निर्णय नं. ९६९८ - अङ्ग भङ्ग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९६९८ - अङ्ग भङ्ग भाग: ५८ साल: २०७३ महिना: माघ अंक: १० फैसला मिति :२०७३/०५/१४ ४६४५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७३।०५।१४ ०७२-CR-०१६३ मुद्दाः अङ्ग भङ्ग पुनरावेदक/प्रतिवादी : झापा जिल्ला, दमक नगरपालिका वडा नं. १४ घर भई हाल कारागार कार्यालय, झापामा कैदमा रहेको रामकृष्ण राई विरूद्ध विपक्षी/वादी : निशा भन्ने चन्द्रकला राईको जाहेरीले नेपाल सरकार जाहेरवालीको बाध्यात्मक कारणले परिवर्तित बयानलाई स्वतन्त्ररूपमा खण्डन गर्नुपर्ने अवस्था रहन्छ । आफैँ पतिबाट अङ्गभङ्ग भएकी पीडित जाहेरवाली आफ्नै हित विरूद्ध किन बकपत्र गरिन् होला, कुन सामाजिक, सांस्कृतिक र आर्थिक कारणले वा के कारणले पीडित एकाएक परिवर्तन भइन सोच्नुपर्ने हुन्छ । पीडितले आफैँ अँध्यारोलाई किन स्वीकार्नु पर्‌यो होला त्यो पनि आँखा जस्तो शरीरको लागि सर्वाधिक नभई नहुने त्यस्तो शरीरको अंग जसबिना जीवन अत्यन्त चुनौतिपूर्ण बन्न पुगेको छ । स्वयम्‌लाई पराजित गर्ने परिकल्पना न्यायमा गरेको हुँदैन । न्यायकर्ताले प्रतिकूल बयानको बाध्यात्मक परिस्थितिलाई मध्यनजर राख्नु पर्दछ । प्रतिकूल बयानलाई न्यायको कसीमा हेर्न आवश्यक हुने । (प्रकरण नं. ६) फौजदारी कानून र न्यायको एउटा महत्त्वपूर्ण उद्देश्य भनेको कसुरदारलाई सजाय गर्नुको साथै अपराधको रोकथाम र नियन्त्रण गरी समाजमा शान्ति र व्यवस्था कायम गर्नु पनि हो । कसुरदारलाई सजाय तोक्दा दण्ड गरेजस्तो मात्र देखिनु हुँदैन । कसुरको मात्रा र गाम्भीर्यताअनुसार दण्ड पाएको अनुभूति गरी पश्चातापको वातावरण पनि सिर्जना हुने किसिमले दण्ड गर्नुपर्ने । (प्रकरण नं. ७) पुनरावेदक प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता विकाश दाहाल प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, कुटपिटको महलको २ नं. सुरू तहमा फैसला गर्ने : मा.जिल्ला न्यायाधीश श्री रमेशराज पोखरेल पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री गुणराज ढुङ्गेल माननीय न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य फैसला न्या. सपना प्रधान मल्ल : पुनरावेदन अदालत, इलामको मिति २०७०।१२।२६ को फैसलाउपर यस अदालतमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) बमोजिम मुद्दा दोहोर्‌याई हेर्ने निस्सा प्रदान भई सोही ऐनको दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः- जिल्ला झापा दमक न.पा.वा.नं.१४ स्थित पूर्वमा देशु निरौलाको घर, पश्चिममा सीता थापाको घर, उत्तरमा श्याम कुमालको खाली जग्गा, दक्षिणमा मानबहादुर राईको घर यति चार किल्लाभित्र उत्तर मोहडा भएको टिनको छाना, बाँसको टाटी भएको प्रतिवादी रामकृष्ण राईको घर, सो घर बरण्डामा बसिरहेकी चन्द्रकला राईलाई प्रतिवादीले बक्सिङ प्रहार गरी आँखा फुटाई दिएको, सो स्थान वरपर रगतको टाटा रहेको र घाइते चन्द्रकला राईलाई उपचारार्थ लगेको हो भन्नेसमेत व्यहोराको मिति २०६९।२।८ को घटनास्थल मुचुल्का । प्रतिवादी रामकृष्ण राई म जाहेरवालाको श्रीमान्‌ हुन् । निजले मलाई विवाह गरी घरमा ल्याएको केही महिना अगाडिदेखि कुटपिट गर्ने तथा हेलाहिंसा गर्ने गर्नु भएको भए तापनि सहेरै बसेकी थिएँ । निजले मादकपदार्थ सेवन गरी आई तेरो दायाँ आँखा फुटेर अन्धी छस् अब बायाँ आँखा फुटाई दिन्छु भनी धम्की दिने गरेकोमा मिति २०६९।२।८ गते बिहान ५.०० बजेको समयमा म दलानमा बसिरहेको अवस्थामा मेरो कपालमा समाती प्रतिवाद