको १६ नं. को हदम्यादसम्बन्धी खुला (Open Space) व्यवस्था नै आकर्षित हुने भई धर्मलोप गरेको अवस्थामा जहिले सुकै हकदारले नालिस दिन सक्ने गरी हदम्यादको अवधारणालाई नियन्त्रण गरेको भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ३२) गुठी जस्तो मौलिक पहिचान भएको संस्कृति परम्परा सभ्यतालाई नै लोप गर्ने कार्यको लागि नियन्त्रित हदम्यादको व्यवस्था नराख्ने विधायिकी मनसाय रहेको स्पष्ट छ । त्यसैले प्रस्तुत फिराद गुठीको १६ नं. को हदम्यादभित्र रहेको पाइने । (प्रकरण नं. ३३) निजी गुठीको जग्गा प्रतिवादीले एकलौटी दर्ता गराएको सो दर्ता तथा सो दर्ताको आधारमा प्रतिवादी तारादेवी र केशरत्नको नाउँमा हस्तान्तरण भई गएको लिखत दर्तासमेत बदर भई वादीको समेत हक रहने गरी सो हदसम्मको जग्गाको निजी गुठी कायम गर्नुपर्ने देखिन आएको छ । मुलुकी ऐन, गुठीको ३(२) नं. मा घर गुठी राखेकोमा धर्मलोप गर्नेले पनि शेष बाँकी ऐनबमोजिम बन्डा गरी खान पाउने हुँदा र प्रतिवादी पुण्यरत्नले आफ्नो नाउँमा दर्ता गरी आफ्नै श्रीमती, भाइलाई सम्म हस्तान्तरण गरेको अंशियारबाहेक अन्यत्र जग्गा दिएको नदेखिई प्रतिवादीमध्ये पुण्यरत्नले धर्मलोप गरेको देखिए पनि शेष बाँकी बन्डा गरी खान पाउने । (प्रकरण नं. ३६) निवेदक वादीको तर्फबाट : विद्वान्‌‌ वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता इश्वरीप्रसाद भट्टराई विपक्षीका तर्फबाट : विद्वान्‌‌ अधिवक्ता हिरा रेग्मी र मनुबहादुर गुरूङ अवलम्बित नजिर : नेकाप २०४३, अंक ९, नि.नं.२८५६ नेकाप २०५२, अंक १, नि.नं.५०३७ सम्बद्ध कानून : गुठीको महलको ३, ४ र १६ नं. पुनरावेदनमा फैसला गर्ने : मा.न्या. श्री अली अकवर मिकरानी मा.न्या. श्री हरिबहादुर बस्नेत सर्वोच्च अदालतमा फैसला गर्ने : मा.न्या. श्री ताहिर अली अन्सारी मा.न्या. श्री भरतराज उप्रेती फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा १ को खण्ड (ख) बमोजि