निर्णय नं. ९७५६ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७५६ - उत्प्रेषण / परमादेश भाग: ५९ साल: २०७४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७२/१०/०१ ५३०१ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय आदेश मिति : २०७२।१०।०१ ०६९-WO-१०७९ विषय : उत्प्रेषण / परमादेश निवेदक : ताप्लेजुङ जिल्ला हाङपाङ गा.वि.स. वडा नं.१ घर भई हाल संयुक्त राज्य अमेरिकास्थित ८६०८ फ्लावर एभ्यू अपार्टमेन्ट बि ७ टाकोमा पार्क, मेरिल्यान्ड, २०९१२ बस्ने मोतीबहादुर प्रसाई विरूद्ध विपक्षी : सुनसरी जिल्ला अदालत, इनरूवा, सुनसरीसमेत जिल्ला अदालत नियमावली, २०५२ को नियम २२क(१)(ख) मा अ.बं.११० नं. बमोजिमको तोकिएका प्रक्रियाबाट म्याद तामेल हुन नसकेमा कुनै राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरेर म्याद तामेल गराउन सकिने व्यवस्था गरेको छ । उक्त कानूनी व्यवस्थाअनुसार राष्ट्रियस्तरको समाचारपत्रमा सार्वजनिक सूचना जारी गरिसकेपछि पनि निवेदकले थाहा जानकारी नपाएको भन्न मिल्ने अवस्था रहँदैन । सार्वजनिक सूचना जारी गर्नुको उदेश्य सम्बन्धित सबैले सूचना थाहा पाएको हुन्छ भन्ने अनुमान गर्नु हो । मुलुकी ऐन, अ.बं.११० नं. बमोजिमको प्रक्रियाबाट म्याद तामेल हुन नसकेको अवस्थामा सार्वजनिक सूचना जारी गरेर प्रतिवादीको नामको म्याद तामेल गर्न नमिल्ने भन्ने हो भने कतिपय अवस्थामा प्रतिवादीका नाममा सूचना म्यादतामेल गर्न नसकिने अवस्था आईपर्छ । यसबाट अदालतमा विचाराधीन रहेका मुद्दामा अनन्तकालसम्म म्यादतामेल हुन नसकी न्यायनिरूपण गर्नेकार्य असम्भव हुन गई अन्तत यसबाट सम्पूर्ण न्यायिक प्रक्रिया नै अन्योलग्रस्त हुन जाने । (प्रकरण नं. ३) निवेदकको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता शम्भु थापा, विद्वान् अधिवक्ता पूर्णप्रसाद राजवंशी विपक्षीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल, अधिवक्ता युवराज भण्डारी अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश स.प्र.न्या. कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छः सुनसरी जिल्ला एकम्बा गा.वि.स. वडा नं.८ख कि.नं.९ ज.बि. ०-४-१०, कि.नं.१४ ज.बि. ०-३-१०, कि.नं.२० ज.बि. ०-११-४, कि.नं.५३ ज.बि. १-१४-१०, कि.नं.८४ ज.बि. ०-२-४, कि.नं.५५ ज.बि. ०-२-१३, कि.नं.५६ ज.बि. ०-१०-१३ का जग्गा म निवेदक नाम दर्ताका जग्गाहरू हुन् । मलाई संयुक्त राज्य अमेरिकाको ग्रिनकार्ड प्राप्त भएकोले अमेरिका गई लामो समयसम्म बस्नु पर्ने भएकोले उल्लिखित जग्गा जमिनको सम्बन्धमा मुद्दा मामिला गर्नु परेमा वा बिक्री गर्ने प्रयोजनको लागिसमेत प्रत्यर्थी ज्योति प्रसाईलाई मिति २०५६।६।१९ मा अधिकृत वारेसनामा दिएको थिएँ । सो समयदेखि हालसम्म म अमेरिकामा नै बसोबास गरी आएको छु । यसबीचमा विपक्षी ज्योति प्रसाई र मबीच मनमुटाव सिर्जना भएको, लामो समयसम्म घरजग्गा बिक्री गर्न नसकेको कारणले गर्दा मिति २०६६।९।१६ को गोरखापत्रमा सूचना प्रकाशित गरी उक्त अधिकृत वारेसनामा अ.बं.७१ग नं. बमोजिम बदर गरेको छु । उक्त वारेसनामा बदर भएपश्चात् प्रत्यर्थी ज्योति प्रसाईलाई उक्त जग्गाको विषयमा कुनै पनि काम कारवाही गर्ने अधिकार नरहेकोमा विपक्षीमध्येका लिलबहादुर नेपालसँगको मिलेमतोमा अधिकृत वारेस बदर हुनुभन्दा अघिको मिति २०६५।८।७ मा रू.७५,००,०००।- रकम बैना लिएको भनी बैनाबट्टाको कागज खडा गरेको रहेछ । उक्त बैनाबट्टाअनुसार जग्गा राजीनामा गरी नदिएको भनी विपक्ष