निर्णय नं. ९६९५ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६९५ - उत्प्रेषण / परमादेश भाग: ५८ साल: २०७३ महिना: माघ अंक: १० फैसला मिति :२०७२/१२/०४ ३५४० सर्वोच्च अदातल, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश चोलेन्द्र शमशेर ज.ब.रा. आदेश मिति : २०७२।१२।४ ०७१-WO-१०७१ मुद्दाः- उत्प्रेषण / परमादेश निवेदक : बारा जिल्ला लिपनिमाल गा.वि.स. वडा नं. ४ बस्ने रूकान्ती यादवसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, काठमाडौंसमेत कुनै सम्पत्तिको धारक वा भोगवालालाई नबुझी आफ्नो कुरा भन्ने मौका नदिई सो सम्पत्तिको सम्बन्धमा धारक वा भोगवालाको हक प्रतिकूल हुने गरी कुनै निर्णय गर्न मिल्ने हुँदैन । स्वच्छ सुनुवाईको मौका नदिई गरेको निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुन्छ । प्राकृतिक न्यायको सिद्धान्त (Principle of Natural justice) लाई नेपालको न्याय प्रणालीले प्राथमिक र मूलभूत सिद्धान्तको रूपमा अंगीकार गरेको छ र न्याय निरूपणको सन्दर्भमा सर्वाधिक महत्त्व दिई आएको छ । प्राकृतिक न्यायको सिद्धान्तबमोजिम जसको विरूद्धमा निर्णय गरिन्छ सो व्यक्तिलाई बुझ्दै नबुझी एकपक्षीयरूपमा गरेको निर्णय दूषित र त्रुटिपूर्ण हुन जाने हुँदा प्रशासनिक वा न्यायिक निर्णय गर्दा सम्बन्धित सरोकारवाला सबैलाई बुझी निर्णय गरेको हुनुपर्ने । (प्रकरण नं. ८) व्यक्ति विशेषको नामबाट नेपाल सरकारको नाममा जग्गाको स्वामित्व परिवर्तन गर्ने गरी निर्णय गर्दा तालुक कार्यालयको पत्रको आधारमा निर्णय गर्न मिल्दैन । आवश्यक प्रक्रियाको पनि पालना गर्नु पर्दछ । त्यस सम्बन्धमा त्यसअघि कुनै अदालत र साधिकार निकायबाट कुनै निर्णय भएको छ छैन भन्ने कुरालाई पनि हेरिनुपर्ने । (प्रकरण नं. ९) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल र विद्वान्‌‌ अधिवक्ता केदार दाहाल विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता भरतलाल शर्मा अवलम्बित नजिर : नेकाप २०५४, जेठ, नि.नं.६३१७, पृ.९८ नेकाप २०६८, मङ्सिर, नि.नं.८६६३, पृ.१२७६ सम्बद्ध कानून : मालपोत ऐन, २०३४ आदेश न्या. गोपाल पराजुली : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७ को उपधारा (२) बमोजिम यस अदालतमा दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः- बजै सर्वती माडवारीले २०१९।३।७ मा मालपोत कार्यालय बाराबाट राजीनामा पारित गरी लिनु भई स्वर्गीय हुनु भएपछि ०२१ सालको जिम्दारी स्रेस्तामा म राधाकृष्णको आमा सरस्वती माडवारीले दा.खा. गराई साल बसाल तिरो तिरी भोग चलन गरी आएको जग्गा सर्वे नापी नक्सा हुँदा जिल्ला बारा रामपुर टोकनी गा.वि.स वडा नं ३, कि.न. २ बाट १-३-१५ क्षेत्रफल कायम भई मोही महलमा पर्ती, जग्गाधनी महल खाली र कैफियतमा आबादलायक भनी जनिएको रहेछ । चार किल्लासमेत खुलेको मिति २०१९।३।७ मा पारित राजीनामा तथा जिम्दारीमा तिरो तिरेको २ नं. रसिदसमेत पेस गरी दर्ता गर्न कारवाही चलाई भूमि प्रशासन कार्यालय, बाराको मिति २०२९।१०।२९ को निर्णयानुसार आमा सरस्वती देवीका नाममा दर्ता मै जग्गाधनी प्रमाण पूर्जा पाई भोग चलन गरी आएकोमा आमा स्वर्गीय हुनु भएपछि मिति २०५४।९।२३ को मालपोत कार्यालय बाराको निर्णयानुसार पिता सत्यनारायण माडवारीको नाममा नामसारी दा.खा. दर्ता भई पिता सत्यनारायण पनि स्वर्गीय हुनु भएपछि निवेदक म राधाकृष्ण माडवारीका नाममा मिति २०६८।६।१२ को निर्णयानुसार नामसारी दा.खा. दर्ता भई भोग चलन गरी आएको जग्गा म राधाकृष्णबाट मिति २०६८।१०।९ मा निवेदक रूकान्ति देवीले पारित ग