निर्णय नं. ९७०३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७०३ - उत्प्रेषण भाग: ५८ साल: २०७३ महिना: माघ अंक: १० फैसला मिति :२०७३/०५/२७ ३२११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत आदेश मिति : २०७३।०५।२७ ०७२-WO-०८२० मुद्दाः उत्प्रेषण निवेदक/पक्ष : काठमाडौंं जिल्ला काठमाडौंं महानगरपालिका वडा नं. ७ बस्ने रूपक न्यौपानेसमेत विरूद्ध प्रत्यर्थी/विपक्षी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबार काठमाडौंसमेत कुनै कानूनले कुनै पेसा वा व्यवसाय सञ्चालन गर्नमा कुनै किसिमको रोक वा प्रतिबन्ध नलगाएको स्थितिमा बिना कानूनी आधार कार्यकारी निर्णय आदेशको आधारमा नागरिकलाई संविधान र कानूनले प्रदान गरेको पेसा वा व्यवसाय सञ्चालन गर्न पाउने हकमा रोक लगाउन मिल्ने नदेखिने । (प्रकरण नं. ७) पेसा, व्यवसाय सञ्चालन गर्न पाउने नागरिकको मौलिक हकलाई जनशक्तिको व्यवस्थापन हुन नसकेको कारण देखाई अनिश्चित समयसम्म रोक्नु मनासिब हुन सक्तैन । नागरिकले कानूनबमोजिम पेसा, व्यवसाय सञ्चालन गर्न अनुमति माग गरेमा त्यसका लागि आवश्यक पर्ने जनशक्तिलगायतका व्यवस्थापकीय प्रबन्ध मिलाई सहजीकरण गर्नु राज्यको दायित्व हो । प्रस्तुत सन्दर्भमा अनुगमन गर्ने जनशक्तिको अभाव रहेको भन्ने कारण देखाई नागरिकको पेसा व्यवसाय गर्न पाउने संवैधानिक एवं कानूनी हक अधिकारको प्रयोगमा अनन्त र अनिश्चित कालसम्म रोक लगाउने कार्यलाई कानून एवं न्यायसङ्गत मान्न नसकिने । (प्रकरण नं. १०) रिट निवेदकका तर्फबाट : अधिवक्ता राजाराम भट्टराई प्रत्यर्थी/वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : वैदेशिक रोजगार ऐन, २०६४ आदेश न्या. हरिकृष्ण कार्की : नेपालको संविधानको धारा १३३(२) र (३) बमोजिम दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ । देशमा तिव्र गतिमा बढदै गएको युवा बेरोजगारी समस्यालाई केही हदसम्म भए पनि कमि ल्याउन सकिन्छ भनी वैदेशिक रोजगारमा जान चाहने युवालाई वैदेशिक रोजगार दिलाउने उद्देश्यका साथ हामी निवेदकहरूलाई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने प्रवल इच्छा भएको हुँदा प्रचलित कानूनबमोजिम व्यवसाय सञ्चालन गर्नु अगाडि सम्बन्धित निकायबाट इजाजतपत्र लिनुपर्ने कानूनी व्यवस्थाअनुरूप हामी निवेदकहरू क्रमशः सरस्वती दाहालले समृद्ध ह्‌युमन रिसोर्स प्रा.लि., रूपक न्यौपानेले रूपक ओभरसिज कम्पनी प्रा.लि., सुवास कुइँकेलले प्रसिद्धी ओभरसिज कम्पनी प्रा.लि., किशोर अर्यालले सि.डि. ह्‌युमन रिसोर्स प्रा.लि. र पुजन शर्माले पुजन एस.आर.सर्भिसेज प्रा.लि. नाम प्रस्ताव गरी कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंंमा मिति २०७३ साल वैशाख ८ गतेको दिन कम्पनी दर्ता गर्नको लागि अनलाइनमार्फत आवश्यक कागजातहरू, प्रबन्धपत्र तथा नियमावली र नागरिकताको प्रमाण पत्रसहित निवेदन दर्ता गराएका थियौ । कम्पनी रजिष्ट्रार कार्यालय, त्रिपुरेश्वर काठमाडौंका सहायक रजिष्ट्रारले तपाइँहरूले दर्ता गर्न ल्याउनु भएको प्रस्तावित नाम भएको कम्पनीहरू श्रमसँग सम्बन्धित भएको हुँदा वैदेशिक रोजगार विभाग काठमाडौंको इजाजत वा स्विकृतीबिना प्रस्तावित कम्पनी दर्ता गर्न नसकिने भएको व्यहोरा उल्लेख गरी वैदेशिक रोजगार विभाग काठमाडौंंको नाउँमा आवश्यक राय प्रतिक्रियासहित प्रबन्धपत्र तथा नियमावलीसमेत फिर्ता पठाई सहयोग गरी दिनका लागि अनुरोधसहित मिति २०७३।१।९ मा च.नं ८८६, ८८७, ८८८, ८८९ र ८९० समेतका पत्रमार्फत वैदेशिक रोजगार विभाग, काठमाडौंंमा पत्राचार गरेको थ