निर्णय नं. ९७०२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७०२ - उत्प्रेषण भाग: ५८ साल: २०७३ महिना: माघ अंक: १० फैसला मिति :२०७३/०४/१८ ४३४३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा आदेश मिति : २०७३।४।१८ ०७०-WO-०८९५ मुद्दाः उत्प्रेषण रिट निवेदक : श्री कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरमा मिति २०६९।७।१४ मा प्रा.लि. दर्ता नं. १०६९६६/०६९/०७० रही दर्ता रहेको काठमाडौंं जिल्ला, काठमाडौंं महानगरपालिका वडा नं. १३ स्थित माजोङ इन्टरटेन्मेन्ट प्रा.लि. अन्तर्गत संचालित क्यासिनो माजोङका अ.प्रा. प्रबन्ध सञ्चालक विनोद श्रेष्ठ विरूद्ध विपक्षी : श्रम अदालत, अनामनगर, काठमाडौंंसमेत कतिपय कम्पनीहरू नयाँरूपमा निर्माण गरिएका हुन्छन भने कतिपय कम्पनीहरू पुराना कम्पनीलाई पुनर्संरचना गरी आधारभूतरूपमा पूर्ववर्ती कम्पनीलाई नै निरन्तरता दिने गरी नयाँ नामाकरण सहित संस्थापित गरिन्छन । कुनै कम्पनी नयाँ रूपमा निर्माण गरिएको मानिनका लागि पुरानो कम्पनीको अस्तित्व सम्पूर्णरूपमा समाप्त भएको तथ्य देखिनु आवश्यक हुन्छ । नामको लागि मात्र नयाँ कम्पनी खडा गरी पुरानो कम्पनीको सम्पत्ति र स्रोतमा सञ्चालन भएको कम्पनीलाई छुट्टै नयाँ अस्तित्व वा हैसियतको कम्पनी भनी मान्न मिल्दैन । कम्पनी कानूनको वृहद् अवधारणातर्फ दृष्टिगत गर्दा नाम र व्यवस्थापनमा गरिएको सामान्य परिवर्तन कै कारणबाट पूर्ववर्ती कम्पनीको दायित्वबाट नयाँ नाम दिइएको कम्पनीले छुट पाउने अवस्था रहन्छ भन्नु न्यायोचित हुनेसमेत नदेखिने । (प्रकरण नं. २) रिट निवेदक कम्पनीले सोल्टी होटलसँग सम्झौता गरी क्यासिनो नेपाल रहेकै स्थानमा नयाँ क्यासिनो सञ्चालन गर्दा बन्द भएको क्यासिनो सञ्चालनकै अचल सम्पत्ति र प्राविधिक सामाग्रीहरूको प्रयोग गरी क्यासिनो माजोङ्गको नामबाट नयाँ क्यासिनो सञ्चालन गरेको देखिन्छ । होटल सोल्टीको क्यासिनो सञ्चालन अनुमति ग्रहण गर्दाका बखत क्यासिनो माजोङ्ग र सोल्टी होटलबीच भएको मिति २०६९।७।२४ को सम्झौतामा पूर्व क्यासिनो सञ्चालन हुँदा बाँकी रहेको बक्यौता कर र अन्य दायित्व क्यासिनो माजोङ्गको हुने भनी उल्लेख गरेको देखिँदा क्यासिनो माजोङ्ग नयाँ कम्पनीको रूपमा खडा भएपनि पूर्ववर्ती कम्पनीको दायित्व व्यहोर्न नपर्ने गरी स्वतन्त्र रहेको भनी मान्न सकिएन । उक्त मिति २०६९।७।२४ को सम्झौताको बुँदा नं ८.२ अनुसार क्यासिनो नेपालका कर्मचारी सम्बन्धित दायित्व निवेदक क्यासिनो माजोङ्गले स्वीकार गरेको देखिँदा नयाँ नामको कम्पनी दर्ता भएको सम्मको कारणबाट उक्त दायित्व बहन गर्न नपर्ने स्थिति देखिन नआउने । (प्रकरण नं. ३) “रूपमा" नयाँ कम्पनी दर्ता गरी क्यासिनो माजोङ्ग सञ्चालन गरेको देखिए पनि "सारमा" पूर्व कम्पनीलाई नै नाम परिवर्तन गरी पूर्नजीवन दिएको भन्ने देखिन आउँछ । सारभूतरूपमा पूर्व कम्पनी क्यासिनो नेपालसँगको सम्बन्ध समाप्त भएको नदेखिएको अवस्थामा नयाँ कम्पनी दर्ता भई नयाँ नाम प्राप्त गरेको र सोही आधारमा नयाँ स्वरूपमा कम्पनी सञ्चालन भएको आधारमा मात्र रिट निवेदक क्यासिनो माजोङ्ग उपर पूर्ववर्ती क्यासिनो नेपालको दायित्व सरेको छैन भनी मान्न नमिल्ने । (प्रकरण नं. ५) रिट निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, विद्वान्‌ अधिवक्ताहरू टिकाराम भट्टराई, गंगाप्रसाद पोखरेल र प्रज्वल ओझा विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता गिताप्रसाद तिम्सिना, विद्वान्‌ वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, विद्वान्‌ अधिवक्ताहरू ज्योति बाँनिया, त