निर्णय नं. ९७५० - आगोलागी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७५० - आगोलागी भाग: ५९ साल: २०७४ महिना: बैशाख अंक: १ फैसला मिति :२०७३/०८/१४ ४८०३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ फैसला मिति : २०७३।०८।१४ ०६८-CR-१०५७ मुद्दा: आगोलागी पुनरावेदक वादी : अर्जुन कुमार राईको जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी प्रतिवादी : जिल्ला सँखुवासभा खाँदबारी नगरपालिका वडा नं. ४ बस्ने गंगाप्रसादको छोरा पर्शुराम पोखरेल हाम्रो कानूनी व्यवस्थाले प्रतिद्वन्द्वात्मक (Adversarial model) न्याय प्रणालीको अवलम्बन गरेको छ । यस प्रणालीको प्रमुख विशेषता भनेको दाबी प्रमाणित गर्ने भार - कानूनले विशेष व्यवस्था गरेको केही कसुरमा बाहेक वादीमा रहेको हुन्छ र अदालतको भूमिका निष्पक्ष न्यायकर्ताको रूपमा रहनुपर्दछ । अदालतले पक्षको स्थान लिई प्रमाण बुझ्न अग्रसरता देखाउने हो भने वादीले कसुर प्रमाणित गर्ने भारबाट उन्मुक्ति पाउने । आगो लगाउने कार्य एक फौजदारी कसुर भएको अवस्थामा अदालतनै एक पक्ष जस्तो बनी मुद्दाको एक पक्ष वादीलाई सहयोग पुग्ने गरी सर्जमिन गर्ने कार्य आफैँमा खोटपूर्ण छ । सर्जमिन गरी मुचुल्का तयार गर्ने कार्यमा प्रतिवादीले प्रतिवाद गर्ने अवसर नपाउने र सर्जमिनका व्यक्तिलाई जिरह पनि गर्न नसक्ने भएकोले यस प्रमाणलाई फौजदारी मुद्दामा दोषमुक्त प्रमाणको रूपमा लिन नमिल्ने । (प्रकरण नं. ५) पुनरावेदक वादीको तर्फबाट : विद्वान् उपन्यायधिवक्ता सुरेन्द्र बहादुर थापा विपक्षी प्रतिवादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जि.न्यायाधीश श्री गोपालप्रसाद बास्तोला पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय मा. न्यायाधीश श्री विदुरविक्रम थापा फैसला न्या. केदारप्रसाद चालिसे : पुनरावेदन अदालत, धनकुटाको मिति २०६८।०७।२३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः मिति २०६७/२/१४ गते हामी घरपरिवारका मानिस कोही नभएको अवस्थामा दिनको अं.१४.०० बजेको समयमा मेरो दुइतले घर आगलागी भई मूल्य रू.१०,८५,०००/– मूल्य बराबरको धनमाल जली नष्ट भएकोले को कसले आगो लगाएका हुन् खोजतलास गरी पक्राउ गरी कानूनबमोजिम कारवाही गरी मेरो क्षति भएको बिगो दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको अर्जुनकुमार राईले दिएको सुरू निवेदन । संखुवासभा जिल्ला खाँदवारी नगरपालिका वडा नं. ४ स्थित अर्जुन कुमार राईको वारीले पश्चिम, बमबहादुर राईको खालि खेत तथा वारीले पूर्व, स्कूल जाने कच्ची बाटोले दक्षिण, परशुराम पोखरेलको घरवारीले उत्तर यति चार किल्लाभित्र रहेको अर्जुनकुमार राईको दुई तले फुसको छानो भएको टाँढे घर सो घरमा आगलागी भई जम्मा मूल्य रू.१०,८५,०००/- बराबरको धनमाल जली नष्ट भएको भनी देखाएको घटनास्थल मुचुल्का । मिति २०६७/२/१४ गते हामी घरपरिवारका मानिसहरू कोही नभएको मौका पारी कोकस्ले आगो लगाई दिए भनी मैले मौकामा निवेदन दिएकोमा मसमेतले खोजतलास गर्दै जाँदा खाँदबारी नगरपालिका वडा नं.४ बस्ने परशुराम पोखरेलले मेरो घरमा आगो लगाएको हुँदा निजलाई पक्राउ गरी कारवाही गरी मेरो क्षति भएको निवेदनमा उल्लिखित धनमाल दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको किटानी जाहेरी दरखास्त । जाहेरवाला मेरो छिमेकी हुन्, हामी दुवैजना अर्मपर्म गर्ने क्रममा जाहेरवालाको खेतमा मैले गोरू जोती पाउनुपर्ने रकम ५/७ सय माग्