निर्णय नं. ४३०६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३०६ - कर्तव्य ज्यान भाग: ३३ साल: २०४८ महिना: असोज अंक: ६ फैसला मिति :२०४८/०५/१९ २४३२ निर्णय नं. ४३०६ ने.का.प. २०४८ अङ्क ६ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ सम्वत् २०४७ सालको फौ.पु.नं. ४२६ फौ.सा.नं. ४२ फैसला भएको मिति : २०४८।५।१९।४ मा पुनरावेदक/प्रतिवादी : जि.का.शाखा काठमाडौंमा थुनामा रहेका ठागु भन्ने चन्द्रबहादुर गुरुङसमेत विरुद्ध वादी : चन्द्रमानको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) कुनै पनि फौज्दारी प्रकृतिको ज्यानसम्बन्धी अपराध सिद्ध हुन, पूर्व रिसइवी र मनसाय नै विद्यमान हुनुपर्दछ भन्न नसकिने । (प्रकरण नं. ४०) पुनरावेदक, प्रतिवादीहरुतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुड्डाना फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्रतिवादीहरु तर्फबाट कारागार मार्फत यस अदालत समक्ष पर्न आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, जिकिर एवं फैसला यस प्रकार छ । २. पोखरा महेन्द्रपुलमा जुयन्द्र होटल गरी बसेको छु । होटलमा गाइड काम गरेका शंभु धामीले यस अघि मेरो होटलमा पनि गाइड काम गरेको थियो । २०४०।४।१६ (साविक पेज नं. २७४) देखि मेरो होटलमा गाइडको काम गरी आएको निज शम्भु धामीले ०४१ श्रावण १७ गते बिहान देखि नै मादक पदार्थ सेवन गरेका र दिनभर होटलमा नै सुतिरहेका थिए । बेलुका हामी परिवार पनि खानपिन गरी सुतियो, बिहान धेरै बेरसम्म पनि शम्भु नआएकोले किन उठेन भनी हेर्न जाँदा निज सुतेको खटिया मुनि उत्तानो परी मरिरहेको रहेछ । १७ गते होटलमा पेसिन्जर पनि थिएनन् । निज के कुन परिवन्दबाट यस्तो अवस्थामा परे, निजको मृत्युको सम्बन्धमा कसै उपर शंका पनि लाग्दैन, निजको लाश जाँच गरिपाउँ भन्ने समेत व्यहोराको चन्द्रमानको मौकाको जाहेरी । ३. होटल जुयन्द्रमा मृत अवस्थामा रहेका शम्भु धामी र होटल मालिक चन्द्रमानको बीच बैमनस्यता रहेको कारणबाट मृतकले जुयन्द्र होटल छाडी ग्यालेक्सी होटलमा गाइडको काम गर्न गएका थिए फेरि जुयन्द्र होटलका मालिकले निजलाई बोलाई ल्याएका, ग्यालेक्सी होटलमा काम गर्दा चन्द्रमान राम्रो मानिस छैन भनी कुरा गर्दथे, १७ गते राती चन्द्रमान र शम्भुसंग बसी बियर खाएका भन्ने समेत बुझिएकाले चन्द्रमानकै षडयन्त्रबाट शम्भु कर्तव्य परी मृत्यु भएको भन्ने समेत व्यहोराको प्र.स.नि.तेजप्रसाद शर्माको प्रतिवेदन । ४. म होटल जुयन्द्रमा रुम बाहिर गाइडको काम गर्दछु । मृतक शम्भु धामीले चन्द्रमानको छाडी ग्यालेक्सी रुमवाई गएका थिए । साहुले बोलाउन पठाई ल्याएपछि काम गरिरहेका थिए । शम्भु र साहुकी माइली छोरी बीच हाँसख्याल मस्करी भइरहन्थ्यो । ०४१।४।१७ गते चन्द्रबहादुर र म बसिरहेका अवस्था साहु चन्द्रमानले बोलाई होटलको १०२ नं. को कोठामा गयौं । त्यसपछि भरे शम्भु धामीलाई मार्नु पर्दछ । तिमीहरुलाई ४।४ हजार रुपैयाँ दिउँला भने । राती ९–१० बजे तिर साहु चन्द्रमानले माथि गई बियर खाउँ भनी साहु र शम्भु १०१ नं. कोठामा गए, मलाई ५ बोतल बियर लिएर आइज भनी अह्राएपछि बियर लिएर गएँ । दुवै जना बियर खान थाले । २ प्लेट मासु पनि लगिदिएँ । साहुले ३ (तीन) बट्टा ट्याब्लेट मिची शम्भुको गिलासमा राखी दिएको भन्ने कुरा चन्द्रबहादुरले सुनाए । मैले देखेको थिइन । त्यसपछि साहुले मलाई र ठागुलाई बोलाई गएपछि शम्भु लल्याक लुलुक भई बेहोस अवस्थामा पुगिसकेको रहेछ । साहुले हामीलाई समात भनेपछि, साहु चन्द्रमानले शम्भुलाई एउटा हातले