निर्णय नं. ९७०४ - लागु औषध खैरो हिरोइन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७०४ - लागु औषध खैरो हिरोइन । भाग: ५८ साल: २०७३ महिना: माघ अंक: १० फैसला मिति :२०७३/०५/१६ ५१०५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७३।५।१६ मुद्दा:- लागु औषध खैरो हिरोइन । ०७०-CR-०५६३ पुनरावेदक/प्रतिवादी : भारत, उत्तर प्रदेश बाह्रवंकी जिल्ला ठाना असन्दरा पोष्ट सिद्दौर ग्राम सिसवाई घर भई हाल कारागार कार्यालय, (नख्खु सुधार गृह) ललितपुरमा बन्दी जीवन बिताइरहेको मोहम्मद जावेद मुसलमान विरूद्ध विपक्षी/वादी : प्र.ना.नि. मान सिंह एरीको जाहेरी प्रतिवेदनले नेपाल सरकार ०७०-CR-०५६७ पुनरावेदक/प्रतिवादी : जिल्ला कविलवस्तु शिवानगर गा.वि.स. वडा नं. ८ घर भई हाल कागारग कार्यालय, बर्दियामा थुनामा रहेको महन्त ठाकुर भन्ने प्रभु नाउँ विरूद्ध विपक्षी/वादी : प्र.ना.नि. मान सिंह एरीको जाहेरी प्रतिवेदनले नेपाल सरकार ०७०-CR-१३४८ पुनरावेदक/प्रतिवादी : भारत, उत्तर प्रदेश बाह्रवंकी जिल्ला ठाना असन्दरा पोष्ट सिद्दौर ग्राम सिरावाई घर भई हाल कारागार कार्यालय, पर्सा, वीरगञ्जमा बन्दी जीवन बिताइरहेको मोहम्मद सफवान मुसलमान विरूद्ध विपक्षी/वादी : प्र.ना.नि. मान सिंह एरीको जाहेरी प्रतिवेदनले नेपाल सरकार लागु औषध मुद्दामा प्रमाणको भार (Burden of Proof) प्रतिवादीमा नै रहेको हुन्छ । सामान्यतः प्रमाणको भार वादीमा रहने भए तापनि कतिपय मुद्दाहरूमा विषयगत अपराधको गाम्भिर्यतालाई विचार गरी कानूनले निषेध गरेको वस्तु प्रतिवादीबाट बरामद भएमा सो तथ्यलाई कसुर मान्ने कानूनी प्रावधान भई सो आपराधिक कार्य (Corpus Delicit) स्थापित भएपछि निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीमा राख्ने गरेको पाइन्छ । यसरी कुनै प्रतिबन्धित वस्तु कसैको साथबाट फेला पर्नु नै आपराधिक कार्य गरेको मानिने प्रकृतिको अपराधलाई Possessory Crime भनिन्छ र त्यस प्रकारको आपराधमा आपराधिक कार्य स्थापित भएपछि निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीको हुने । मौकामा कागज गर्ने व्यक्तिहरू तथा मुद्दाका प्रतिवेदक प्रहरी कर्मचारीहरूसमेत अदालतमा उपस्थित भई सुरू अनुसन्धानमा उल्लेख गरेको व्यहोरालाई समर्थन गरी बकपत्र गरेको अवस्थामा प्रतिवादीहरूले कसुर गरेको कुरा स्थापित हुन आउँछ । प्रमाणको भार प्रतिवादीहरूमा हस्तान्तरण हुने प्रस्तुत मुद्दामा प्रतिवादीहरूले आफ्नो निर्दोषिताको प्रमाण प्रस्तुत गर्न सक्नु पर्छ । केवल निर्दोष हौं भन्ने कथन मात्र निर्दोषिता पुष्टि गर्नको लागि पर्याप्त हुन नसक्ने । (प्रकरण नं. ८) पुनरावेदक/प्रतिवादीका तर्फबाट : प्रत्यर्थी/वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- मा. जिल्ला न्यायाधीश श्री रामकृष्ण खनाल पुनरावेदन तहमा फैसला गर्नेः- मा. न्यायाधीश श्री ठाकुरप्रसाद शर्मा मा. न्यायाधीश श्री नारायणप्रसाद दाहाल फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । मिति २०६७।११।२९ गते १८:०० बजे मोहमद जावेद मुसलमान, मोहमद सफवान मुसलमान, बर्मा भन्ने रघुवर सिंह र महन्त ठाकुर भन्ने प्रभु नाउँसमेतको साथबाट जिल्ला कपिलवस्तु शिवानगर गा.वि.स.वडा नं. ८ स्थित प्रहरीले चेकजाँच गर्ने क्रममा १/१ पोका लागु औषध खैरो हेरोइन बरामद भएको र सोको तौल गर्दा ५०० ग्राम भएकोले निजहरूलाई पक्राउ गरी कारव