निर्णय नं. ९६९२ - लागु औषध खैरो हेरोइन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९६९२ - लागु औषध खैरो हेरोइन भाग: ५८ साल: २०७३ महिना: माघ अंक: १० फैसला मिति :२०७२/१२/२४ ४५२४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७२।१२।२४ ०७०-CR-१६८२ मुद्दाः लागु औषध खैरो हेरोइन पुनरावेदक / वादी : प्रहरी नायब निरीक्षक श्री कृष्ण मानन्धरसमेतको प्रतिवेदनले जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला ललितपुर, ललितपुर उप.म.न.पा.वडा नं.११ सौगल तथा झापा जिल्ला मेची नगरपालिका वडा नं.३ समेत घर भई हाल का.जि.कपन गा.वि.स.वडा नं.३ आकाशे धारा डेरा गरी बस्ने किरण प्रभात नेपालीसमेत अनुमानकै आधारमा सवारी धनी तथा ऋणीले जानी बुझीकन उक्त सवारी साधन लागु औषधको कारोबारका लागि प्रतिवादीहरूलाई प्रयोग गर्न दिएको भन्न न्यायोचित नहुने । (प्रकरण नं. ६) अभियोगमा लागु औषधको कारोबारमा सङ्गठितरूपमा संलग्न देखाइएका व्यक्तिहरूको बैङ्क खाताको कारोबारको विवरणमा प्रतिवादीको संलग्नता पुष्टि नभएको अवस्थामा शङ्का र अनुमानका आधारमा बैङ्क खातामा रहेको सम्पूर्ण रकम लागु औषधको कारोबारबाट जम्मा गरेका रहेछन् भनी अर्थ गर्न न्यायोचित नहुने । (प्रकरण नं. ७) पुनरावेदक / वादीका तर्फबाट : उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल प्रत्यर्थी / प्रतिवादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : लागु औषध नियन्त्रण ऐन, २०३३ सुरू फैसला गर्नेः माननीय न्यायाधीश श्री महेश प्रसाद पुडासैनी पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री द्वारिकामान जोशी मा. न्यायाधीश श्री सहदेवप्रसाद बास्तोला फैसला न्या. बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९बमोजिम पुनरावेदन अदालत, पाटनको फैसलाउपर वादी नेपाल सरकारका तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- का.जि.का.म.न.पा.वडा नं.११ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको मूल गेटको अगाडि सार्वजनिक सडक किनारमा बा.२२.प.८४६२ नं. को रातो रङ्गको TVS अपाचे मोटर साइकलमा शङ्कास्पद अवस्थामा किरण प्रभात नेपाली भन्ने व्यक्ति बसिरहेको अवस्थामा फेला परेकोले निजलाई नियन्त्रणमा लिई निजको शरीर कानूनबमोजिम खानतलासी लिँदा निज किरण प्रभात नेपालीले लगाएको कालो रङ्गको ज्याकेटको दाहिने खल्तीमा सेतो नरम प्लास्टिकहरूमा प्याक गरी लागु औषध खैरो हेरोइन लुकाई छिपाई राखेको अवस्थामा ६ प्याकेट फेला परेकोले प्लास्टिक हटाई लागु औषध खैरो हेरोइन मात्र तौल गर्दा २६ ग्राम भएको । निजसँग VERSACE भनी लेखिएको पर्स १ थान, हजार दरको नोट १९ थान, पाँच सय दरको नोट १ थान, एक सय दरको नोट २५ थान गरी रहेको । माछापुच्छ्रे बैङ्क लिमिटेडको एसिटी कार्ड १ थान, नेपाल इन्भेस्टमेन्ट बैङ्कको भिसा कार्ड थान ३, यातायात व्यवस्था कार्यालय बागमतीबाट जारी भएको विमला क्षेत्रीको नाउँमा दर्ता रहेको बा.३२.प. ८४४६२ नं. को मोटर साइकलको सवारी दर्ता प्रमाण पत्र १ थान, यातायात व्यवस्था कार्यालय मेचीबाट किरण प्रभात नेपालीको नाउँमा जारी भएको सवारी चालक अनुमति पत्र १ थान, च्यासिस नं. MD६२४ HE ३४६२ F १९१८६ इन्जिन नं. OE३ f ६२०१८९१७ को रातो रङ्गको बा.२२.प.८४६ नं. को मोटर साइकल १ थान, रातो रङ्गको हेलमेट १ थान, F१४ लेखिएको कालो रङ्गको २.१ Megapixel भनी लेखिएको मोबाइल र मेरो मोबाइलको ८९९७७०२०५०००३३०४१४ र नं. ८९९७७०२०७०००५४४६२४ लेखिएको सिम कार्ड थान २ प्रयोग भएको थान १ सहित निज किरण प्रभात नेपालीलाई प्रह