निर्णय नं. ९६९३ - गौवध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६९३ - गौवध भाग: ५८ साल: २०७३ महिना: माघ अंक: १० फैसला मिति :२०७२/११/२७ ३८२८ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७२।११।२७ ०७०-CR-०८७५ मुद्दा : गौवध पुनरावेदक/वादी : पर्वत जिल्ला रानीपानी गा.वि.स. वडा नं. ३ बस्ने खोवनाथ ज्ञवालीसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला पर्वत रानीपानी गा.वि.स. वडा नं. ३ बस्ने प्रेमबहादुर खड्का क्षेत्रीसमेत समान स्तरका प्रतिवादीहरूमध्ये कुनैको सजाय उल्टिएको अवस्थामा अर्को प्रतिवादीलाई समेत अन्याय नपरोस भनी यस्तो व्यवस्था राखेको देखिन्छ । कानूनले सुस्पष्टरूपमा पुनरावेदन नगर्ने प्रतिवादीको हकमा समेत पुनरावेदन दिने सरह उल्टाई दिनुपर्छ भनी तोकेको अवस्थामा पुनरावेदन अदालतबाट पुनरावेदन नगर्ने प्रतिवादीहरूको हकमा समेत सजाय घटाएको फैसलालाई अन्यथा भन्न नसकिने । (प्रकरण नं. ३) पुनरावेदक वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्यामकुमार भट्टराई प्रत्यर्थी प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्न:- माननीय न्यायाधीश श्री सुदर्शनराज पाण्डे पुनरावेदन फैसला गर्ने:- माननीय न्यायाधीश श्री सारदा प्रसाद घिमिरे माननीय न्यायाधीश श्री लेखनाथ घिमिरे फैसला न्या. गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन दर्ता भई निर्णयार्थ पेस भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ :- मिति २०६८।५।३१ गते रातको अं. ९:०० बजेको समयमा जिल्ला पर्वत रानीपानी ३ बस्ने प्रेम बहादुर खड्का, रमन खड्का, ऐ. वडा नं. ४ बस्ने राजन परियार, विकास परियार, ऐ. वडा नं. २ बस्ने माइकल भन्ने यामबहादुर परियार, ऐ. बर्राचौर ५ बस्ने जयलाल पराजुली, गणेश पराजुली, ऐ. शालिग्राम ७ घर भई रानीपानी ३ बस्ने पटहाडे भन्ने यामबहादुर दर्जीसमेत ८ जना मिली प्रतिवादीमध्ये प्रतिवादी जयलाल पराजुलीले पालेको गाई प्रतिवादी पटडाडे भन्ने यामबहादुर दर्जीको घरमा लगी काटी खाएको हुँदा प्रतिवादीहरूलाई मुलुकी ऐन, चौपायाको महल नं. ११ बमोजिम हदैसम्म कारवाही गरिपाउँ भन्ने व्यहोराको खोवनाथ ज्ञवालीसमेत ३ जनाको जाहेरी दरखास्त । जिल्ला पर्वत रानीपानी ३ कुँडादीस्थित पूर्वमा खोलबहादुर दर्जीको घर, पश्चिममा निजकै घर र गोरेटो बाटो, उत्तरमा टिकाराम पराजुलीको पाखो बारी, दक्षिणमा प्रेमबहादुर खड्का र मनबहादुर खड्का क्षेत्रीको घर रहेको चार किल्लाभित्र खोलबहादुर दर्जीको घरको कर्सामा ३.५ फिट लम्बाई र २ फिट चौडाई मडारिएको जमिनको भागमा माटोमा रातो रगत जस्तो पदार्थ लागी पानीले पखालिएको जस्तो रहेको, उक्त स्थानबाट ३० मिटर पश्चिममा खनेको नयाँ माटो रहेको, उक्त स्थानमा खाडल खनी हेर्दा दुर्गन्धित अवस्थामा छालासमेतको मासु रहेको, उक्त स्थानमा मिति २०६८।५।३१ गते रातको समयमा जयलाल पराजुलीसमेतले गाई काटी खाएको, घटनास्थलबाट गाई मार्न प्रयोग भएको काठको बिँडसहितको कोदालो थान १ र छालाको टुक्रा बरामद भएको भन्ने व्यहोराको घटनास्थल मुचुल्का । मिति २०६८।५।३१ गते बेलुकी म विकास परियारको घरमा गएकोमा रातको अं. ११:०० बजेको समयमा जय पराजुलीले बिकासको मोबाइलमा फोन गरी डाकेपछि निज बिकास परियारले पटडाडे भन्ने यामबहादुर परियारकोमा मासु काटेका छन् खाउँला भनेपछि मसमेत निज पटडाडेको घरमा पुग्दा निज पटटाडे भन्ने यामबहादुर परियार, जयलाल पराजुली, प्रेम खड्का, रमन खड्का, गणेश पराजुली