निर्णय नं. ९६९० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६९० - उत्प्रेषण भाग: ५८ साल: २०७३ महिना: माघ अंक: १० फैसला मिति :२०७२/१२/२२ ३०९० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७२।१२।२२ ०६७-WO-११२४ विषय : उत्प्रेषण निवेदक : बारा जिल्ला, अमृतगंज गा.वि.स. वडा नं. ८ बस्ने प्रदिपकुमार प्रसाद साह कलवार विरूद्ध विपक्षी : बारा जिल्ला, विसुनपुर गा.वि.स. वडा नं. ३ बस्ने रामभजन राय यादवसमेत वस्तुतः आफू विरूद्धको फैसलाको जानकारी प्राप्त गर्ने वा त्यस्तो फैसलाउपर चित्त नबुझेमा पुनरावेदन गर्न पाउने कानूनी हक मुद्दाका पक्षहरूमा निहित रहेको हुन्छ । कानूनद्वारा प्रदत्त अधिकारको उपयोग गर्नबाट कसैलाई वञ्चित गर्नसमेत नमिल्ने । प्रत्येक व्यक्तिलाई निज विरूद्ध गरिएको कारवाहीको जानकारी पाउने र त्यस्तो कारवाहीउपर चित नबुझेका कुरामा पुनरावेदन गर्न पाउने अधिकार रहने । रिट निवेदकका नाममा जारी भएको म्याद म्याद तामेलीसम्बन्धी उपर्युक्त कानूनी व्यवस्था अनुरूप अ.बं. ११० नं. को प्रक्रिया पुर्याई तामेल भएको अवस्थामा के कुन प्रक्रिया नपुगी बेरीतको भएको र आफूले थाहा जानकारी नपाएको भन्ने यथेष्ट, विश्वासप्रद कारण, अवस्था र स्थिति देखाउनु पर्ने दायित्व निवेदक कै रहने । कानूनले निर्धारण गरेको प्रकिया र रित पुर्याई तामेल भएको म्यादभित्र प्रतिवाद नगर्ने व्यक्तिलाई विना आधार र कारण म्याद बदर गरी पुनः प्रतिवादको मौका दिई रहनुपर्छ भन्ने कानूनको मकसद हुन नआउने । (प्रकरण नं. ५) पुनरावेदक/प्रतिवादीका तर्फबाट : प्रत्यर्थी/वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : फैसला न्या. सुशीला कार्की : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य र आदेश यसप्रकार छः विपक्षी रामभजन राय यादव वादी र म निवेदक प्रतिवादी भएको बारा जिल्ला अदालतको १४६० को लेनदेन मुद्दा म निवेदकको अनुपस्थितिमा फैसला भएको र पुनरावेदन म्याद म कहाँ नपुग्दै मिति २०६७।३।१४ मा कानून व्यवसायीमार्फत फैसलाको प्रतिलिपि लिँदा मेरो नाउँमा बेरीतपूर्वक पुनरावेदन म्यादसमेत तामेल भइसकेको भनी कानून व्यवसायीले भन्दा पुनरावेदन म्यादसमेतको प्रमाणित प्रतिलिपि लिई हेर्दा मेरो नाउँमा मिति २०६५।८।२९ मा म्याद केरमेट गरी म्याद मलाई थाहा जानकारी नहुने गरी बेरीतपूर्वक तामेल गरेको थाहा पाई म्याद बेरीतको भएकोले बदर गरी पुनरावेदनपत्र दर्ता गरिपाउन बारा जिल्ला अदालतमा निवेदन दिँदा फैसलाको जानकारी ३५ दिने म्याद सूचना निजको कानून व्यवसायीले पहिले प्राप्त गरेको फैसला र म्याद प्रतिलिपिबाट देखिँदा समयमै अदालतको फैसलाको जानकारी निवेदक वादीलाई भएको अवस्थामा म्यादको सम्बन्धमा विचार गर्नुपर्ने अवस्था नै रहेको देखिएन भन्ने बारा जिल्ला अदालतबाट मिति २०६७।४।१४ मा आदेश भएकोमा सो आदेशउपर पुनरावेदन अदालत, हेटौंडामा निवेदन दिँदा मिति २०६७।४।१४ मा भएको आदेश बेरीतको नदेखिएकोले परिवर्तन गरिरहनु परेन भन्ने पुनरावेदन अदालत, हेटौंडाबाटसमेत मिति २०६७।९।१ मा आदेश भएको रहेछ । नेपालको अन्तरिम संविधान २०६३ को धारा १३(१) मा सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछ । कसैलाई पनि कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ, धारा २४(८) मा प्रत्येक व्यक्तिलाई निज विरूद्ध गरिएको कारवाहीको जानकारी पाउने हक हुनेछ भन्ने संवैधानिक व्यवस्था छ । म्याद सूचना प्र