निर्णय नं. ४३०५ - लागू औषध हेरोइन बिक्री

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३०५ - लागू औषध हेरोइन बिक्री भाग: ३३ साल: २०४८ महिना: असोज अंक: ६ फैसला मिति :२०४८/०५/२६ २६३८ निर्णय नं. ४३०५ ने.का.प. २०४८ अङ्क ६ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा सम्वत् २०४६ सालको फौ.पु.नं. ३७१ सम्वत् २०४७ सालको फौ.पु.नं. २६९ फैसला भएको मिति: २०४८।५।२६।४ मा पुनरावेदक/प्रतिवादी : जिल्ला कार्यालय कारागार शाखा नख्खु ललितपुरमा थुनामा रहेको वर्ष ३० को शान्त थापा विरुद्ध प्रत्यर्थी/वादी : श्री ५ को सरकार पुनरावेदक/वादी : श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी : काठमाडौं जिल्ला बागबजार डेरा गरी बस्ने वर्ष ३६ की छिरिङ शेर्पिनीसमेत मुद्दा : लागू औषध हेरोइन बिक्री (१) एउटै अपराधमा संलग्न २ प्रतिवादीलाई भएको सजायँको बीचमा ठूलो अन्तर रहनु न्यायसंगत नदेखिँदा प्रतिवादीलाई अपराधको मात्रा, प्रकृति र परिमाणको आधारमा लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(ख) अन्तर्गत वादी दावी बमोजिम सजायँ गर्दा चर्को पर्ने देखिँदा चार वर्ष कैद र रु. १०,०००।– दश हजार रुपैयाँ जरिवाना हुने । (प्रकरण नं. २३) वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री सुवास नेम्वाङ फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।९।२४।२ को फैसला उपर न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(३)(ख) बमोजिम पुनरावेदनको रुपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र जिकिर निम्न बमोजिम छ । २. का.जि.बालुवाटार बस्ने शान्त थापा र बागबजार बस्ने छिरिङ शेर्पिनीले लागू औषध कारोबार गर्ने गरेको छ भन्ने बुझेकोले कारवाही गरी पाउँ भन्ने प्र.ज.गंगाराम परियारको प्रतिवेदन । ३. छिरिङ शेर्पिनीले बोकी ल्याएको ब्याग भित्र प्लाष्टिकको कागजमा लपेटी पोको पारी राखेको ३ पोकामा रहेको हेरोइन २०० ग्राम बरामद भएको भन्ने लक्ष्मण राणा समेतले गरी दिएको मिति २०४३।५।२९ गतेको बरामदी मुचुल्का । ४. पक्राउ परेका शान्त थापा, छिरिङ शेर्पिनी समेतका व्यक्ति र बरामद भएको हेरोइन २०० ग्राम (साविक पेज नं. २७०) सहित कारवाहीका लागि पठाएको वागमती अञ्चल प्रहरी कार्यालयको मिति ०४३।५।२९ को पत्र । ५. बरामदी मुचुल्कामा उल्लेख भए बमोजिमको अवैध लागू औषध ब्राउन सुगर हेरोइन २२० ग्राम मैले बोकी हिंडेको झोलामा राखेको हेरोइन मेरै साथबाट बरामद भएको हो । मिति बार थाहा भएन का.जि.बालुवाटार बस्ने शान्त थापासंग प्रति ग्राम रु. ११५।– का दरले रु. २५,३००।– रुपैयाँमा खरीद गरी फुटकर रुपमा अन्य व्यक्तिहरुलाई बिक्री गर्ने उद्देश्यले हिंडेको बेलामा बिक्री गर्न नपाउँदै प्रहरीहरुले पक्राउ गरेका हुन । निज शान्त थापालाई पैसा भुक्तान गरिसकेको छैन । बिक्री वितरण गरी पैसा तिर्ने उद्देश्य थियो भन्ने समेत व्यहोराको प्रतिवादी छिरिङ शेर्पिनीले प्रहरीमा गरेको मिति ०४३।५।२९।१ को बयान । ६. छिरिङ शेर्पिनीबाट बरामद भएको ब्राउन सुगर देखाउँदा देखें चिनें, सो ब्राउन सुगर मैले नै छिरिङ शेर्पिनीलाई बिक्री वितरण गरेको हो । रेष्टुराँबाट नोक्सान भएको हुँदा रेष्टुराँमा आउने मानिसको संगतबाट अवैध लागू औषध ब्राउन सुगर हेरोइन बिक्री वितरण गर्ने काम गर्दै आएको हुँ । भारत निवासी धर्म नाम गरेको व्यक्तिसंग कारोबार गर्दै थिएँ । निजै धर्मसंग प्रति ग्राम रु. ६०।– का दरले २२० ग्राम ब्राउन सुगर १३,२००।– मा मोल छिनी खरीद गरेको हुँ । सो २२० ग्राम हेरोइन बिक्री गर