निर्णय नं. ९७०६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७०६ - उत्प्रेषण भाग: ५८ साल: २०७३ महिना: माघ अंक: १० फैसला मिति :२०७३/०४/२५ ७४८९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री अनिलकुमार सिंहा आदेश मिति : २०७३।४।२५ ०७१-W०-०२८६ मुद्दा :- उत्प्रेषण निवेदक : सिन्धुपाल्चोक जिल्ला, ठूलोपाखर गाउँ विकास समिति, वडा नं. ३ स्थित श्री ककलिङ्ग हरिसिद्धि उच्च माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिन्धुपाल्चोक जिल्ला, ठूलोपाखर गाउँ विकास समिति, वडा नं. ३ बस्ने लाक्पा तामाङ विरूद्ध विपक्षी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंंसमेत नैतिक पतन देखिने अपराधमा सजाय पाएको व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नसक्ने गरी शिक्षा नियमावली, २०५९ को नियम २९(ङ) ले प्रतिबन्ध लगाएको देखिन्छ । ज्यान मुद्दामा अदालतबाट भएको फैसलाले लाक्पा तामाङ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नपाउने अयोग्यताको निर्धारण गरिएको मान्नु पर्ने हुन आउने । (प्रकरण नं. २) कर्तव्य गरी कसैको ज्यान मार्ने, मानिसको बाच्न पाउने नैसर्गिक र आधारभूत अधिकारको हनन् गरी कसैको जीवन समाप्त पार्ने कार्य गरेको कुरालाई नैतिक रूपमा सदाचारमा रही कार्य गरेको भन्न सकिने स्थिति हुँदैन । यस्ता व्यक्तिहरू विद्यालयमा पुग्नु मात्रले पनि बालबालिकामा त्रासको स्थिति सिर्जना गर्न सक्छ । त्यस्तो त्रासको स्थितिमा अध्ययन गर्ने कुरा मनोवैज्ञानिकरूपले वाञ्छित हुँदैन । तसर्थ विद्यार्थीहरूलाई भययुक्त वातावरणमा अध्ययनको अवसर प्रदान गर्नु सबैको कर्तव्य बन्ने । विद्यालय जस्तो पवित्र र कलिला बालबालिकाहरूको भाग्य र भविष्य निर्धारण गर्ने संस्थाको व्यवस्थापकीय प्रमुखको चरित्र र नैतिकता उच्च रहेमात्र निजबाट विद्यालयको व्यवस्थापन प्रभावकारी र सदाचारपूर्णरूपमा हुन सक्छ । त्यसैले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जस्तो गरिमामय पदमा कार्य गर्ने व्यक्ति कसैको ज्यानमार्ने कार्य गरी सजाय पाएको व्यक्ति हुनुहुँदैन भन्ने उद्देश्य शिक्षा नियमावलीको नियम २९(ङ) ले राखेको भन्ने सहजै अनुमान गर्न सकिन्छ । सर्वोच्च अदालतबाट समेत अन्तिम फैसला भई कर्तव्य ज्यानमा कसुरदार ठहरी कैद सजाय भुक्तान गरिसकेको अवस्थामा निवेदकलाई उक्त पदमा कार्य गर्न योग्य छ भन्नु कानूनतः नमिल्ने । (प्रकरण नं. ३) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू मुक्ति प्रधान र तुलसीराम तिमिल्सीना विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता चन्द्रकुमार पोख्रेल अवलम्बित नजिर : नेकाप २०६०, नि.नं.७२१५, पृ.३६८ नेकाप २०३०, नि.नं.७७४, पृ.२८९ नेकाप २०६०, नि.नं.७२१५, ३६८ सम्बद्ध कानून : आदेश न्या.डा. आनन्द मोहन भट्टराई : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार छ । म निवेदक सिन्धुपाल्चोक जिल्ला, ठूलोपाखरस्थित श्री ककलिङ्ग उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचित अध्यक्ष हुँ । शिक्षा ऐन, २०२८ को दफा १२ द्वारा निर्दिष्ट विद्यालय व्यवस्थापन समितिको शिक्षा नियमावली, २०५९ को नियम २३(१) (२) ले तोकेको प्रक्रियाबमोजिम सोही नियम २३(३) द्वारा निर्दिष्ट व्यवस्थापन समितिको पदाधिकारी तथा सदस्यहरूको छनौट सहयोग समितिले ऐ. नियम २३(४) बमोजिम निर्वाचनद्वारा छनौट गर्ने प्रक्रिया अवलम्बन गरेकोमा विद्यालय व्यवस्थापन समितिको मिति २०७०/२/२७ मा गोप्य मतदानद्वारा सम्पन्न निर्वाचनमा म निवेदक