निर्णय नं. ९७५८ - सरकारी छाप किर्ते गरी झुठो नागरिकता बनाएको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७५८ - सरकारी छाप किर्ते गरी झुठो नागरिकता बनाएको भाग: ५९ साल: २०७४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७३/०२/०३ ५७३५ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री गोपाल पराजुली फैसला मिति : २०७३।०२।०३ ०७१-CR-१५४५ मुद्दाः सरकारी छाप किर्ते गरी झुठो नागरिकता बनाएको । पुनरावेदक / प्रतिवादी : रामेछाप जिल्ला गुम्देल गाउँ विकास समिति वडा नं. १ घर भई हाल कारागार कार्यालय रामेछापमा थुनामा रहेकी छुल्तीम डौमा लामा विरूद्ध प्रत्यर्थी / वादी : प्र.स.नि.हस्तबहादुर ताम्राकारको जाहेरीले नेपाल सरकार नेपालको नागरिकताको प्रमाणपत्र प्राप्त गर्नका लागि संविधान तथा कानूनले निर्धारण गरेको सर्त पूरा गरेका व्यक्तिले कानूनद्वारा तोकिएको प्रक्रिया र कार्यविधि पूरा गरी जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र लिनु पर्ने कानूनी व्यवस्था सबैले पालना गर्नुपर्छ । कानूनको अज्ञानता वा अनभिज्ञता क्षम्य हुँदैन भन्ने कानूनको मान्य सिद्धान्तअनुसार मलाई नागरिकता प्राप्त गर्ने कार्यविधि र प्रक्रिया थाहा नभएको र जिल्ला प्रशासन कार्यालयमा जान असमर्थ रहेकी हुँदा अर्कै व्यक्तिलाई पैसा दिएर आफ्नो नागरिकता बनाउन लगाएको भन्ने पुनरावेदक प्रतिवादीको कथनलाई कानूनको मान्य सिद्धान्तअनुकूलको कार्य मान्न नमिल्ने । कानूनले गर्नु हुँदैन भनी बर्जित गरेको कार्य गरेको अवस्थामा कानूनले निर्धारण गरेको सजायको भागिदार हुनु नै पर्ने हुन्छ । कानूनन निषेधित कार्य गर्ने र गराउने दुवै कार्य गैरकानूनी मानिने हुँदा त्यस्तो निषेधित कार्य आफैँले उपस्थित भई नगरी अर्को व्यक्तिबाट गराएको भन्ने आधारमा कानूनद्वारा निर्धारण गरेको सजायबाट कसैले छुटकारा पाउन नसक्ने । (प्रकरण नं. ६) पुनरावेदक प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता प्रेमराज सुवेदी प्रत्यर्थी वादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : नागरिकता ऐन, २०६३ को दफा २१(३) सुरू फैसला गर्ने : मा.जिल्ला न्या. श्री उमेशप्रसाद लुइटेल पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री ईश्वरीप्रसाद घिमिरे आदेश स.का.मु.प्र.न्या. सुशीला कार्की : पुनरावेदन अदालत, जनकपुरको मिति २०७१।३।३२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) अन्तर्गत यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:- जिल्ला पर्सा वीरगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित पूर्वमा वीरगञ्ज बसपार्क जाने सडक, पश्चिममा घण्टाघर जाने रिङरोड सडक, उत्तर र दक्षिणमा बाईपास सडक यति चार किल्लाभित्र पर्ने भानुचोक सडकमा छुल्तीम डौमा लामाको शरीर तथा झोलासमेतको कानूनबमोजिम खानतलासी लिँदा कम्प्युटरबाट स्केनिङ्ग गरिएको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, छुल्तीम डौमा लामाको नामको शरणार्थी परिचयपत्र, भारू रू.१,०००।– र ५,००।– दरका जम्मा रू.२८,०००।– रकम, तिब्बतीयन महिला संघको छुल्तीम डौमा लामाको नामको परिचयपत्रसमेतका चिजवस्तु सामान फेला परेको भन्नेसमेत व्यहोराको खानतलासी तथा बरामदी मुचुल्का । मिति २०६९।६।२० गते अ.प्र.पोष्ट वीरगञ्ज बसपार्कमा मेरो कमाण्डमा खटिएको टोली गस्ती गर्दै सो दिनको १२.०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज उप महानगरपालिका वडा नं. १८ भानुचोकमा एक जना महिलालाई शंकास्पद अवस्थामा भेटी निजको नाम थर सोधपुछ गर्दा जिल्ला रामेछाप गुम्देल गाउँ विकास समिति वडा नं. १ बस्ने सोनम लामा