निर्णय नं. ९७६० - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७६० - उत्प्रेषण / परमादेश भाग: ५९ साल: २०७४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७३/०५/१० ४२६४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री दीपकराज जोशी आदेश मिति : २०७३।०५।१० ०७२-W०-१०५६ मुद्दाः उत्प्रेषण / परमादेश निवेदक : नुवाकोट जिल्ला रालुकादेवी गा.वि.स. वडा नं.६ को ऐ. ओखरपौवा गा.वि.स. वडा नं. ३ ककनीमा बसोबास भई हाल कारागार कार्यालय, नुवाकोटमा थुनामा रहेको बिरे भन्ने याङचा तामाङ विरूद्ध विपक्षी : नुवाकोट जिल्ला अदालत, नुवाकोट विदुरसमेत सम्बन्धित व्यक्तिलाई प्रत्यक्ष भेटी बुझाएको म्यादबाहेक म्याद वा सूचना पाउने सरोकारवाला व्यक्ति खोजतलास गर्दा फेला नपरेमा निजको घर, ढोका र भित्तामा समेत तामेल गरेको म्यादमा गा.वि.स./नगरपालिकाको प्रतिनिधिसमेत रोहवरमा राख्नुपर्ने मुलुकी ऐन, अ.बं. ११० नं. मा व्यवस्था रहेको देखिन्छ । कानूनमा भएको व्यवस्थाबमोजिम नभएको कार्यले कानूनी मान्यता पाउन सक्दैन । यस्तो अवस्थामा कसैको कानूनी हक सामान्य त्रुटिको कारण गुमेको देखिएमा त्यस्तो गुमेको कानूनी हक अदालतले प्रचलन गराउन आदेश जारी गर्न मिल्ने । (प्रकरण नं. ६) म्याद कानूनबमोजिम रीतपूर्वक तामेल भएको हुँदैन भने त्यस्तो तामेली म्यादको आधारमा भएको फैसलासमेतबाट प्राकृतिक न्यायको सिद्धान्त हनन् भएको मान्नुपर्ने अवस्था आउँछ । कुनै पनि व्यक्तिउपर चलेको मुद्दामा कानूनबमोजिम प्रतिवाद गर्न पाउने हकलाई हनन् गर्न मिल्दैन । आफूउपर लागेको अभियोगमा प्रतिवाद गर्न पाउने त्यस्तो कानूनी हक प्राकृतिक न्यायको सिद्धान्तमा आधारित हुने हुँदा प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको काम कारवाहीले वैद्यता प्राप्त गर्न नसक्ने । (प्रकरण नं. ७) निवेदकको तर्फबाट : विद्वान् अधिवक्ता भोजेन्द्रबहादुर खत्री र गणेशबहादुर गुरूङ विपक्षीको तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०५३, वैशाख, नि.नं.६१२३ ने.का.प. २०४४, नि.नं.३०१० ने.का.प. २०६८, मंसिर, नि.नं.८६६३, पृ.१२७६ सम्बद्ध कानून : आदेश न्या. गोपाल पराजुली : नेपालको संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको आवश्यक संक्षिप्त तथ्य र ठहर यसप्रकार छः म निवेदकलाई एक्कासी पक्राउ गरी विपक्षी नुवाकोट जिल्ला अदालतको तहसिल शाखाबाट मिति २०७२।८।२० गते १४ वर्ष कैद ठेकी च.नं. ९६८ मार्फत मलाई कैदी पुर्जी दिई विपक्षी कारागार कार्यालय, नुवाकोटमा कैदमा राख्न पठाइएकोले हाल म थुनामा छु । मलाई के कुन कारणले १४ वर्ष कैद सजाय हुने रहेछ र मलाई के कुन मुद्दा चलेको रहेछ भन्ने सम्बन्धमा बुझ्दा मउपर विपक्षी नुवाकोट जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसार पसार मुद्दा चली मेरो नाममा नुवाकोट जिल्ला अदालतबाट नुवाकोट जिल्ला रालुकादेवी गा.वि.स. वडा नं. ६ को वतन खुलाई ७० दिने म्याद जारी भएको रहेछ । मउपर मानव बेचबिखन तथा ओसार पसार मुद्दा दायर भएको र फैसला भएको मलाई थाहा छैन । मेरो नाममा जारी भएको म्याद इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी कर्मचारीले मलाई खोज तलास गर्दा फेला नपरेको भनी मेरो घरको भित्तामा टाँस गरेको व्यहोरा उल्लेख गरी तामेली व्यहोरा जनाई बुझाएपछि म मुद्दामा अनुपस्थित रहेको भनी मिति २०६७।१।१६ मा मुद्दा मुलतबीमा राखी मिति २०७०।१।१२ मा मुलतबीबाट जगाई मिति २०७०।१२।१८ मा विपक्षी नुवाकोट जिल्ला अदालतबाट मलाई १० वर्ष कैद सजाय र रू. १,००,०००।- जरिवाना हुने ठहर्‌याई फैसला भ