निर्णय नं. ४३०७ - जग्गा खिचोला चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३०७ - जग्गा खिचोला चलन भाग: ३३ साल: २०४८ महिना: असोज अंक: ६ फैसला मिति :२०४८/०५/२१ २१५४ निर्णय नं. ४३०७ ने.का.प. २०४८ अङ्क ६ संयुक्तइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ सम्वत् २०४५ सालको दे.पु.नं. ६७३, ७८० फैसला भएको मिति : २०४८।५।२१।६ मा पुनरावेदक/प्रतिवादी : का.न.पा.वडा नं. १८ तामसी पाखा बस्ने बेखानारायण महर्जनसमेत विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने तुलसीमाया महर्जन पुनरावेदक/प्रतिवादी : गुठी संस्थानको तर्फबाट कार्यकारिणी अध्यक्ष विश्वमान श्रेष्ठ विरुद्ध विपक्षी/वादी : का.न.पा. वडा नं. १८ बस्ने तुलसीमाया महर्जन मुद्दा : जग्गा खिचोला चलन (१) गुठी संस्थानले उठाएको कारवाहीमा, गुठी संस्थानले विवादको जग्गा गुठी र रैकर के हो ? विवादित जग्गाका पक्ष विपक्ष समेतलाई बुझी निर्णय गर्नु पर्दछ र तत्पश्चात चित्त नबुझ्ने पक्षले उल्लेखित गुठी संस्थान (पहिलो संशोधन) ऐन, २०४१ को दफा (साविक पेज नं. २८२) ३९(२) बमोजिम अञ्चल अदालतमा पुनरावेदन दिन पाउने व्यवस्था भए बमोजिम पुनरावेदनमा गई निर्णय गराउन पाउने स्पष्ट कानुनी व्यवस्था भइरहेकोमा सो ऐनको उक्त कानुनी व्यवस्था विपरीतको लाग्न नसक्ने फिराद लिई वागमती अञ्चल अदालतले गरेको निर्णय र सो लाई सदर गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय समेत त्रुटिपूर्ण देखिँदा दुवै फैसलाहरु बदर भई उल्टी हुने । (प्रकरण नं. २१) पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी गुठी, संस्थानतर्फबाट : विद्वान अधिवक्ता श्री हेमराज सुवेदी प्रत्यर्थी, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझाई प्रतिवादीहरु तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. पूर्व बाटो, पश्चिम कि.नं. ९१ र २०५ को जग्गा, उत्तर कि.नं. ९१ को जग्गा, दक्षिण गोरेटो बाटो यति चार किल्ला भित्रमा मोहनमान श्रेष्ठका नाउँमा काठमाडौं ठमेल पोता नं. ५७६ को का.न.पं. वडा नं. १३क. कि.नं. ९२ को तामसीको जग्गा रोपनी १–१–१ नरबढी समेत सो लगत भिडी निजले जोती भोगी तिरो भरो चलन गरी आएको भोग बमोजिमको जग्गा माइती तथा आशानारायण महर्जनबाट पाएको रुपैयाँमा मोहनमान सँग रु. ३००।– मा राजीनामा फार्छे गराई लिई २०१६।८।२४ मा रजिष्ट्रेशन पास भई सो लगतबाट मेरा नाउँमा का.किलागल ५५७ को लगतमा मालपोत कार्यालय काठमाडौंमा नामसारी दर्ता भई सो पूरै जग्गा जोती आएकोमा कसैको खिचोला थिएन । उक्त जग्गाको रै.प. गरी ज.ध.प्र.पुर्जा उपलब्ध गराई माग्न भू.सु.का.मा मेरो निवेदन पर्दा पिता पुननारायण परलोक भएपछि उक्त जग्गा मेरै नाममा दर्ता गराएको छु भनी विपक्षीले प्रतिवाद गर्नु भएपछि हक बेहक तर्फ सम्बन्धित निकायबाट निर्णय भई आएपछि सोही अनुसार गर्ने भनी २०३९।५।७ मा सो कार्यालयबाट निर्णय भएपछि सोही विषयलाई लिएर विपक्षले २०४०।४।२७ मा हक कायम गरी पाउँ भनी का.जि.अ.मा नालिश दिई मेरो आफ्नो भएको प्रतिउत्तर दिएपछि २०४१।१।१४।५ मा फैसला भएको सो उपर विपक्षहरुको र मेरो यस अदालतमा पुनरावेदन परेकोमा उक्त कि.नं. ९२ को तामसीको रोपनी १–१–१–० मेरो नाममा दर्ता हक कायम हुने ठहरी मिति ०४१।११।२० मा अन्तिम फैसला भई विपक्षीले अनुमतिको लागि म.क्षे.अ.मा निवेदन दिएकोमा अनुमति समेत प्रदान नभएपछि उक्त फैसला बमोजिम ०४१।१२।१९ को