निर्णय नं. ९७०० - अंश दर्ता ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७०० - अंश दर्ता । भाग: ५८ साल: २०७३ महिना: माघ अंक: १० फैसला मिति :२०७३/०५/१५ ४६६५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सारदा प्रसाद घिमिरे माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ फैसला मिति : २०७३।०५।१५ ०७०-CI-०५६० मुद्दाः अंश दर्ता । पुनरावेदक/वादी : विहारी साह तेलीकी पत्नी जिल्ला पर्सा गाउँ विकास समिति लखनपुर वडा नं.२ बस्ने हंसरजियादेवी तेलिन विरूद्ध प्रत्यर्थी/प्रतिवादी : स्व.शालिक साहकी पत्नी जिल्ला पर्सा गाउँ विकास समिति लखनपुर घर भई हाल ऐ. गाउँ विकास समिति नगरदाहा वडा नं.२ बस्ने शिवदुलारी तेलिनसमेत एकपुस्ता मुनिका व्यक्तिले अंश मुद्दा दायर गर्दैमा मूल अंशियारका बीचमा अंश मुद्दा चल्न नसक्ने भन्ने हुँदैन । अंश मुद्दाको कारवाहीयुक्त अवस्था नराखी लामो समयसम्म तामेली राखी मुद्दामा अल्झाई राख्ने कार्यसम्म हुन गएको छ । एक अंशियारले अंश मुद्दा दायर गरी तामेलीमा राखी बसिरहने अवस्थामा पछि दायर भएका मूल अंशियारहरूको बीचको अंश मुद्दामा कानूनी प्रक्रिया बढाई कानूनबमोजिम फैसला एवं फैसला कार्यान्वयन गर्ने जस्ता कार्य गर्न कुनै कानूनले बाधा पुर्‌याएको देखिँदैन । अदालतमा उपस्थित रहि आफ्नो हक प्रति जागरूक रहने व्यक्तिहरूको बीचमा परेको अंश जस्तो मुद्दामा छिटो कारवाही किनारा गर्नु अदालतको कर्तव्य पनि हुने । (प्रकरण नं. ८) सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री लेखनाथ घिमिरे पुनरावेदन तहमा फैसला गर्ने : मा.का.मु. मुख्य न्या. श्री जगदीश शर्मा पौडेल माननीय न्यायाधीश श्री सरोजप्रसाद गौतम पुनरावेदक/वादीको तर्फबाट : अधिवक्ता प्रसन्न कृष्ण दासले प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : अधिवक्ता कृष्णप्रसाद पाण्डे अवलम्बित नजिर : सम्बद्ध कानून : फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : पुनरावेदन अदालत, हेटौंडाको मिति २०७०।५।३ को फैसलाउपर यस अदालतमा न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः- ससुरा स्व.शालिक साहकी पत्नी विपक्षी शिवदुलारीदेवी तेलिन भई निजहरूको दाम्पत्य जीवनबाट एकमात्र छोरा विपक्षी विहारी साह तेलीको जायजन्म भएको छ । प्रतिवादी विहारी साहको पत्नी म फिरादी हुँ । विपक्षी पति विहारी साह तथा म फिरादीको दाम्पत्य जीवनबाट छोरीहरू क्रमशः गिताकुमारी तथा अनिताकुमारीको जायजन्म भएको छ । निजहरूको विवाह भइसकेको छ । हामी सम्पूर्ण परिवार एकसाथ सगोलमा बसी आउँदा विपक्षीहरूले मतर्फ कुनै छोरा सन्तानको जायजन्म नभएको भन्दै २०५५ साल वैशाखदेखि नै मलाई हेला गर्नेगरेको र मलाई खानलाउनमा समेत दुःख तकलिफ दिनेगरेको तथा घरबाट समेत निकाला गरेकोले मिति २०६२।१।४ गते गाउँघरका पञ्चभलाद्‌मीलाई बसाई इज्जत आमदअनुसार खानलाउन दिनुपर्‌यो होइन कि मेरो अंशहक छुट्याई दिनुपर्यो भनी विपक्षीहरूलाई भन्दा विपक्षीहरूले सो कुरा नमानी मेरो अंशहक छुट्याई दिनबाट इन्कार गरेकोले हाम्रो बीचमा मानो छुटेको कुनै लिखत प्रमाण नभएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुटेको मिति कायम गरी सो मितिसम्मको सम्पूर्ण चलअचल सम्पत्तिको तायदाती फाँटवारी विपक्षीहरूसँग माग गरी सो सम्पूर्ण चलअचल सम्पत्तिको २ खण्डको १ खण्डमध्ये २ खण्डको १ खण्ड मेरो अंश छुट्याई मेरो नाउँमा दर्ता गरी लागेको कोर्टफी तथा अन्य दस्तुरसमेत विपक्षीहरूबाट दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको फिरादपत्र । वादी दाबीबमोजिम अंशहक हुनुपर्ने होइन छैन । वादी दाबी झुठ्ठा हो । प्रतिव